Date
सोम, भदौ २२, २०८३
Mon, September 7, 2026

कालिकामाईद्वारा राहत लाभग्राहीकाे नामावली सार्बजनिक

spot_img
spot_img

वीरगंज । पर्साकाे कालिकामाई गाउँपालिकाले राहत प्राप्त गर्ने लाभग्राहीहरुकाे नामावली सार्बजनिक गरेकाे छ ।

प्रदेश सरकारबाट प्राप्त राहत अनुदान रु १० लाखले वितरण गरेकाे राहत लाभग्राहीहरुकाे नामावली आफ्नाे कार्यालयकाे वेभसाइड kalikamaimun.gov.np मा सार्बजनिक गरेकाे हाेे ।

गाउँ कार्यापालिकाकाे कार्यालयले सार्बजनिक गरेकाे लाभग्राही सुचि अनुसार वडा नं. १ मा ३ सय ९१,  २ मा ४ सय १२, ३ मा २ सय, ४ मा २ सय र ५ मा ३ सय १८ परिवारलाई राहत वितरण भएकाे देखिन्छ ।

वडा नं. १ मा राहतमा चामल ८ किलाे, नुन एक प्याकेट, आलु २ किलाे, साबुन एक पिस, दाल एक किलाे र स्वाविन २५० ग्राम वितरण भएकाे कार्यालयले सार्बजनिक गरेकाे लाभग्राही सुचिकाे भर्पाईबाट थाह पाइन्छ । यस्तै वडा नं. २ मा पनि वडा नं. १ जस्तै नै राहतमा खाद्यान्न सामग्री वितरण भएकाे देखिएकाे छ भने वडा नं. १ मा दाल एक किलाे वितरण भएकाे देखिए पनि २ मा ५०० ग्राम वितरण भएकाे सार्बजनिक गरिएकाे भर्पाईमा देखिन्छ ।

यस्तै वडा नं. ३ र ४ मा कार्यालयले सार्बजनिक गरेकाे लाभग्राहीकाे भर्पाई अनुसार चामल १५ किलाे, दाल एक किलाे, आलु २ किलाे, नुन एक किलाे, स्वाविन २५० ग्राम र साबुन एक पिस वितरण भएकाे छ ।

तर फेरी वडा नं. ५ मा चामल ८ किलाे, दाल ७५० ग्राम, आलु २ किलाे र नुन एक किलाे वितरण भएकाे छ ।

राहत वितरणकाे लागि वडा नं. १ र २ लाई २ लाख ३० हजारका दरले र वडा नं. ३, ४ र ५ लाई एक लाख ८० हजारकाे दरले गाउँ कार्यापालिकाकाे कार्यालयले उपलब्ध गराएकाे थियाे ।

सार्बजनिक गरिएकाे लाभग्राही सुचिमा वडा नं. ४ काे सर्बदलिय बैठक बसेकाे माइनेटकाे प्रतिलिप समेत सार्बजनिक गरिएकाे छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

नेशनल मेडिकल कलेजमा ६८ जनाद्वारा रक्तदान

वीरगंज । रसुवाका बाढीपीडित तथा प्रभावित नागरिकहरूको उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले वीरगंजस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा आयोजित रक्तदान कार्यक्रममा ६८ जनाले रक्तदान...

जिराभवानी गाउँपालिकाले बाढीपीडितका लागि ५ लाख ५५ हजार सहयोग गर्ने

सेढवा । पर्साकाे जिराभवानी गाउँपालिकाले बाढीपहिरो प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्निर्माणका लागि आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । गाउँपालिकाले विपद् व्यवस्थापन कोषबाट...

‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ सिनियरतर्फ पाँच विद्यालय फाइनलमा

वीरगंज । प्याब्सन वीरगंजकाे आयोजनामा सञ्चालन भइरहेको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ अन्तर्गत सिनियरतर्फको फाइनलमा पाँच विद्यालय प्रवेश गरेका छन् । क्वालिफिकेशन राउन्डबाट...