Date
शनि, कार्तिक १, २०८३
Sat, October 17, 2026

नारायणी अस्पतालमा थप एक भेण्टिलेटर जडान गरिने

spot_img
spot_img

वीरगंज । वीरगंजको नारायणी अस्पतालमा थप एक भेण्टिलेटर राखिने भएको छ । अहिले एक वटा मात्रै भेण्टिलेटर रहेको अस्पतालमा थप अर्को एक वटा भेण्टिलेटर जडान गर्न लागिएको अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा.मदन उपाध्यायले बताउनुभयो ।

भोलीसम्ममा भेटिलेटर आइपुग्ने र त्यसपछि अस्पतालमा जडान गरिने उहाँले बताउनुभयो । अहिले विश्वभर फैलिरहेको कोभिड १९ अर्थात कोरोना फैलिहाले उपचार गराउन सहज होस भनेर अस्पतालमा भेण्टिलेटर तयारी अवस्थामा राख्न लागिएको पनि उहाँले बताउनुभयो ।

यस्तै अस्पतालमा २० शैयाको कोरोनाका संकास्पद विरामी राख्ने आइशोलेसन वार्ड बनेसँगै आइसीयू वार्ड भने सारिएको छ ।
अस्पतालको आकश्मिक कक्षको माथिल्लो तलामा रहेको आइसीयू वार्ड अब भने प्रसुति गृहको दोस्रो तलामा सारिएको मेसु उपाध्यायले बताउनुभयो ।

आइशोलेशन वार्डसँगै आइसीयू वार्ड राख्दा बढी जोखिम बढ्ने देखिएकाले अहिलेलाई आइसीयू वार्ड अर्को भवनमा सारिएको उहाँको भनाइ छ ।

यस्तै अहिलेसम्म अस्पतालले ६० जना शंकास्पद व्यक्तिको कोरोना परीक्षणका लागि नमुना संकलन गरेर पठाएको र पठाएका सबैको रिपोर्ट नेगेटिभ आएको पनि अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.उपाध्यायले बताउनुभयो ।

यस्तै आजै मात्रै ३३ जना शंकास्पद विरामीको कोरोना परीक्षणका लागि नमूना संकलन गरेर परीक्षणका लागि पठाइएको अस्पतालले जनाएको छ ।

निजी अस्पतालले सामान्य ज्वरो आएका बिरामीको पनि जाँच गर्न छाडेकाले नारायणी अस्पतालले फिबर क्लिनिक पनि सञ्चालन गरिरहेको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

आज तीन प्रदेशका हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना, तराईमा हुस्सु लाग्ने

काठमाडौँ । नेपाल मौसम विज्ञान विभागले आज देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ...

नवरात्रको सातौँ दिन आज फूलपाती भित्र्याइँदै, कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना गरिँदै

काठमाडौँ । नवरात्रको सातौँ दिन दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी सातौँ कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल...

वीरगंजमा मेडिकल एसोसिएसन र औषधि प्रतिनिधिद्वारा चाडपर्वको शुभकामना आदानप्रदान

वीरगंज । नेपाल मेडिकल एसोसिएसन नारायणी र नेपाल मेडिकल एण्ड सेल्स रिप्रेजेन्टेटिभ एसोसिएसन वीरगंज एकाइको संयुक्त आयोजनामा दसैँ, दीपावली तथा छठ पर्वको अवसरमा शुभकामना...