Date
बिहि, कार्तिक ६, २०८३
Thu, October 22, 2026

पर्सागढीकाे राहत विवाद, कसरी र किन लुटिए राहत सामग्री ?

spot_img
spot_img

वीरगञ्ज । पर्साको पर्सागढी नगरपालिकाकाे वडा नं. ५ मा भएकाे राहत सामग्री लुटपाटकाे आराेपमा ७ जनामाथी प्रहरीले मुद्दा दर्ता गरेकाे छ ।

बैशाख ७ गते शनिबार राहत सामग्री लुटपाट गरेकाे आराेपमा पक्राउ परेका ५ जना र अन्य २ जनामाथी मुद्दा दर्ता गरिएकाे जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक बिरेन्द्र साहीले वताए ।

पक्राउ परेका पर्सागढी नगरपालिका वडा नं ५ का श्याम कुमार शर्मा, सम्सुल हवारी, चन्द्रकिशोर साह, चन्द्रिका पटेल र दर्शन रायभार र अन्य दुई जनामाथी सार्बजनि अपराध मुद्दा दर्ता गरिएकाे पर्सा प्रहरी प्रवक्ता साहीले जानकारी दिए ।

उनले भने “हाल ७ जनामाथी मुद्दा दर्ता भएकाे छ, पछि अनुसन्धानबाट अन्य व्यक्तिहरुकाे सलंग्ना पनि देखियाे भने थप्न पनि सक्छन् ।”

पर्सागढी नगरपालिका वडा नं ६ मा लैजाँदै गरेको ८४ पोका राहत सामग्री वडा नम्बर ५ का बासिन्दाले पचरुखी भन्ने ठाउँमा लुटेका थिए । एउटा पोकामा दुई किलो दाल, एक लिटर तेल, दुई प्याकेट नुन, दुई वटा डिटोल र दुई वटा कपडा धुने साबुन गरी छ सय रुपैयाँ बराबरको समान रहेको पर्सागढी नगरपालिकाले जनाएको छ ।

राहत सामग्री लुटिएका दिन पर्सागढीकाे वडा नं. ५ काे राहत श्री नेरा आधारभुत विद्यालय पंचरुखीबाट वितरण भइरहेकाे थियाे । राहत पाउनेहरुमा नपरेकाहरु साे विद्यालय बाहिर प्रदर्शन गर्दै थिए । तिनिहरु राहत वितरण कार्य सुरुमा विथाेल्न प्रयास गरे पनि प्रहरीले बल प्रयाेग गरी विद्यालय बाहिर निकालेका थिए ।

त्यस पछि राहत वितरण स्थल विद्यालय बाहिर नै उभेर तिनिहरु प्रदर्शन गर्दै थिए ।

साेही क्रममा साेही बाटाे भएर नगरपालिकाकाे वडा नं. ६ काे लागि जादै गरेकाे राहत सामग्री बाेकेका ट्रेक्टर तिनिहरु राेकेर सामग्री लुटेकाे वताइन्छ । राहत लुटपाट भइरहेकाे क्रममा नै पुगेकाे प्रहरीले तिनिहरुलाई पक्राउ गर्न र लखेटन खाेज्दा प्रहरी र स्थानिय बिच झडप समेत भएकाे थियाे । साेही क्रममा वडाबासीले प्रहरी माथी ढुंगामुडा समेत गरेका थिए ।

ढुंगामुडाले केही प्रहरी समान्य घाइते समेत भएका थिए । त्यसबाट जिल्लाबाट पुगेकाे थप प्रहरी टाेलीले स्थित नियन्त्रणमा लिएकाे थियाे ।

राहत वितरणमा विभेद भएकाेले आफुहरु विराेधमा उत्रेकाे र नगरपालिकाकाे जादै गरेकाे राहत सामग्री लुटपाट गरेकाे विराेधमा उत्रेका वडाबासीकाे भनाई छ ।

तर वडाध्यक्ष असलम आलमले केही व्यक्तिहरु अनावश्यक विवाद गरेकाे वताएका छन् । उनले भने “स्थानिय राजेश्वर प्रसाद यादव नेतृत्वकाे १०/१२ जनाले वितरण भइरहेकाे राहतकाे बिराेध गर्नुकाे साथै वडा नं. ६ काे लागि जादै गरेकाे राहत सामग्री लुटपाट गरेका हुन् ।”

यसका साथै राहत वितरण गरी निस्कदै गरेका आफुहरुमाथी दुर्व्यवहार समे भएकाेले आफुहरु पनि ८ जनामाथी कारबाहीकाे माग गर्दै जिल्ला प्रहरी कार्यालयमा उजरी दिएकाे वडाध्यक्ष आलमले वताए ।

उनका अनुसार वडा अन्तर्गतका २ सय २६ अति गरिब परवारलाई साेही दिन राहत वितरण गरिएकाे छ । राहतमा चामल २० किलाे, दाल २ किलाे, तेल एक किलाे, नुन २ किलाे, साबुन ४ पिस वितरण गरिएकाे छ ।

बिश्वभरी महामारीकाे रुपमा फैलिएकाे काेराेना भाइरस (काेभिड १९) संक्रमण राेकथाम तथा नियन्त्रणकाे लागि भएकाे लकडाउनमा समस्यामा परेकाे अति गरिब परिवारकाे लागि भइरहेकाे राहतमा वितरणमा विवाद भएकाे हाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

विजयादशमीको टीका लगाउने उत्तम साइत बिहान १०:२६ बजे

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष टीका...

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...