Date
आइत, भदौ २१, २०८३
Sun, September 6, 2026

छिपहरमाईले ३० किलाे चामल सहितकाे राहत बाँडदै

spot_img
spot_img

वीरगंज । पर्साकाे छिपहरमाई गाउँपालिकाले संघ सरकाले तयार गरेकाे मापदंण्ड अनुसार राहत बाँडन सुरु गरेकाे छ । गाउँपालिकाले आज वडा नं. ५ भिस्वामा चामल ३०किलो, दाल ३ किलो, आलु २ किलो, प्याज १ किलो, खाने तेल २ लिटर, नुन २ किलो, सोयाबीन २५० ग्राम र साबुन ४ थानका दरले राहत वितरण गरेकाे हाे ।

गाउँपालिकाबाट वडा कार्यालय मार्फत वडा अन्तर्गतका ३ सय ३१ गरिब घर परिवारलाई राहत बाँडिएकाे वडा सदस्य जवाहर साह कानुले वताउनु भयाे ।

प्रदेश सरकारबाट राहत वितरणकाे लागि प्राप्त अनुदान र गाउँपालिकाबाट संयुक्त रुपमा राहत बाँडन सुरु गरिएकाे प्रमुख प्रशासकिय अधिकृत देवनाथ साहले वताउनु भयाे । वडा नं. ५ बाट सुरु गरिएकाे राहत वितरण यंहि अनुसारकाे सबै वडामा वितरण गरिन अधिकृत साहले वताउनु भयाे ।

सर्बदलिय समितिकाे बैठककाे निर्णय अनुसार गरिब तथा विपन्न परिवारकाे घरदुरीहरु यकिन गरी राहत वितरण कार्य सुरु गरिएकाे साहले जानकारी गराउनु भयाे ।

बिश्वभरी महामारीकाे रुपमा फैलिएकाे काेराेना भाइरसा (काेभिड १९) संक्रमण राेकथाम र नियन्त्रणकाे लागि लकडाउनमा दैनिक मजदुरी, ज्यालादारी गरी जिविकाेपार्जन चलाउने समस्या भएका अति गरिब परिवारलाई यस अनुसारकाे राहत वितरणले थप भएकाे लकडाउन अवधीभर खान पुग्ने वताइएकाे छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

क्यासिनोबाट सखुवाप्रसौनी गाउँपालिका अध्यक्ष यादवसहित ८ जना पक्राउ

वीरगंज । पर्साको सखुवाप्रसौनी गाउँपालिकाका अध्यक्ष जसवन्त यादव सरकारी सवारीसाधन लिएर वीरगंजस्थित क्यासिनो पुगेको अवस्थामा पक्राउ परेका छन् । शनिबार राति पर्सा प्रहरीले सञ्चालन गरेको...

पर्सामा ११४ किलो गाँजासहित कार र चालक पक्राउ

वीरगंज । पर्साको पकहामैनपुर गाउँपालिका–१ बाट प्रहरीले ठूलो परिमाणमा लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ। शुक्रबार राति प्रहरी चौकी धोरे र इलाका प्रहरी कार्यालय...

एमाले वीरगंज महानगर कमिटीको अध्यक्षमा लियाकत अली

वीरगंज । नेकपा एमाले वीरगंज महानगर कमिटीको छैटौं पूर्ण बैठकले रिक्त रहेका विभिन्न पदमा नयाँ पदाधिकारी मनोनयन गरेको छ । वीरगंज महानगर कमिटीका कार्यबाहक अध्यक्ष...