Date
आइत, भदौ २१, २०८३
Sun, September 6, 2026

पर्सागढी नपाकाे वडा नं. ९ का १ सय ८१ परिवारलाई राहत वितरण

spot_img
spot_img

वीरगंज । पर्साकाे पर्सागढी नगरपालिका वडा नं. ९ का लकडाउन प्रभावित गरिब, अतिविपन्न परिवारको लागि साेमबार राहत वितरण गरिएको छ ।

वडाका सर्वपक्षिय समितिले गरेको निर्णयको अनुसार सरकारको वडा नं. ९ को तीनवटै गाउँका अति गरिब, विपन्न परिवारको पहिचान गरी १८१ जनालाई राहत वितरण गरिएकाे हाे । वडा भित्र पर्ने बर्डेवा, तेलिया र एकटांगा गाउँका गरिब, अतिविपन्न परिवारलाई राहत वितरण गरिएको वडाध्यक्ष रामनारायण प्रसाद गौरोले बताउनु भयाे ।

२० किलो चामल, २ किलो मसुरो दाल, २ किलो नुन, खाने तेल १ लिटर, नुहाउने र लुगाधुने सावुन ४ पिस गरी बनाईएको राहत प्याकेज प्रति परिवारालई उपलब्ध गराईएको गाैराेले जानकारी दिनुभयाे । वडामा कुल जनसंख्या ३ हजारको हराहरीमा छन, जसमध्ये सर्वपक्षिय समितिले नै १८१ जना अतिविपन्न परिवारलाई छनौट गरेको थिए । साेही अनुसार रात वितरण गरिएकाे वडाध्यक्ष गौरोले बताउनु भयाे ।

ईलाका प्रहरी कार्यालय एकटांगाले सामाजिक दुरी कायम गराउदै व्यवस्थित रुपले राहत वितरणमा सहयोग गरेका थिए ।

लकडाउन शुरु भएलगतै वडाका प्रत्येक व्यक्तिलाई माक्स, प्रत्येक परिवारमा सेनेटाईजर र हात धुने साबुन एक/एक पिस आफ्नै  व्यक्तिगत लगानीमा वितरण गरेको वडाध्यक्ष गौरेले वताउनु भयाे । विपद् कोषमा छुट्याएको तीन लाख रकम मध्ये केहि रकम जनताको राहतको लागि खर्च गरीसकेको र केही बाकि रहेको गौरेले बताउनु भयाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

पर्सामा ११४ किलो गाँजासहित कार र चालक पक्राउ

वीरगंज । पर्साको पकहामैनपुर गाउँपालिका–१ बाट प्रहरीले ठूलो परिमाणमा लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ। शुक्रबार राति प्रहरी चौकी धोरे र इलाका प्रहरी कार्यालय...

एमाले वीरगंज महानगर कमिटीको अध्यक्षमा लियाकत अली

वीरगंज । नेकपा एमाले वीरगंज महानगर कमिटीको छैटौं पूर्ण बैठकले रिक्त रहेका विभिन्न पदमा नयाँ पदाधिकारी मनोनयन गरेको छ । वीरगंज महानगर कमिटीका कार्यबाहक अध्यक्ष...

बाढीले पुरेको घरबाट ११ दिनपछि ६४ वर्षीया महिलाको जीवित उद्धार

काठमाडौँ । एघार दिनअघि रसुवाको भोटेकोशी नदीमा आएको बाढीले नुवाकोटको विदुर नगरपालिका–१० बेत्रावती बजारका अधिकांश घर पु¥यो । कतिपय बाढीमा बगे भने कति घरभित्रै...