Date
आइत, भदौ २१, २०८३
Sun, September 6, 2026

पर्सागढीकाे राहत विवाद, कसरी र किन लुटिए राहत सामग्री ?

spot_img
spot_img

वीरगञ्ज । पर्साको पर्सागढी नगरपालिकाकाे वडा नं. ५ मा भएकाे राहत सामग्री लुटपाटकाे आराेपमा ७ जनामाथी प्रहरीले मुद्दा दर्ता गरेकाे छ ।

बैशाख ७ गते शनिबार राहत सामग्री लुटपाट गरेकाे आराेपमा पक्राउ परेका ५ जना र अन्य २ जनामाथी मुद्दा दर्ता गरिएकाे जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक बिरेन्द्र साहीले वताए ।

पक्राउ परेका पर्सागढी नगरपालिका वडा नं ५ का श्याम कुमार शर्मा, सम्सुल हवारी, चन्द्रकिशोर साह, चन्द्रिका पटेल र दर्शन रायभार र अन्य दुई जनामाथी सार्बजनि अपराध मुद्दा दर्ता गरिएकाे पर्सा प्रहरी प्रवक्ता साहीले जानकारी दिए ।

उनले भने “हाल ७ जनामाथी मुद्दा दर्ता भएकाे छ, पछि अनुसन्धानबाट अन्य व्यक्तिहरुकाे सलंग्ना पनि देखियाे भने थप्न पनि सक्छन् ।”

पर्सागढी नगरपालिका वडा नं ६ मा लैजाँदै गरेको ८४ पोका राहत सामग्री वडा नम्बर ५ का बासिन्दाले पचरुखी भन्ने ठाउँमा लुटेका थिए । एउटा पोकामा दुई किलो दाल, एक लिटर तेल, दुई प्याकेट नुन, दुई वटा डिटोल र दुई वटा कपडा धुने साबुन गरी छ सय रुपैयाँ बराबरको समान रहेको पर्सागढी नगरपालिकाले जनाएको छ ।

राहत सामग्री लुटिएका दिन पर्सागढीकाे वडा नं. ५ काे राहत श्री नेरा आधारभुत विद्यालय पंचरुखीबाट वितरण भइरहेकाे थियाे । राहत पाउनेहरुमा नपरेकाहरु साे विद्यालय बाहिर प्रदर्शन गर्दै थिए । तिनिहरु राहत वितरण कार्य सुरुमा विथाेल्न प्रयास गरे पनि प्रहरीले बल प्रयाेग गरी विद्यालय बाहिर निकालेका थिए ।

त्यस पछि राहत वितरण स्थल विद्यालय बाहिर नै उभेर तिनिहरु प्रदर्शन गर्दै थिए ।

साेही क्रममा साेही बाटाे भएर नगरपालिकाकाे वडा नं. ६ काे लागि जादै गरेकाे राहत सामग्री बाेकेका ट्रेक्टर तिनिहरु राेकेर सामग्री लुटेकाे वताइन्छ । राहत लुटपाट भइरहेकाे क्रममा नै पुगेकाे प्रहरीले तिनिहरुलाई पक्राउ गर्न र लखेटन खाेज्दा प्रहरी र स्थानिय बिच झडप समेत भएकाे थियाे । साेही क्रममा वडाबासीले प्रहरी माथी ढुंगामुडा समेत गरेका थिए ।

ढुंगामुडाले केही प्रहरी समान्य घाइते समेत भएका थिए । त्यसबाट जिल्लाबाट पुगेकाे थप प्रहरी टाेलीले स्थित नियन्त्रणमा लिएकाे थियाे ।

राहत वितरणमा विभेद भएकाेले आफुहरु विराेधमा उत्रेकाे र नगरपालिकाकाे जादै गरेकाे राहत सामग्री लुटपाट गरेकाे विराेधमा उत्रेका वडाबासीकाे भनाई छ ।

तर वडाध्यक्ष असलम आलमले केही व्यक्तिहरु अनावश्यक विवाद गरेकाे वताएका छन् । उनले भने “स्थानिय राजेश्वर प्रसाद यादव नेतृत्वकाे १०/१२ जनाले वितरण भइरहेकाे राहतकाे बिराेध गर्नुकाे साथै वडा नं. ६ काे लागि जादै गरेकाे राहत सामग्री लुटपाट गरेका हुन् ।”

यसका साथै राहत वितरण गरी निस्कदै गरेका आफुहरुमाथी दुर्व्यवहार समे भएकाेले आफुहरु पनि ८ जनामाथी कारबाहीकाे माग गर्दै जिल्ला प्रहरी कार्यालयमा उजरी दिएकाे वडाध्यक्ष आलमले वताए ।

उनका अनुसार वडा अन्तर्गतका २ सय २६ अति गरिब परवारलाई साेही दिन राहत वितरण गरिएकाे छ । राहतमा चामल २० किलाे, दाल २ किलाे, तेल एक किलाे, नुन २ किलाे, साबुन ४ पिस वितरण गरिएकाे छ ।

बिश्वभरी महामारीकाे रुपमा फैलिएकाे काेराेना भाइरस (काेभिड १९) संक्रमण राेकथाम तथा नियन्त्रणकाे लागि भएकाे लकडाउनमा समस्यामा परेकाे अति गरिब परिवारकाे लागि भइरहेकाे राहतमा वितरणमा विवाद भएकाे हाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ सिनियरतर्फ पाँच विद्यालय फाइनलमा

वीरगंज । प्याब्सन वीरगंजकाे आयोजनामा सञ्चालन भइरहेको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ अन्तर्गत सिनियरतर्फको फाइनलमा पाँच विद्यालय प्रवेश गरेका छन् । क्वालिफिकेशन राउन्डबाट...

शिवम् लेयर्सको फोहोरले गाउँमा फैलियो दुर्गन्ध, स्थानीयलाई चरम सास्ती

वीरगंज । पर्साको पटेर्वासुगौली गाउँपालिका–२ मा सञ्चालित शिवम् लेयर्स फार्मबाट निस्कने जैविक फोहोर तथा फोहोर पानीका कारण गादी खोला प्रदूषित बनेको स्थानीयले गुनासो गरेका...

बाराको पचरौतामा १५१ किलो गाँजा बरामद, तस्कर फरार

बारा । बाराको पचरौता नगरपालिका–७ स्थित बेनौली चोक नजिकैबाट प्रहरीले १५१ किलो गाँजा बरामद गरेको छ। शनिबार राति बेनौली चोकबाट करिब ३०० मिटर पूर्वतर्फ...