Date
शुक्र, अशोज ३०, २०८३
Fri, October 16, 2026

राहतकाे बिषयमा जिराभवानीमा झडप, एक पत्रकारसहित ७ घाइते

spot_img
spot_img

जीराभवानी । पर्साको जिराभवानी गाउँपालिकामा राहत वितरणको विषयमा स्थानीय र सशस्त्र प्रहरीबीच झडप भएको छ।

बुधबार दिउँसो राहत वितरणमा ढिला भएकाे आक्रोशमा सेढवास्थित गाउँपालिका कार्यालय घेराउ गर्न करिब ३ सयको संख्यामा दलित, विपन्न वर्गका महिला बालबालिका र पुरुषहरु गाँउपालिका कार्यालयमा पुगेका थिए। त्यही क्रममा सशस्त्र प्रहरीले भिड हटाउन लाठी चार्ज गर्न थालेपछि स्थानीय र सशस्त्र प्रहरीबीच झडप भएको हो।

झडपमा परी एक सञ्चारकर्मीसहित ७ जना घाइते भएका छन्। झडपका क्रममा स्थानीयले प्रहार गरेको ढुंगा लागेर नारायणी एफएम र कृपा दैनिकका संवाददाता कृष्ण मोहन साह घाइते भएका हुन्। साहको टाउको फुटेको छ। उनीसहित सबै घाइतेको स्थानीय स्वास्थ्य संस्थामा उपचार गरिएको छ।

राहत वितरणमा ढिलाे भएकाे भन्दै गाउँपालिका कार्यालय पुगेका स्थानीयले आक्रोशमा आएर ढुंगामुढा गर्न थालेपछि सशस्त्र प्रहरीले रोक्दा झडप भएको गाउँपालिकाकी उपाध्यक्ष उषा देवी थरुनीले वताइन । लकडाउनका कारणले प्रभावितका लागि राहत वितरणका लागि प्रदेश सरकारले गाउँपालिकामा १० लाख रुपैयाँ पठाएको छ।

तर प्रदेश सरकारबाट आएको १० लाख रुपैयाले अपुग भएपछि रकम थप गर्ने विषयमा प्रकृयामा लाग्दा राहत वितरणमा ढिला हुन पुगेको उपाध्यक्ष थरुनीले बताइन्। ‘१ महिना बित्न लाग्दा पनि राहत नपाउँदा जनतामा आक्रोश देखिनु स्वभाविक हो’, उनले भनिन् ‘राहतमा वितरणका सबै सामान खरिद भइसकेको छ। वीरगन्जबाट सामानसहित हिँडेको गाडी बाटोमै रहदा गाउँपालिकामा दुखद घटना भयो।’

बुधबार साँझसम्म राहतका सबै सामान आइ पुग्ने र बिहिबार देखि सबै वडामा राहत वितरण गरिने उनले बताइन्।

वडा नम्बर २ का वडाध्यक्ष महादेव महत्तो थारुले राहत वितरणका लागि कार्यालयमा गाँउपालिका अध्यक्ष, उपाध्यक्ष र वडा अध्यक्षहरुबीच छलफल भइरहेका बेला आक्रोशित स्थानीयले ढुंगामुढा गर्न थालेपछि स्थिति तनावग्रस्त बन्न पुगेको बताए।

गाउँवासीहरु ९ ओटा सरकारी र प्राभेट गाडीहरू तोडफोड समेत गरेका छन । ना १ ब ३५७८ ना १ ब ३५८८, ना १ ब ३५८६, ना १ ब ३५८७, ना २२ प २४३०,ना ५५प ६४९४,ना ३५ प २३९ गाउँपालीकामा रहेका जेस्बी र रोलर फर्निचर लगाएत समेतमा पनी तोडफोड भएको वार्ड नम्बर दुई का वडाध्यक्ष महादेव महतो थारुले बताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

कांग्रेसको केन्द्रीय सदस्यमा पर्साका चार जना निर्वाचित, दुई नेता पराजित

वीरगंज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट पर्साका चार जना नेता केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् भने सहमहामन्त्री पदमा उम्मेदवारी दिएका पर्साकै नेता सुरेन्द्र प्रसाद...

वीरगञ्ज मेनरोड विस्तारको ठेक्का आह्वान, दुई खण्डमा काम हुने

वीरगञ्ज । वीरगञ्जको मुख्य सडक (मेनरोड) विस्तार तथा स्तरोन्नतिका लागि ठेक्का प्रक्रिया अघि बढेको छ। सडक डिभिजन कार्यालय हेटौँडाले मितेरी पुलदेखि गण्डक चोकसम्मको सडकलाई...

दसैँ–तिहारमा चिनी अभाव हुन नदिन सरकारको तयारी

काठमाडौँ । दसैँ, तिहारलगायतका चाडपर्वमा चिनीको अभाव हुन नदिन खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले चिनीको मौज्दात व्यवस्थापन गरेको छ। कम्पनीसँग हाल झन्डै २२...