Date
शुक्र, अशोज ३०, २०८३
Fri, October 16, 2026

पर्साकाे ग्रामिण भेगमा लकडाउन पालना गराउन प्रहरीद्वारा थप कडाई

spot_img
spot_img

पाेखरिया । पर्साकाे सदरमुकाम बीरगंजमा आइतबा थप २ जना कोरोना संक्रमित पुष्टि भए पछि लकडाउनको पालनामा ग्रामिण भेगमा भईरहेको अवहेलनालाई आज देखी प्रहरी प्रशासनले थप गम्भीर भई कडाईका साथ प्रस्तुत भएको छ ।

अहोरात जीवज्यानको बाजी लगाई खटिने प्रहरीलाई छली गरी लकडाउन उलंघन गर्ने साईकल चालक, मोटरसाईकल र बिना कारण घरबाट बाहिर आउने जाने गर्नेलाई ईलाका प्रहरी कार्यालय पोखरीया मातहतका सबै युनिटहरु थप कडाईका साथ प्रस्तुत भएका छन् ।

बिभिन्न बाहानामा निस्कनेलाई लखेटेर घर सम्म पुर्‍याउने गरिएको र साईकल मोटरसाईकलका हावालाई खुसकाई घर फर्काउने गरिएको प्रहरीले जनाएको छ । आज बिहान केही बेर लकडाउनको उलघंन गर्नेको संख्या सडकमा देखिए पनि प्रहरीले कडाईका साथ बिहान ७ बजे देखी प्रस्तुत भए पछि पोखरीया, बिन्दवासिनी, बहुअरीपिडरी, गर्दाैल, धोबिनी, भिखमपुर, भिस्वा, सबैठवा, पकहामैनपुर, प्रसौनिभाटठा, झौवागुठी, बिरनचीवर्वा, भेडिहारीका सडकहरु एकदमै सुनसान देखिएको छ ।

आज ८ बजे देखी पुर्ण रुपमा लकडाउनको पालना भएको समेत महशुस भएको बिन्दवासिनी गाउँपालिका वडा नमबर ५ का वडाध्यक्ष सुकदेव यादवले बताउनु भयाे ।

यस्तै किसिम्मको कडाईका साथ नै प्रस्तुत हुन जरुरी रहेको पोखरिया नगरपालिकाका मेयर दिपनारायण रौनियारले बताउनु भएको छ । रौनियारका अनुसार प्रहरीप्रशासनले दिनरात आफनो जीवज्यानको बाजी लगाएर हाम्रै लागी खटिरहेको अवस्थामा पनि आफ्नै खुट्टामा बन्चरो हान्ने गरी लकडाउनको उलघन गरी सडकमा साईकल मोटरसाईकल चलाई र भिडभाडमा सहभागी भई ज्यान जोखिममा पारिरहेको उचित नरहेको बताएका छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

कांग्रेसको केन्द्रीय सदस्यमा पर्साका चार जना निर्वाचित, दुई नेता पराजित

वीरगंज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट पर्साका चार जना नेता केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् भने सहमहामन्त्री पदमा उम्मेदवारी दिएका पर्साकै नेता सुरेन्द्र प्रसाद...

वीरगञ्ज मेनरोड विस्तारको ठेक्का आह्वान, दुई खण्डमा काम हुने

वीरगञ्ज । वीरगञ्जको मुख्य सडक (मेनरोड) विस्तार तथा स्तरोन्नतिका लागि ठेक्का प्रक्रिया अघि बढेको छ। सडक डिभिजन कार्यालय हेटौँडाले मितेरी पुलदेखि गण्डक चोकसम्मको सडकलाई...

दसैँ–तिहारमा चिनी अभाव हुन नदिन सरकारको तयारी

काठमाडौँ । दसैँ, तिहारलगायतका चाडपर्वमा चिनीको अभाव हुन नदिन खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले चिनीको मौज्दात व्यवस्थापन गरेको छ। कम्पनीसँग हाल झन्डै २२...