Date
आइत, कार्तिक २, २०८३
Sun, October 18, 2026

पाेखरिया अस्पतालमा सेनिटाइजर बुथ जडान

spot_img
spot_img

वीरगंज । पर्साकाे पोखरिया अस्पतालमा सेनिटाइजर बुथ जडान गरिएकाे छ । पोखरिया नगरपालीकाे वडा नं. ४ पाेखरिया स्थित रहेको पोखरिया जिल्ला अस्पतालमा आज सेनिटाइजर बुथकाे स्थापना गरिएकाे हाे ।

नगर प्रमुख दिपनारायण रौनियार र पाेखरिया युवा समाजको पहलमा जनता समाजवादीका पार्टीका नेता नेजामुद्दिन समानी, तारा देवी सरावगी, मुकेस सरावगी लगायतकाले सेनिटाइजर बुथकाे स्थापना गरेका हुन् । बिश्वभरी महामारीकाे रुपमा फैलिएकाे काेराेना भाइरस (काेभिड १९) संक्रमणबाट बाच्न पर्साकाे दाेस्राे सदरमुकामकाे रुपमा रहेकाे पाेखरिया अस्पतालमा सेनिटाइजर बुथकाे स्थापना गरिएकाे हाे ।

पर्सा क्षेत्र नम्बर ३ का निलम्बित सांसद हरिनारायण प्रसाद रौनियार, प्रदेश नम्बर २ पर्सा क्षेत्र नम्बर ३ ख को प्रदेश सांसद प्रहलाद गिरी, पोखरिया नगरपालीकाकी उप प्रमुख सलमा खातुन, पोखरिया अस्पताल ब्यवस्थापन समितीका अध्यक्ष लक्षमण साह कानु , युवा समाजका सुजित गिरी, नौसाद आलम, राकेश महतो लगायतकाकाे उपस्थितीमा पोखरिया अस्पतालका निमित मेडिकल सुपरिटेन्डेड अनिल यादवलाई आज निर्माण भएकाे बुथ हस्तान्तरण गरिएको हाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...

आज तीन प्रदेशका हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना, तराईमा हुस्सु लाग्ने

काठमाडौँ । नेपाल मौसम विज्ञान विभागले आज देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ...