Date
शुक्र, अशोज ३०, २०८३
Fri, October 16, 2026

नारायणीमा पुन: जनताकाे उपचार सुरु गर्न मांग गर्दै नेकाद्वारा प्रदर्शन

spot_img
spot_img

वीरगंज । वीरगंज स्थित नारायणी अस्पतालमा पुन: जनताकाे उपचार सुरु गर्न मांग गर्दै नेपाली कांग्रेस पर्साले आज वीरगंजमा प्रदर्शन गरेकाे छ ।

मालपाेत कार्यालय अगाडीकाे राेड देखी विर्ता मन्दिर सम्मकाे राेडमा नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरुले निस्केर प्रदर्शन गरेका हुन् । लकडाउनमा पनि भएकाे शान्तिपूर्ण प्रदर्शनमा सहभागिहरुले विभिन्न नारा लेखिएकाे प्यले कार्ड सहित नारायणी अस्पतालमा पुन: स्वास्थ्य उपचार सुरु गर्न माग गरे ।

एक घण्टा जति भएकाे प्रदर्शनमा सहभागिहरुले नारायणी अस्पतालाई काेराेना मुक्त गराऔ, काेराेना अस्पतालकाे लागि वैकल्पिक व्यवस्था हाेस्, नारायणी अस्पताललाई जाेगाऔ, काेराेना अस्पतालाकाे अन्त कही व्यवस्था हाेस, नारायणी अस्पतालमा जनताकाे उपचार पुन: सुरु हाेस् नारा लेखिएकाे प्ले कार्ड सहित सहभागि भएका थिए ।

लकडाउनमा पनि भएकाे प्रदर्शनमा नेपाली कांग्रेस पर्साका सभापति अजय द्विवेदी, प्रदेश सांसद राजेश्वर साह, ओमप्रकाश शर्मा, नेता राजेन्द्र बहादुर अमात्य, जनार्दन सिंह क्षेत्री, जिल्ला सचिव श्याम पटेल लगायतकाे सहभागिता रहेकाे थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

कांग्रेसको केन्द्रीय सदस्यमा पर्साका चार जना निर्वाचित, दुई नेता पराजित

वीरगंज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट पर्साका चार जना नेता केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् भने सहमहामन्त्री पदमा उम्मेदवारी दिएका पर्साकै नेता सुरेन्द्र प्रसाद...

वीरगञ्ज मेनरोड विस्तारको ठेक्का आह्वान, दुई खण्डमा काम हुने

वीरगञ्ज । वीरगञ्जको मुख्य सडक (मेनरोड) विस्तार तथा स्तरोन्नतिका लागि ठेक्का प्रक्रिया अघि बढेको छ। सडक डिभिजन कार्यालय हेटौँडाले मितेरी पुलदेखि गण्डक चोकसम्मको सडकलाई...

दसैँ–तिहारमा चिनी अभाव हुन नदिन सरकारको तयारी

काठमाडौँ । दसैँ, तिहारलगायतका चाडपर्वमा चिनीको अभाव हुन नदिन खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले चिनीको मौज्दात व्यवस्थापन गरेको छ। कम्पनीसँग हाल झन्डै २२...