Date
बुध, साउन ६, २०८३
Wed, July 22, 2026

छिपहरमाईकाे राहत वितरणमा अनियमितता भएकाे भन्दै उजरी

spot_img
spot_img

वीरगंज । पर्साकाे छिपहरमाई गाउँपालिकामा राहत वितरणमा अनियमित्ता भएकाे भन्दै स्थानियवासीले सोमवार जिल्ला विपद् व्यवस्थापन समिति पर्सामा उजुरी दिएका छन् ।

दर्जनौं स्थानियले हस्ताक्षर गरेको सो उजुरीमा गाउँपालिकाका अध्यक्ष मनोज गुप्ताले पालिकाको अति विपन्न परिवारहरुलाई राहत सामग्री वितरण नगरी आफ्ना आसेपासेहरुलाई मात्र वितरण गरेको आरोप लगाईएको छ ।

तत्कालिन नेकपा एमाले हाल नेकपा, नेपाली कांग्रेस, राजपा र समाजवादी पार्टी समर्थित विपन्न परिवारहरुलाई राहत सामग्री नदिंदा वडा नं. ३ को झलमहिया टोलमा शुक्रवार ५ गतेका दिन सामान्य झडप समेत भएको थियो । झलमहियाको सर्वदलिय समितिले तयार पारेको दुई सय २२ जनाको नामावली बिपरित अध्यक्ष गुप्ता र वडा अध्यक्ष बिनोद साहले आफ्ना करिब एक सय समर्थकहरुलाई मात्र राहत सामग्री बाडन लगाएको उजुरीमा उल्लेख रहेको छ ।

सोही कारण झडप हुंदा भिडलाई तितरबितर पार्न प्रहरीले लठ्ठीचार्ज गर्दा गाउँपालिकाका एक प्रहरी सहित दुई जनालाई सामान्य चोटपटक पनि लागेको समाजवादी पार्टीका प्रतिनिधि जदुनन्दन राउत अहिरले बताए ।

झलमहियाको सर्वदलिय समितिमा नेकपाको प्रतिनिधि भनि अध्यक्ष गुप्ताले आफ्ना भिनाजु घनश्याम साह कानुलाई राखेको उजुरीमा उल्लेख छ । त्यस्तै गाउँपालिका र प्रत्येक वडाको वडा स्तरीय सर्वदलिय समितिको नाममा झुण्ड खडा गरी राहत सामग्री किनमेल देखि लिएर वितरण सम्ममा व्यापक अनियमित्ता भईरहेको अध्यक्ष गुप्ताको कार्यशैलीले पुष्टि गरेको स्थानिय नेकपाका नेता दिनेश साहले बताए ।

सर्वदलिय समितिमा प्रतिनिधि राख्दा नेकपा, नेका, राजपा र समाजवादी पार्टी लगायत कुनै पनि पार्टीसंग आधिकारिक प्रतिनिधि नमागी अध्यक्ष गुप्ताले आफ्ना आसेपासेहरुलाई मात्र राखी अनियमित्ता र भ्रष्टाचार गरिरहेको नेपाली कांग्रेसका प्रतिनिधि बाघा यादवले बताए ।

सोलाई छानबिन गरी आश्वयक कारवाही गर्न र राहत लिनबाट बञ्चित हुन पुगेका अति विपन्न परिवारहरुलाई यथासिघ्र राहत सामग्री उपलब्ध गराउन स्थानियबासीहरुले माग गरेका छन् ।

सो उजुरीको बोधार्थ नेपाल सरकार, गृह मन्त्रालय र मुख्यमन्त्रीको कार्यालय, प्रदेश नं. २ जनकपुरधामलाई पनि गरिएकाे छ । यस सन्दर्भमा सहायक प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेतसंग बुझ्दा उजुरी माथि कारवाही प्रक्रिया अगाडि बढी सकेको जानकारी दिए ।

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

जीतपुर–सिमरामा इँटा, काठ, कोइला र क्लिङ्करमा कर असुली गैरकानुनी भएको उद्योगीको दाबी

वीरगंज । जीतपुर–सिमरा उपमहानगरपालिकाले ठेक्का प्रणालीमार्फत इँटा, काठ, पिना, कोइला र क्लिङ्करमा कर असुल गरिरहेको भन्दै उद्योगी–व्यवसायीहरूले उक्त करलाई गैरकानुनी भएको दाबी गरेका छन्...

कालिकामाई गाउँपालिका–३ का वडाध्यक्ष संजय पटेल धराैटीमा रिहा

वीरगंज । पर्साको कालिकामाई गाउँपालिका–३ का वडाध्यक्ष संजय पटेल धराैटीमा रिहा भएका छन् । अभद्र व्यवहार मुद्दामा पक्राउ परेका वडाध्यक्ष पटेल १० हजार रुपैया...

सिर्सिया नदी प्रदूषणमा सरकारकाे एक्सन : १२ उद्योगलाई १०/१० लाख जरिवाना

वीरगंज । बारा–पर्साको सिर्सिया नदी आसपास सञ्चालित उद्योगहरूले वातावरणीय मापदण्ड उल्लंघन गरेको पुष्टि भएपछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले १२ उद्योगलाई जनही १० लाख...