Date
शुक्र, अशोज ३०, २०८३
Fri, October 16, 2026

नारायणीलाई पुन: जेनरल अस्पताल बनाउ माग गर्दै नेता सिंहकाे नेतृत्वमा प्रदर्शन

spot_img
spot_img

वीरगंज । जनता समाजवादी पार्टीका नेता राजेशमान सिंहकाे नेतृत्वमा आज नारायणी अस्पताललाई पुन: जेनरल अस्पताल बनाउन माग गर्दै प्रदर्शन गरिएकाे छ ।

जनता समाजवादी पार्टी नेपाल वीरगञ्ज महानगरकाे आयाेजनामा नारायणीलाई पुन: जेनरल अस्पताल बनाउन माग गर्दै बिहिबार प्रदर्शन गरिएकाे हाे । पार्टीका नेता राजेशमान सिंहको नेतृत्वमा भएको विरोध कार्यक्रममा सामाजिक दुरीको नियमलाई पालना गर्दै प्लाकार्ड सहित शानितपूर्ण प्रदर्शन समेत गरिएको थियो ।

वीरगंज ३ आदर्शनगरमा भएकाे बिराेधकाे कार्यक्रममा सहभागिहरुले नारायणी अस्पताल बाहेक अन्तै वीरगंजमा काेराेना अस्पतालकाे व्यवस्था गर, आम नागरिककाे लागि नारायणी अस्पताललाई तुरुन्तै जनरल अस्पताल बनाउ, नारायणी अस्पताललाई तत्काल जेनरल अस्पताल बनाउ लगायतकाे नारा लेखिएकाे प्ले कार्ड सहित शान्तिपूर्ण प्रदर्शन गरेका थिए ।

नारायणी अस्पतालकाे जेनरल सेवा बन्द हुदा सर्बसाधारणकाे उपचारमा समस्या भएकाेले पुन: जेनरल अस्पताल बनाउनु पर्ने नेता सिंहले माग गरे । काेराेना महामारीकाे अवस्थामा नरायणी अस्पतालकाे प्रसुती लगायतकाे सेवा बन्द हुदा आम नागरिकलाई अन्यन्त्र प्राइभेट अस्पतालमा गएर महंगाे सेवा लिनु पर्ने बाध्यतालाई नारायणी अस्पताललाई पुन: जेनरल अस्पताल बनाई अन्त्य गर्नु पर्ने नेता सिंहकाे भनाई छ ।

यस अघि पनि नेता सिंहले नारायणी अस्पतालाई काेराेना अस्पताल बनाउनु हुदैन् भने आफ्नाे धारणा सार्बजनिक गरेका थिए ।

विरोध कार्यक्रममा लियाकत अली, वडा नं. ३ का अध्यक्ष बैजुलाल स्वर्णकार, बोर्ड सदस्य बरकतुल नेसा, नेताहरू खैरूद्दीन मियाँ, कलाम मियाँ ठकुराई , ग्याँसुद्दीन मियाँ, इस्लाम मंसूरी, सलाउद्दीन मंसूरी, नुरेनवी ठकुराई, अफरोज अालम, युवा नेताहरू एकलाख हुसेन, सईम अंसारी, जबार मंसूरी, नवरत्न श्रीवास्तव, जियाउल हक, उमेश गुप्ता, उमेश मानन्धर, एजाजुल हवारी, कलाम मंसूरलगायतको रहभागिता रहेको थियोे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

कांग्रेसको केन्द्रीय सदस्यमा पर्साका चार जना निर्वाचित, दुई नेता पराजित

वीरगंज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट पर्साका चार जना नेता केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् भने सहमहामन्त्री पदमा उम्मेदवारी दिएका पर्साकै नेता सुरेन्द्र प्रसाद...

वीरगञ्ज मेनरोड विस्तारको ठेक्का आह्वान, दुई खण्डमा काम हुने

वीरगञ्ज । वीरगञ्जको मुख्य सडक (मेनरोड) विस्तार तथा स्तरोन्नतिका लागि ठेक्का प्रक्रिया अघि बढेको छ। सडक डिभिजन कार्यालय हेटौँडाले मितेरी पुलदेखि गण्डक चोकसम्मको सडकलाई...

दसैँ–तिहारमा चिनी अभाव हुन नदिन सरकारको तयारी

काठमाडौँ । दसैँ, तिहारलगायतका चाडपर्वमा चिनीको अभाव हुन नदिन खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले चिनीको मौज्दात व्यवस्थापन गरेको छ। कम्पनीसँग हाल झन्डै २२...