Date
आइत, भदौ १४, २०८३
Sun, August 30, 2026

कुर्सी र पदको लागि लड्ने नेता वामपन्थी हुन सक्दैन

spot_img
spot_img

वामपन्थीहरु मार्कसवाद- लेनिनवादको मार्गदर्शन स्वीकार गरि आम जनता, रास्ट्र र अहिले सम्म भएको आमूल परिवर्तनको पक्षपोषण तथा जोगाइ राख्नको लागि एकताको सन्देश दिएर राजनीतिक सैद्धान्तिक र बिचार एक गरेर नेपाली दुई ठुला कम्युनिस्टहरु बीच एकता भएको हो। एकले अर्काको अस्तित्व स्वीकार गरेर नै अगाडि बढने तथा नेपाली कम्युनिस्टका अगुवाहरुले बोकेका लक्ष्य उदेश्य पूरा गर्नको लागि वलिदान दिएका सहिद तथा वेपप्ता योद्धाहरुको सम्मानको लागि हो । मैले बुझेअनुसार आम नेपाली जनतालाई बिश्वको सामु स्वतन्त्र रूपमा उभिने गरि दक्ष बनाउने र एउटा इतिहास कायम गर्नको लागि एकता ! समृध नेपाल सुखी नेपाली बनाउनको लागि हो ।

अझ कम्युनिस्ट बिचार बोकेका, पुराना माओवादी क. मोहन बैध, सिपि गजुरेल, विपल्बहरुलाई पनि यो एकतामा सामिल गराउनु पर्छ र यसको पहल क. प्रचण्डले नै गर्नु पर्छ किन कि क.प्रचण्ड निस्वार्थ एकता गर्नु हुन्छ र देशमा सबै कम्युनिस्टहरु एक ठाँउमा उभिनु पर्छ भनेर उहाँ नै यो अभियान चलाउनु भएको छ । हिजो आज नेकपामा पदको लागि यता उता गर्ने प्रवृती जो देखिरहेका छौ, यदि प्रचण्ड गम्भीर र दुरदर्शि नेता नभएको भए यो एकता यहि भङ्ग हुने अवस्था थियो । तर एकतर्फी एकता गरेर पनि हुदैन । दुबै तर्फबाट अभास हुनु पर्यो होइन भने यसरी अगाडि बढ्नुको कुनै औचित्य नै हुदैन ।

पुर्व एमालेबाट रास्ट्रपति पाउने, पुर्व एमालेबाट प्रधानमन्त्री पाउने, पुर्व एमालेबाट उप प्रधानमन्त्री पाउने, पुर्व एमालेबाट नमुना मन्त्रालय पाउने, पुर्व एमालेबाट विभिन्न आयोगमा नियुक्ति पाउने, पुर्व एमालेबाट नै प्रधानमन्त्री हुनु पर्ने, पुर्व एमालेबाट सरुवाको सिफारिस हुनु पर्ने, पुर्व एमालेबाट भनेको कुरा मन्त्रीहरुले सुन्नु पर्ने र पुर्व माओबादीबाट मन्त्री पाउने, पुर्व माओबादीबाट एकता हुनु पर्ने पुर्व माओवादीबाट कम्युनिस्ट एकता हुनु पर्ने, पुर्व माओवादीबाट जसरी पनि एकता गरेर जाने । हाम्रो एकता भनेको यसको लागि पनि हो ।

एकता किन र कसको लागि ?
१. संविधानको संशोधन गरि प्रत्यक्ष कार्यकारी राष्ट्रपति ,समानुपातिक समाबेशी निर्वाचन प्रणाली लगायत मधेसको समस्या समाधान गर्न ।
२. आन्तरिक राष्ट्रीयतालाई बलियो गरि नयाॅ आधारमा राष्ट्रीय एकता कायम गर्ने ।
३. देशमा रोजगारीको श्रीजना गरि दक्ष जनशक्ति उत्पादन तथा परिचालन गर्ने ।
४. देश र जनताको लागि काम गर्ने गराउने ।
५. गरिब ,मजदुर, किसान,पछाडि पारिएको समुदाय वा वर्गको लागि बिशेश कार्यक्रम ल्याउने र पुर्ण सहभागिता गराउने ।
६. दुबै छिमेकी रास्ट्रसंग समानताको आधारमा स्वतन्त्र किसिमले सुमधुर सम्बध कायम गर्न।
७. स्थास्थितीबादी र प्रतिक्रियाबादी शक्तिलाई कमजोर गरि शक्तिशाली सरकारको गठन गर्न ।
८. देशमा ब्यापक भ्रष्टाचारलाई अन्त्य गरि सुशासन कायम गर्न ।
९. तिब्र रूपमा आर्थिक बिकास र समृद्धिको लागि । पुजिबादको बिकास गर्दे समाजवादी ब्यबस्थाको आधार निर्माण गर्न।
१०. शक्तिशाली कम्युनिस्ट पार्टीको गठन गरि बैदेशिक हस्तक्षेपको अन्तय गर्दै स्वायत्त,स्वतन्त्रत र समृद्ध नयाॅ नेपाल निर्माण गर्ने ।

मित्रदेव यादव
सह संयाेजक
अनेरास्ववियु पर्सा

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

‘शव व्यवस्थापन अस्थायी भण्डारण मात्रै हो अन्तिम संस्कार होइन’ : प्रजिअ गणेश अर्याल

नारायणगढ (चितवन) ।  भोटेकोशी बाढीमा परी मृत्यु भई त्रिशूली र नारायणी नदी किनारमा भेटिएका शवको व्यवस्थापनका सन्दर्भमा चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले अहिले...

अहिलेको प्राथमिकता उद्धारसँगै शव सङ्कलन गर्नु होः सञ्चारमन्त्री डा तिमिल्सिना

नुवाकोट । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले बाढी प्रभावित क्षेत्रमा उद्धारसँगै शव सङ्कलन हाल सरकारको प्राथमिकतामा रहेको बताउनुभएको छ । भोटेकोशी बाढी प्रभावित क्षेत्रमा...

भोटेकोशी बाढीः मधेस प्रदेशका हराइरहेका ३० जना सम्पर्कमा

जनकपुरधाम ।  रसुवाको भोटेकोशीमा गएको बाढीमा हराइरहेकामध्ये मधेस प्रदेशका ३० जना परिवारको सम्पर्कमा आएका छन् । मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रवक्ता एवं वरिष्ठ प्रहरी...