Date
शुक्र, अशोज ३०, २०८३
Fri, October 16, 2026

जबर्जस्ती करणी गरेकाे भन्दै कुटपिट, ४ जना पक्राउ

spot_img
spot_img

वीरगंज । पर्साको कालिकामाई गाउँपालिका वडा नम्बर ३ हरिहरपुर बिर्तामा दुई पक्ष बिच भएकाे विवाद र तनावलाई झडपमा परिणत हुननदिन प्रहरीले ४ जनालाई नियन्त्रणमा लिएकाे छ ।

स्थानिय २२ बर्षिय दिपेन्द्र चौरसियालाई शुक्रबार राती साेही ठाउँका केही ब्यक्तिहरुले कुटपिट गरेका थिए । स्थानियहरुका अनुसार छिमेकी केही व्यक्तिहरुले रातीकाे समयमा आफ्नाे घरमा बाेलाई चाैरसियालाई निर्घात कुटपिट गरेका थिए ।

कुटपिट गर्नुकाे साथै तिनिहरुले चाैरसियामाकाे खुट्टामा ताताे फलामकाे रडले समेत प्रहार गरेका थिए ।

घटना बारे शनिबार विहान चाैरसियाका घरपरिवारका सदस्यलाई थाह भए पछि साे बिषयमा कुटपिट गर्नेहरुसंग साेधपुछ गर्न उनीहरुकाे घरमा जादा विवाद भइ तनाव उत्पन भएकाे थियाे । दुई पक्ष बिच उत्पन्न तनावलाई झडप हुनबाट बचाउन ईलाका प्रहरी कार्यालय बिरन्चीबर्वाबाट घटना स्थल पुगेकाे टोलीले ४ जनालाई नियन्त्रणमा लिएकाे थियाे ।

चौरसिया सहित कुटपीट गरेकाे आराेपमा ईमतियाज मिया, तैयब मिया, नौसाद मियालाई प्रहरीले नियन्त्रणमा लिएकाे हाे ।

प्रहरीले उत्पन्न तनावकाे बारेमा अनुसंधान गर्दा युवक चौरसियाले एक १४ बषीय बालिकालाई जबर्जस्ती करणीकाे गरेकाे भन्दै कुटपिट गरेकाे वताएका छन् भने अक्राे पक्षले बिना कारण कुटपिट गरेका कारण विवाद सृजना भएको वताइरहेकाे प्रहरीले जनाएको छ ।

करणी भएकाे भनिएका बालिकाको मेडिकल चेकअपकाे लागी बिरगंज पठाईएको प्रहरीले जनाएको छ । घटना बारे थप अनुसन्धान भइरहेकाे इलका प्रहरी कार्यालय पाेखरियाका प्रहरी निरिक्षक चन्द्र कुमार सिंहले वताउनु भयाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

कांग्रेसको केन्द्रीय सदस्यमा पर्साका चार जना निर्वाचित, दुई नेता पराजित

वीरगंज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट पर्साका चार जना नेता केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् भने सहमहामन्त्री पदमा उम्मेदवारी दिएका पर्साकै नेता सुरेन्द्र प्रसाद...

वीरगञ्ज मेनरोड विस्तारको ठेक्का आह्वान, दुई खण्डमा काम हुने

वीरगञ्ज । वीरगञ्जको मुख्य सडक (मेनरोड) विस्तार तथा स्तरोन्नतिका लागि ठेक्का प्रक्रिया अघि बढेको छ। सडक डिभिजन कार्यालय हेटौँडाले मितेरी पुलदेखि गण्डक चोकसम्मको सडकलाई...

दसैँ–तिहारमा चिनी अभाव हुन नदिन सरकारको तयारी

काठमाडौँ । दसैँ, तिहारलगायतका चाडपर्वमा चिनीको अभाव हुन नदिन खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले चिनीको मौज्दात व्यवस्थापन गरेको छ। कम्पनीसँग हाल झन्डै २२...