Date
सोम, भदौ २२, २०८३
Mon, September 7, 2026

जगरनाथपुरमा सर्बदलिय समितिकाे निर्णय विपरित राहत वितरण भएकाे आराेप

spot_img
spot_img

वीरगंज । पर्साकाे जगरनाथपुर गाउँपालिकामा आज बसेकाे विभिन्न राजनितिक दलकाे बैठकले गाउँपालिकाले सर्बदलिय समितिकाे निर्णय विपरित राहत बाँडिरहेकाे आराेप लगाएकाे छ ।

नेपाली कांग्रेसका श्रीकान्त प्रसाद यादवकाे अध्यक्षतामा बसेकाे विभिन्न दलकाे बैठकले राहत वितरणकाे सन्दर्भमा विभिन्न निर्णय समेत गरेकाे छ । जगरनाथपुर गाउँपालिकाकाे वडा नं. ३ जमुनियामा बसेकाे बैठकले गाउँपालिकाबाट सर्बदलिय समितिकाे निर्णय विपरित राहत विरतण भइरहेकाे आराेप लगाएकाे हाे ।

सर्बदलिय समितिकाे निर्णय विपरित राहत वितरण गर्नु पर्नेहरुकाे नामावली तयार गरी गाउँपालिकाले आफु अनुकुलका व्यक्तिहरुकाे घर घरमा रातीकाे समयमा राहत वितरण गरेकाे भन्दै बैठकले आपती जनाएकाे छ । यसका साथै बैठकले मिति २०७६/१२/२७ गते बसेकाे सर्बदलिय समितिकाे बैठकबाट चामल २५ किलाे, दाल २.५ किलाे, आलु ३ किलाे, प्याज एक किलाे, नुन २ किलाे, तेल एक लिटर सामग्री वितरण गर्ने निर्णय गरिए पनि राहतमा चामल २५ किलाे, आलु ३ किलाे, प्याज एक किलाे वितरण भइरहेकाे आराेप लगाएकाे छ ।

नेपाली कांग्रेसका श्रीकान्त यादव, सहरुम राउत गद्दी, समाजवादी पार्टीका कृष्ण माेहन प्रसाद यादव, रजापाका हाकिम मियाँले संयुक्त रुपमा प्रेस विज्ञप्ती जारी गर्दै बैठककाे निर्णय सार्बजनिक गर्दै यस्ताे आराेप लगाएका हुन् ।

यस सन्दर्भमा गाउँपालिका अध्यक्ष जालिम मियाँसंग बुझ्दा  गाउँपालिकामाथी लागेकाे आराेप गलत भएकाे वताए । काेराेना भाइरस संक्रमण राेकथाम तथा नियन्त्रणकाे लागि भएकाे लकडाउनमा बढी भिडभाड हुन नदिन घरघरमा राहत पुर्‍याइएकाे उनकाे भनाई छ ।

सर्बदलिय समितिकाे निर्णय अनुसार नै राहत वितरण भइरहेकाे दाबी गर्दै अध्यक्ष मियाँले प्रतिपक्षले मलाई बदनाम गर्न खाेजेकाे वताए ।

उनले भने “राहत सामग्री अभाव कारण राहत वितरणमा ढिलाे भए पछि लकडाउनमा समस्यामा परेकाहरुकाे आग्रहमा नै दाल र तेल बाहेककाे केही घरदुरीमा राहत वितरण भएकाे हाे । पछि फेरी ति घरदुरीहरुमा बाकी रहेकाे राहत सामग्री तेल र दाल वितरण गरि पुरा गरिने छ ।”

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

नेशनल मेडिकल कलेजमा ६८ जनाद्वारा रक्तदान

वीरगंज । रसुवाका बाढीपीडित तथा प्रभावित नागरिकहरूको उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले वीरगंजस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा आयोजित रक्तदान कार्यक्रममा ६८ जनाले रक्तदान...

जिराभवानी गाउँपालिकाले बाढीपीडितका लागि ५ लाख ५५ हजार सहयोग गर्ने

सेढवा । पर्साकाे जिराभवानी गाउँपालिकाले बाढीपहिरो प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्निर्माणका लागि आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । गाउँपालिकाले विपद् व्यवस्थापन कोषबाट...

‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ सिनियरतर्फ पाँच विद्यालय फाइनलमा

वीरगंज । प्याब्सन वीरगंजकाे आयोजनामा सञ्चालन भइरहेको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ अन्तर्गत सिनियरतर्फको फाइनलमा पाँच विद्यालय प्रवेश गरेका छन् । क्वालिफिकेशन राउन्डबाट...