Date
आइत, कार्तिक ९, २०८३
Sun, October 25, 2026

चोरीको मोटरसाइकलसहित रौतहटका २५ वर्षीय युवक भारतमा पक्राउ

spot_img
spot_img

वीरगंज । चोरी भएको मोटरसाइकल लिएर भारत पुगेका रौतहटका एक युवकलाई भारतीय प्रहरीले बिहारको मोतीहारी जिल्लाबाट पक्राउ गरेको छ।

पक्राउ पर्नेमा रौतहटको गुजरा नगरपालिका–बलुवा गाउँका २५ वर्षीय शेख कलीमुल्लाह रहेका छन्।

भारत–नेपाल सीमावर्ती क्षेत्रमा सवारीसाधन जाँच गर्ने क्रममा झरोखर थाना प्रहरीले शुक्रबार छितरौली गाउँनजिकबाट कलीमुल्लाहलाई नियन्त्रणमा लिएको हो।

भारतीय प्रहरीका अनुसार नियमित जाँचका क्रममा एचएचडी मेसिनमार्फत मोटरसाइकलको चेसिस नम्बर र दर्ता नम्बर परीक्षण गर्दा दुवै विवरणमा भिन्नता भेटिएको थियो। त्यसपछि प्रहरीले मोटरसाइकलको थप विवरण रेकर्डसँग मिलान गर्दा उक्त मोटरसाइकल चोरीसम्बन्धी घटनामा मुद्दा दर्ता भएको खुलेको थियो।

प्रहरीका अनुसार मुजफ्फरपुरको सदर थाना काण्ड नम्बर ७९१/२१ मा उक्त मोटरसाइकल चोरीसम्बन्धी मुद्दा दर्ता रहेको छ। सवारीसाधनको विवरण सत्यापन गर्दा मोटरसाइकल चोरीको भएको पुष्टि भएपछि कलीमुल्लाहलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

सीमावर्ती क्षेत्रमा चोरीका मोटरसाइकलको नम्बर तथा चेसिस परिवर्तन गरी नेपाल–भारत ओसारपसार हुने गरेको आशंकाबीच पछिल्लो पक्राउलाई प्रहरीले सीमा क्षेत्रमा बढाइएको निगरानीको परिणामका रूपमा लिएको छ।

यद्यपि, पक्राउ परेका कलीमुल्लाह मोटरसाइकल चोरीमा प्रत्यक्ष रूपमा संलग्न थिए वा थिएनन् तथा चोरीको मोटरसाइकल उनीसम्म कसरी पुगेको हो भन्ने विषयमा थप अनुसन्धान भइरहेको भारतीय प्रहरीले जनाएको छ।

पक्राउ परेका कलीमुल्लाहमाथि आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

रास्वपामा नातेदार र निकटताका आधारमा टिकट पाइँदैन : हरि पन्त

वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साका सभापति एवं प्रतिनिधिसभा सदस्य हरि पन्तले आगामी स्थानीय तह निर्वाचनमा पार्टीको विधि र प्रक्रियाअनुसार मात्रै उम्मेदवारलाई टिकट...

वीरगञ्जमा रक्तदान कार्यक्रम, चार महिलासहित २६ जनाले गरे रक्तदान

वीरगञ्ज । श्री बौधिमाई व्यवस्थापन संस्थाको आयोजनामा शनिबार वीरगञ्ज महानगरपालिका–१४, सानो पिपरामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा चार महिलासहित २६ जनाले रक्तदान गरेका...

जनमत पार्टी पर्साद्वारा चियापान तथा शुभकामना आदानप्रदान, नवनिर्वाचित केन्द्रीय नेतालाई सम्मान

वीरगञ्ज । जनमत पार्टी पर्साले बडादसैँ, दीपावली तथा छठ पर्वको अवसरमा चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा पार्टीको दोस्रो महाधिवेशनबाट निर्वाचित...