Date
शनि, जेष्ठ २३, २०८३
Sat, June 6, 2026

प्रधानमन्त्री ज्यू, जनताले तपाईलाई ५ वर्षको म्यान्डेड मनलाग्दी गर्नलाई दिएको होइन : गुप्ता

spot_img
spot_img

माननिय प्रधानमन्त्री ज्यु नमस्कार,

बिगत ६ महिना देखि बिश्व समुदाय नोबेल काेभिड १९ (कोरोना भाइरस)को महामारीको चपेटामा परेको छ | यसको भयावह स्थिति कहाँ सम्म जान्छ भने अनुमान लगाउन गाह्राे परिरहेको छ | करोडो मान्छे यसको जोखिममा रहेको छन भने लाखो मान्छे मर्ने अनुमान गरिएको छ | नेपालमा यसको आंसिक प्रभाव परिसकेको हुनाले आज ३८ औं दिन लकडाउनले नेपाल जस्तो गरिब मुलुकमा अर्थतन्त्रमा ठुलो गिरवाट अर्थात् आंसिक प्रभाव परिसकेको छ । साथै जनजीवनमा पनि उतिकै प्रभाव परिसकेको छ ।

सम्मानिय प्रधानमन्त्री ज्यू उठ्नुस र मनन् गर्नुस त्यो दिन, काल र पार्टीको इतिहास पार्टीको बिधि र बिधान कम्नियुस्ट सिधान्त । के केपी ओलीलाई मात्र नेपाली जनताले भोट दिएको हो र ? १७४ जनाले त्यो अधिकार पार्टीको नाममा दिएको तस्मा तत्कालिन नेकपा एमाले र माओबादी केन्द्र लगायत विभिन्न स्थानमा साना साना पार्टीहरुसंग बामगठबन्धनको आधारमा पार्टीले तपाईलाई सर्बोच कम्मानडर देशको प्रधानमन्त्री बनएको हो । आफु भित्र रहेको एकात्मकबाद र आफ्नो दम्भलाई त्याग्नुस समुहिकता र केंदिकृत भएर कुनै पनि कामलाई इति शुभम गर्नुस पक्कै पनि तपाइको नेतृत्व मा ५ वर्षको स्थाई सरकार नेपाली जनताले कल्पना गरेको छ । नेपाली जनताले किम जोन जस्तो शासन स्वीकार गर्ने छैन ।

१. नेकपा एमाले तत्कालिन नेकपा एमालेको नवाै महादिबेशनबाट पार्टी प्रमुख अथवा अध्यक्ष पदमा आफ्नो प्रतिस्प्रधी तत्कालिन महासचिव माधाव कुमार नेपालसंग विजय हासिल गर्नु भएको थियो । यसको मतलब यो होइनकी पार्टी प्रतिनिधिहरुको मतको अवमुल्यन गरि मनलाग्दी गर्नुस ।

२. माओबादी केन्द्रका तत्कालिन अध्य्क्ष पुष्पकमल दाहाल प्रचण्डले विस्वका कम्नियुस्टहरु एक हुनु पर्छ भने अभिप्रायले नेपालमाका विचार मिल्ने १० सानो दलहरु संग एकीकरण गरि माओबादी केन्द्र निर्माण गर्नु भयो । लगतै अर्को ठुलो कम्नियुस्ट पार्टी नेकपा एमालेसंग पार्टी एकता गर्ने प्रस्तावका साथ २०७४ सालको प्रतिनिधि सभाको निर्वाचमा १ सय ७४ सिट यानिकी २/३ मत पाएको थियो । लगतै पार्टी एकिकरणको बाकि काम पुरा गर्ने अभियानमा दुइ ओटै पार्टीका नेताहरु लागे र निर्वाचनमा नेकपा एमालेलाई जनताले बिश्वास गरि सबै भन्दा बढी मत दिएको आधारमा कहिँ कहिँ ६०/४० र कहिँ कहिँ मतको आधारमा पार्टी एकताको बाकी काम पुरा भयो । पार्टी एकता नहोस र २ तिहाइको कम्युनिष्ट सरकार निर्माण नहोस भन्ने देशी बिदेशीका धेरै शक्तिहरुले प्रचण्डलाई ५ वर्षको प्रधानमन्त्री र रास्ट्रपति लगायत प्रमुख मन्त्रलय दिने गरि कांग्रेससंग मिलेर सरकार बनाउने अफर नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले गरेका थिए । तर प्रचण्ड त्यो अफरलाई अस्विकार गरे । किनभने २/२ चोटी प्रधानमन्त्री बनिसकेकोले कुनै किसिमको लोभ थिएन । थियो त केवल २ तिहाइको कम्नियुस्ट सरकार जुन कि पुरा भयो ।

३. अध्यादेश संबिधान निर्माण कर्ता राष्ट्र प्रमुख जनादेशको बिपरित अद्यादेश ल्याएर राजनीतिक अस्तिरता तिर लाग्नु भयो ।प्रधनमन्त्री स्वमले दल बिभाजन सम्बन्धि अध्यादेश ल्याएर ठुलो गल्ति गर्नुको साथै उनि फेल खाए । संबिधानमा प्रतिनिधि सभाको सदस्य नभएकोलाई कसरी प्रधानमंत्रीको लागी प्रस्ताव गर्नु ।

४. सचिवालय (सल्लाहकार) प्रधानमन्त्री केपी शर्मा ओलीको आफ्नो सचिवालय र सल्लाहकारहरुको सल्लाहले बारम्बार फेल खाए र आलोचित हुँदै आएको देखियो । ५. मन्त्रि मण्डल प्रधानमन्त्री केपी शर्मा ओलीको मंत्रिमण्डलमा अहिले सम्म जति पनि भ्रष्टाचारको गन्ध आएको सुनियो । त्यो केवल केपी ओली निकटको बिस्वासपत्रले सम्भालेका मन्त्रालय बाट आयो ।

६. राजनीतिक सयन्त्रकाे आवश्यकता नेकपाका अध्यक्ष् पुष्प कमल दाहाल प्रचण्डद्वारा हालै नोबेल काेभिड 19 (कोरोना भाइरस) संक्रमणसंग सामना गर्नको लागि प्रमुख प्रतिप्क्ष र सबै राजनीतिक दलहरु एक जुटभई यो महामारीसंग सामना गर्नु पर्ने र राहत लगायत रोकथामको उपाय निकाल्ने भने ।

प्रभाकर गुप्ता
केन्द्रीय सदस्य (अनेरास्ववियू)
एवम् नेकपा पर्सा जिल्ला कमिटि सदस्य

spot_img
spot_img

ताजा अपडेट

कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

रोहिणी नक्षत्रसँगै पर्सामा धानको बीउ राख्न सुरु, किसान अझै भारतीय बीउमै निर्भर

सेढवा । रोहिणी नक्षत्र सुरु भएसँगै पर्साका ग्रामीण भेगका किसानहरूले वर्षे धानबालीको तयारी तीव्र बनाएका छन् । किसानहरूले भदई तथा अगहनी धानअन्तर्गत सोना सारो,...

हरवाचरवा समुदायको पुनर्स्थापनाका लागि बजेट छुट्याउन सरकारलाई दबाब

जनकपुरधाम । मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममा हरवाचरवा समुदायको सवाल समेटेकोमा स्वागत गर्दै मुक्त हरवाचरवा अधिकार मञ्चले यसको...

जगरनाथपुर गाउँपालिका पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा

वीरगंज । पर्साको जगरनाथपुर गाउँपालिकालाई पूर्ण खोप दिगोपना सुनिश्चितता गाउँपालिका घोषणा गरिएको छ । राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत नियमित खोप सेवाको प्रभावकारी कार्यान्वयन, लक्षित बालबालिकाको...