Date
शुक्र, अशोज ९, २०८३
Fri, September 25, 2026

प्रसिद्ध बलीवुड अभिनेता इरफान खानको निधन

spot_img
spot_img

प्रसिद्ध बलीवुड अभिनेता इरफान खानको निधन भएको छ।

स्वास्थ्य बिग्रिएपछि मङ्गलवार उनलाई मुम्बईस्थित कोकिलाबेन अस्पतालको सघन उपचार कक्षमा भर्ना गरिएको थियो।

उनी क्यान्सरबाट पीडित थिए। तर उनलाई सघन उपचार कक्षमा भर्ना गरिनुको कारण थाहा नभएको बीबीसी हिन्दीले जनाएको छ।

खानले पानसिंह तोमर, मकबूल, सलाम बाम्बे, द लन्च बक्स, लाइफ अफ पाई, जुर्‍यासिक वर्ल्ड, स्लमडग मिलीअनेअरजस्ता बलीवुड र हलीवुडमा बनेका चर्चित चलचित्रमा अभिनय गरेका छन्।

उनको अभिनयको धेरैले प्रशंसा गरेका छन्। उनको जन्म सन् १९५७ मा भएको बताइएको छ।

इरफान खानको मृत्यु भएपछि उनका प्रवक्ताले एउटा विज्ञप्ति प्रकाशित गरेका छन्।

“मलाई यकिन छ कि मैलै हारिसकेको छु-अभिनेता इरफान खानले सन् २०१८ मा आफ्नो नोटमा यो मन छुने कुरा लेखेका थिए। क्यान्सर रोग लागेपछि उनी सङ्घर्ष गरिरहेका थिए। आज हामी उनीबीच नरहेको दुख:द खबर हामी दिइरहेका छौँ,” विज्ञप्तिमा उल्लेख छ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

जीर्ण बन्दै वीरगंज–पोखरिया सडक, मर्मत नहुँदा बढ्यो दुर्घटनाको जोखिम

वीरगंज । पर्साको प्रमुख व्यापारिक तथा औद्योगिक मार्गका रूपमा रहेको वीरगञ्ज–पोखरिया सडकखण्ड लामो समयदेखि खाल्डाखुल्डीका कारण जीर्ण बन्दै गए पनि प्रभावकारी मर्मतसम्भार हुन सकेको...

एमाले केन्द्रीय कमिटीमा पूर्वमन्त्री प्रदीप यादवसहित २९ जना मनोनीत

काठमाडौं । नेकपा एमालेले पार्टीको केन्द्रीय कमिटीमा २९ जना सदस्य मनोनीत गरेको छ। ललितपुरको भनिमण्डपमा जारी केन्द्रीय कमिटी बैठकले पर्सा निर्वाचन क्षेत्र नम्बर १...

बारामा १२ वर्षीया बालिकालाई अपहरण गरी जबरजस्ती करणी गरेको मुद्दामा १८ वर्ष कैद सजाय पाएका अन्सारी पक्राउ

वीरगंज । बाराको कलैयामा १२ वर्षीया बालिकालाई अपहरण गरी करिब १० दिनसम्म बन्धक बनाएर पटक–पटक जबरजस्ती करणी गरेको कसुरमा १८ वर्ष कैद सजाय सुनाइएका...