Date
सोम, भदौ २२, २०८३
Mon, September 7, 2026

वीरगन्जमा एक युवककाे शव फेला, हत्या गरी फालिएकाे आशंका

spot_img
spot_img

वीरगन्ज । वीरगन्जमा एक युवकको विभत्स तरिकाले हत्या गरी फालिएको शव बरामद भएको छ । वीरगन्ज २५ मौजेसिर्सिया टोलका २६ बर्षिय रवि पटेलको हत्या गरी फालिएको अवस्थामा आज विहान शव फेला परेपछि पुरै गाउँनै भयवित भएको छ ।

वीरगन्जको सुख्खाबन्दरगाहा (ड्राईपोर्ट) को पुर्व पट्टि रहेको मौजेसिर्सिया टोलमै पर्ने टाउँन प्लानिङ्ग (नगर विस्तार) को प्लटिङ्गमा आज विहान पटेलको विभत्स तरिकाले हत्या गरी फालिएको शव फेला परेको हो ।

शौच गर्न निस्केका स्थानिय महिलाले प्लाटिङ्गमा शव देखेपछि गाउँमा हल्ला गरेका थिए । मृतका आफन्तले पटेलको शव पहिचान गरेका थिए । पटेलको मुख, हातखुट्टामा गम्भिर चोट लागेको छ भने, उनको घाँटी समेत कपडाले कसिएको फेला परेको प्रहरीले जनाएको छ ।

पटेलको हत्या गरि शव फालिएको हुन सक्ने प्रहरीले आशंका गरेको छ । प्रहरीले घटना स्थलको मुचुल्का उठाई मृतकको शव नियन्त्रणमा लिई पोष्ट मार्टमको लागि वीरगन्जको नारायणी अस्पतालमा पठाईए छ ।

पर्साका प्रहरी नायब उपरिक्षक विरेन्द्र बहादुर शाहीले भने, घटना बारे थप अनुसन्धान गर्ने काम भईरहेको छ ।

खाना आएपछि पेट फुलेको भन्दै खाना पचाउँनको लागि गाउँकै पसलमा जलजिरा खरीद गर्न घरबाट राती निस्केका थिए, उनका पिता मनोज पटेलले भने, घरमै मोबाईल छोडेका रविले हामीले सोचेका थिएन यस्ता घटना हुन सक्छ, अबेर सम्म घर नफर्केपछि साथीहरु संग गफ गरीरेका होला त्यही भएर उनको त्यती खोजीनिति गरेनौं ।

पटेल स्थानिय एक उद्योगमा रोजगारी गरेर जिविकोपार्जन गर्दै आएका थिए । अहिले उद्योग बन्द भएपछि घरमै बस्दै आएका थिए । पटेलका २ सन्तान छन । एक तीन बर्षका छोरा र २ बर्षको एक छोरी रहेको परिवारजनले जनाएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

नेशनल मेडिकल कलेजमा ६८ जनाद्वारा रक्तदान

वीरगंज । रसुवाका बाढीपीडित तथा प्रभावित नागरिकहरूको उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले वीरगंजस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा आयोजित रक्तदान कार्यक्रममा ६८ जनाले रक्तदान...

जिराभवानी गाउँपालिकाले बाढीपीडितका लागि ५ लाख ५५ हजार सहयोग गर्ने

सेढवा । पर्साकाे जिराभवानी गाउँपालिकाले बाढीपहिरो प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्निर्माणका लागि आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । गाउँपालिकाले विपद् व्यवस्थापन कोषबाट...

‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ सिनियरतर्फ पाँच विद्यालय फाइनलमा

वीरगंज । प्याब्सन वीरगंजकाे आयोजनामा सञ्चालन भइरहेको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ अन्तर्गत सिनियरतर्फको फाइनलमा पाँच विद्यालय प्रवेश गरेका छन् । क्वालिफिकेशन राउन्डबाट...