वीरगंज । पर्साकाे बिन्दवासिनी गाउँपालिकामा वडा नं. ३ वाहेक राहत वितरण सम्पन्न भएकाे छ । गाउँपालिकाकाे वडा नं. १, २, ४ र ५ मा पहिलाे चरणकाे राहत वितरण सम्पन्न भएकाे निमित प्रमुख प्रशासकिय अधिकृत मुन्ना कुमार राैनियारले वताए ।
राहतमा चामल २० किलाे, दाल एक किलाे, नुन एक किलाे, आलु ५ किलाे, प्याज २ किलाे र ताेरीकाे तेल एक किलाे वितरण गरिएकाे प्रशासकिय अधिकृत राैनियार जानकारी दिए । राैनियारका अनुसार एउटा वडामा एक सय ३५ घरदुरी गरी ६ सय ७५ घरदुरीलाई राहत वितरण गर्नु पर्नेमा हाल सम्म ५ सय ४० घरदुरीलाई राहत वितरण गरिएकाे छ ।
५ वटा वडा रहेकाे गाउँपालिकामा वडा नं. ३ वाहेक सबै वडामा राहत वितरण भइसकेकाे छ ।
उनले भने “हामीले प्रदेश सरकारले राहत वितरणकाे लागि उपलब्ध गराएकाे रु १० लाखबाट मात्र पहिलाे चरणकाे राहत वितरण गरेका छाैं, अरुले गाउँपालिकाबाट पनि थप बजेट खर्च गरी राहत वितरण गरे पनि हामीले त्यस्ताे गरेका छैनाैं । प्रदेश सरकारकाे बजेटबाट भेयाए सम्म सर्बदलिय समितिकाे निर्णय अनुसार गाउँपालिका अन्तर्गतका अति गरिब परिवारलाई मात्र राहत विरतण गरेका छाैं ।”
वाकी रहेकाे वडा नं. ३ काे राहत पनि चाँडै वितरण गरिने र राहत वितरण सम्पन्न भए लगतै राहत वितरण गरिएका परिवारकाे नमावली समेत सार्बजनिक गरिने अधिकृत राैनियारले जानकारी गराए ।
काेराेना भाइरस (काेभिड १९) संक्रमण राेकथाम तथा नियन्त्रकाे लागि भएकाे लकडाउनमा समस्यामा परेका अति गरिब र विपन्न परिवारलाई मात्र पहिलाे चरणकाे राहत वितरण गरिएकाे लेखा अधिकृत मिथिलेश कुशवाहाले वताए । गाउँपालिकाबाट दाेस्राे चरणकाे राहत विरतणकाे लागि सामग्री खरिद पक्रिया समेत अगाडी बढी सकेकाे उनले जानकारी गराए ।