Date
बुध, कार्तिक ५, २०८३
Wed, October 21, 2026

पर्सागढी नपाकाे वडा नं. ९ का १ सय ८१ परिवारलाई राहत वितरण

spot_img
spot_img

वीरगंज । पर्साकाे पर्सागढी नगरपालिका वडा नं. ९ का लकडाउन प्रभावित गरिब, अतिविपन्न परिवारको लागि साेमबार राहत वितरण गरिएको छ ।

वडाका सर्वपक्षिय समितिले गरेको निर्णयको अनुसार सरकारको वडा नं. ९ को तीनवटै गाउँका अति गरिब, विपन्न परिवारको पहिचान गरी १८१ जनालाई राहत वितरण गरिएकाे हाे । वडा भित्र पर्ने बर्डेवा, तेलिया र एकटांगा गाउँका गरिब, अतिविपन्न परिवारलाई राहत वितरण गरिएको वडाध्यक्ष रामनारायण प्रसाद गौरोले बताउनु भयाे ।

२० किलो चामल, २ किलो मसुरो दाल, २ किलो नुन, खाने तेल १ लिटर, नुहाउने र लुगाधुने सावुन ४ पिस गरी बनाईएको राहत प्याकेज प्रति परिवारालई उपलब्ध गराईएको गाैराेले जानकारी दिनुभयाे । वडामा कुल जनसंख्या ३ हजारको हराहरीमा छन, जसमध्ये सर्वपक्षिय समितिले नै १८१ जना अतिविपन्न परिवारलाई छनौट गरेको थिए । साेही अनुसार रात वितरण गरिएकाे वडाध्यक्ष गौरोले बताउनु भयाे ।

ईलाका प्रहरी कार्यालय एकटांगाले सामाजिक दुरी कायम गराउदै व्यवस्थित रुपले राहत वितरणमा सहयोग गरेका थिए ।

लकडाउन शुरु भएलगतै वडाका प्रत्येक व्यक्तिलाई माक्स, प्रत्येक परिवारमा सेनेटाईजर र हात धुने साबुन एक/एक पिस आफ्नै  व्यक्तिगत लगानीमा वितरण गरेको वडाध्यक्ष गौरेले वताउनु भयाे । विपद् कोषमा छुट्याएको तीन लाख रकम मध्ये केहि रकम जनताको राहतको लागि खर्च गरीसकेको र केही बाकि रहेको गौरेले बताउनु भयाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

विजयादशमीको टीका लगाउने उत्तम साइत बिहान १०:२६ बजे

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष टीका...

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...