Date
बिहि, अशोज ८, २०८३
Thu, September 24, 2026

कालाेबजारी आराेपमा लागेका अग्रवालसँग २५ लाख ५० हजार धरौटी माग

spot_img
spot_img

काठमाडौं । कालोबजारी आरोप लागेका व्यवसायी सुलभ अग्रवालसँग काठमाडौं जिल्ला अदालतले २५ लाख ५० हजार रुपैयाँ धरौटी माग गरेको छ ।

ज्वरो नाप्ने थर्मल गन कालोबजारी गरेको आरोपमा पक्राउ परेका अग्रवालको मुद्दा बिहीबार काठमाडौं जिल्ला अदालतमा न्यायाधीश ब्रजेश प्याकुरेलको इजलासमा सुनुवाई भएको थियो ।

व्यवसायी अग्रवालले ५ हजार रुपैयाँ पर्ने थर्मल गन १५ हजार रुपैयाँमा बेच्न खोजेको भन्दै प्रहरीको महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले चैत २५ गते  नक्सालबाट पक्राउ गरेको थियो ।

उनीविरुद्ध कालोबजारी तथा केही सामाजिक अपराध तथा सजाय ऐन, २०३२  अनुसार कारबाही गर्न जिल्ला सरकारी वकिल कार्यालयले जिल्ला अदालतमा मुद्धा दायर गरेको थियो ।

कालोबजारी ऐन अन्तर्गतको १ वर्षसम्म कैद हुने मुद्धा जिल्ला प्रशासन कार्यालयले हेर्ने कानूनी व्यवस्था भए पनि जिल्ला सरकारी  वकिल कार्यालयले अग्रवालविरुद्ध १ वर्ष भन्दा बढी कैद सजाय माग गरेकाले मुद्धा जिल्ला अदालतमा दर्ता भएको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

बाराको कलैयामा दुई दिन विद्यालय बन्द

बारा । बाराको कलैया उपमहानगरपालिकाले सामुदायिक तथा संस्थागत विद्यालयमा दुई दिन पठनपाठन बन्द गर्ने निर्णय गरेको छ। उपमहानगरपालिकाका अनुसार असोज ८ गते बिहीबार र ९...

जिराभवानीमा स्थानीय शिक्षा योजनाको समीक्षा तथा कार्ययोजना निर्माण कार्यशाला

सेढवा । पर्साको जिराभवानी गाउँपालिकामा स्थानीय शिक्षा योजनाको समीक्षा तथा आगामी कार्ययोजना निर्माणसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । जिराभवानी गाउँपालिकाको आयोजनामा वडा नं. ३ स्थित...

प्राइम कमर्सियल बैंकको वार्षिकोत्सवमा रक्तदान, ७५ जनाले दिए रगत

वीरगंज । प्राइम कमर्सियल बैंक लिमिटेडको २०औँ वार्षिकोत्सवको अवसरमा बैंकको वीरगञ्ज शाखाले रक्तदान कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा चार महिलासहित ७५ जनाले रक्तदान गरेका...