Date
आइत, साउन १७, २०८३
Sun, August 2, 2026

मेयर सरावगीका प्रेस संयाेजक तिवारीकाे राजिनामा स्वीकृत

spot_img
spot_img

बीरगन्ज । बीरगन्ज महानगरपालिकाका मेयर विजय कुमार सरावगीको निजी प्रेस संयोजक अनिल कुमार तिवारीले राजीनामा दिएका छन् । तिवारीले आज आफ्नाे भाई मार्फत महानगर कार्यापालिकाकाे कार्यालयमा राजिनामा पठाएका हुन् ।

बीरगन्ज महानगरपालिका मेयर विजय कुमार सरावगीले पनि तिवारीले राजीनामा दिएकाे वताए । मेयर सरावगीले भने “तिवारी जीले घरायसी कार्य व्यस्तता देखाएर राजनिमा दिनु भएकाे छ, राजिनामा स्विकृत प्रक्रियामा रहेकाे छ।”

हामीलाई कुनै उहाँकाे राजिनामाबाट कुनै किसिमकाे आपती छैन्, उंहाले तिन बर्ष सम्म महानगरपालिकालाई सहयाेग गर्नु भएकाेमा धन्यावद छ । मेयर सरावगीले भने ।

यता कार्यालय स्राेतका अनुसार तिवारीकाे राजिनामा स्वीकृत भइसकेकाे र मात्र बुझबुझारथ गर्न वाकी रहेकाे छ । तिवारी हाल हाेम क्वारेन्टाइनमा रहेकाले क्वारेन्टाइनबाट निस्के लगतै तिवारीले बुझबुझारथ गर्नु पर्ने हुन्छ ।

स्राेतका अनुसार संयाेजक तिवारी कार्यालयमा दैनिक उपस्थित नहुने, समयमा काम नगर्ने, मेयरले दिएकाे जिम्मेवारी पुरा नगर्ने बिषयलाई लिएर मेयर सरावगीले केही दिन अगाडी तिवारी संगै स्पष्टिकरण साेध्नु भएकाे थियाे । साे स्पष्टिकरणकाे जवाफ दिनुकाे सट्टा उल्टै तिवारीले मेयर सरावगीलाई आफुले काम नगर्न धम्की दिए पछि ठिक छ काम गर्नु छैन भने राजनिमा दिदा हुन्छ मेयर सरावगीले भने पछि आज तिवारीले राजिनामा दिनु भएकाे हाे ।

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

बालमैत्री सिकाइ वातावरणका लागि पटेर्वा सुगाैलीमा ४ कोठे विद्यालय भवनको शिलान्यास

वीरगंज । पर्साको पटेर्वा सुगौली गाउँपालिका–४ स्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, पटेर्वामा निर्माण हुने ४ कोठे विद्यालय भवनको शिलान्यास गरिएको छ । दिव्य विकास...

जबरजस्ती करणीको आरोपमा वीरगंजका निखिल सिंह पक्राउ

वीरगंज । १३ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले वीरगंजका एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगंज महानगरपालिका–१३ राधेमाई निवासी अन्दाजी २८...

पर्सामा स्रोत नखुलेको भारतीय २ लाख भन्दा बढी रुपैयाँसहित दुई जना पक्राउ

वीरगंज । पर्सा प्रहरीले स्रोत नखुलेको प्रतिबन्धित भारतीय रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार आइतबार दिउँसो करिब ३:५० बजे...