Date
आइत, कार्तिक २, २०८३
Sun, October 18, 2026

पोखरिया अस्पतालमा स्वाब संकलन केन्द्र निर्माण

spot_img
spot_img

वीरगंज । पाेखरिया अस्पतालमा काेराेना परिक्षणकाे लागि स्वाब संकलन बुथ केन्द्र स्थापना गरिएकाे छ ।

पोखरिया नगरपालीकाकाे वडा नं. ४ स्थित रहेकाे पोखरिया जिल्ला अस्पतालमा स्वाब संकलन केन्द्र निर्माण गरिएकाे हाे ।

प्रदेश सरकारकाे भौतिक पुर्वाधार तथा बिकास मन्त्रालय अन्तर्गतका खानेपानी तथा सरसफाई डिभिजन कार्यालय बारा, कलैयाद्वारा स्वाब संकलन केन्द्र निर्माण गरिएकाे नगर प्रमुख दिपनारायण राैनियारले वताउनु भयाे ।

निर्माण भएकाे स्वाब सकंलन केन्द्र खानेपानी तथा सरसफाई डिभिजन कार्यालय बाराका कार्यालय प्रमुख जक्कि अहमद अंसारीद्वारा आज अस्पताललाई हस्तान्तकाण गरिएकाे नगर प्रमुख राैनियारले जानकारी गराउनु भयाे ।

जनता समाजबादी पार्टीका नेता नेजामुदिन समानीकाे पहलमा निर्माण भएकाे स्वाब संकलन बुथ केन्द्र पोखरिया अस्पतालका मेडिकल सुपरिटेन्डेड डाक्टर अनिल यादवलाई हस्तान्त्रण गरिएकाे वताइएकाे छ ।

सो अवसरमा नगर प्रमुख रौनियार, उप प्रमुख सलमा खातुन, पोखरिया अस्पताल ब्यवस्थापन समितीका अध्यक्ष लक्षुमन साह कानुको लगायतकाे उपस्थिती रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...

आज तीन प्रदेशका हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना, तराईमा हुस्सु लाग्ने

काठमाडौँ । नेपाल मौसम विज्ञान विभागले आज देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ...