Date
शनि, कार्तिक ८, २०८३
Sat, October 24, 2026

कालिकामाईद्वारा राहत लाभग्राहीकाे नामावली सार्बजनिक

spot_img
spot_img

वीरगंज । पर्साकाे कालिकामाई गाउँपालिकाले राहत प्राप्त गर्ने लाभग्राहीहरुकाे नामावली सार्बजनिक गरेकाे छ ।

प्रदेश सरकारबाट प्राप्त राहत अनुदान रु १० लाखले वितरण गरेकाे राहत लाभग्राहीहरुकाे नामावली आफ्नाे कार्यालयकाे वेभसाइड kalikamaimun.gov.np मा सार्बजनिक गरेकाे हाेे ।

गाउँ कार्यापालिकाकाे कार्यालयले सार्बजनिक गरेकाे लाभग्राही सुचि अनुसार वडा नं. १ मा ३ सय ९१,  २ मा ४ सय १२, ३ मा २ सय, ४ मा २ सय र ५ मा ३ सय १८ परिवारलाई राहत वितरण भएकाे देखिन्छ ।

वडा नं. १ मा राहतमा चामल ८ किलाे, नुन एक प्याकेट, आलु २ किलाे, साबुन एक पिस, दाल एक किलाे र स्वाविन २५० ग्राम वितरण भएकाे कार्यालयले सार्बजनिक गरेकाे लाभग्राही सुचिकाे भर्पाईबाट थाह पाइन्छ । यस्तै वडा नं. २ मा पनि वडा नं. १ जस्तै नै राहतमा खाद्यान्न सामग्री वितरण भएकाे देखिएकाे छ भने वडा नं. १ मा दाल एक किलाे वितरण भएकाे देखिए पनि २ मा ५०० ग्राम वितरण भएकाे सार्बजनिक गरिएकाे भर्पाईमा देखिन्छ ।

यस्तै वडा नं. ३ र ४ मा कार्यालयले सार्बजनिक गरेकाे लाभग्राहीकाे भर्पाई अनुसार चामल १५ किलाे, दाल एक किलाे, आलु २ किलाे, नुन एक किलाे, स्वाविन २५० ग्राम र साबुन एक पिस वितरण भएकाे छ ।

तर फेरी वडा नं. ५ मा चामल ८ किलाे, दाल ७५० ग्राम, आलु २ किलाे र नुन एक किलाे वितरण भएकाे छ ।

राहत वितरणकाे लागि वडा नं. १ र २ लाई २ लाख ३० हजारका दरले र वडा नं. ३, ४ र ५ लाई एक लाख ८० हजारकाे दरले गाउँ कार्यापालिकाकाे कार्यालयले उपलब्ध गराएकाे थियाे ।

सार्बजनिक गरिएकाे लाभग्राही सुचिमा वडा नं. ४ काे सर्बदलिय बैठक बसेकाे माइनेटकाे प्रतिलिप समेत सार्बजनिक गरिएकाे छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

विजयादशमीको टीका लगाउने उत्तम साइत बिहान १०:२६ बजे

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष टीका...

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...