Date
सोम, अशोज १२, २०८३
Mon, September 28, 2026

बिश्रामपुरकाे क्वारेन्टाइनमा रहेका ३२ जनाकाे पिसिआर रिपाेर्ट नगेटिभ

spot_img
spot_img

वीरगंज । बाराकाे बिश्रामपुर गाउँपालिकाकाे क्वारेन्टाइनमा रहेकाहरुकाे पिसिआर रिपाेर्ट नगेटिभ आए पछि घर पठाइएकाे छ ।

क्वारेन्टाइनमा रहेका ३१ भारतिय र एक नेपालीकाे पिसिआर रिपाेर्ट नगेटिभ आए पछि घर पठाइएकाे गाउँपालिका स्वास्थ्य शाखा प्रमुख अलि अकबर हुसेनले वताए ।

उनले भने “गाउँपालिकाकाे क्वारेन्टाइनमा रहेका ३२ जनाकाे पिसिआर मेसिनबाट काेराेना परिक्षणकाे लागि स्वाब संकलन गरी काठमाण्डाै पठाइएकाे थियाे । १४ दिन देखी क्वारेन्टाइनमा रहेका सबै जनाकाे रिपाेर्ट नगेटिभ आए पछि सबैजनालाई रिपाेर्ट दिएर घर पठाइएकाे छ।”

उनका अनुसार ३१ जना भारतियलाई बाटाे खर्च दिएर रिपाेर्ट सहित घर पठाएकाे छ भने एक जना बिश्रामपुर गाउँपालिका निवासी नै रहेकाले उनकाे अभिभावककाे जिम्मा लगाइएकाे छ ।

काेराेना भाइरस संक्रमकाे राेकथाम तथा नियन्त्रणकाे लागि लकडाउन भए पछि नेपालकाे सिन्धुली र सप्तरीबाट पैदल नै बिश्रामपुर आइपुगेका ३१ भारतिय कामदार र एक नेपालीलाई गाउँपालिकाकाे क्वारेन्टाइनमा राखिएकाे थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

अध्यादेशको दुरुपयोग गरेर पदाधिकारी हटाइयो : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले सरकारले अध्यादेशको दुरुपयोग गरेको आरोप लगाएका छन् । अध्यादेशमार्फत ठूलो संख्यामा सार्वजनिक...

दाहसंस्कार गर्न गएका वृद्ध खोलामा डुबेर बेपत्ता

सर्लाही । सर्लाहीको गोडैतामा छिमेकीको दाहसंस्कारमा  सामेल भएका एक वृद्ध लखन्देही सोतीमा डुबेर बेपत्ता भएका छन् । आज दिउँसो गोडैता नगरपालिका–१, बहादुरपुरका ७० वर्षीय छित्नु...

मधेस प्रदेशको पहिलो सार्वजनिक वित्त व्यवस्थापन मूल्याङ्कन प्रतिवेदन सार्वजनिक

जनकपुरधाम । मधेस प्रदेश सरकारले सार्वजनिक वित्त व्यवस्थापन (पीएफएम) प्रणालीको पहिलो मूल्याङ्कन प्रतिवेदन सार्वजनिक गरेको छ । प्रदेश सरकार, एसियाली विकास बैंक (एडीबी) र नेपाल...