Date
बुध, भदौ ३१, २०८३
Wed, September 16, 2026

वीरगन्जमा कोरोना उपचार केन्द्र खोल्न मुख्यमन्त्रीलाई आग्रह

spot_img
spot_img

वीरगन्ज । विश्वव्यापी संक्रमणको रुपमा फैलिएको कारोना रोगको परिक्षण तथा उपचारको लागी वीरगन्जको एक टोलीले प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत गद्दीलाई गुहारेकाे छ ।

कारोना रोगको उच्च जोखिम तथा प्रदेश २ का ४ जिल्लाका रोगीहरुको ठुलो चापमा रहेको वीरगन्जको अस्पतालमा कारोना रोगको परिक्षण पिसिआर ल्याब, स्थास्थ्य कर्मिहरुको सुरक्षाका लागी पिपिई लगायतका सामग्री तथा छूटै कोभिड अस्पताल संचालन गर्न एक संघिय सांसद सहितकाे वीरगंजकाे टाेलीले मुख्यमन्त्री लालबाबु राउत गद्दीकाे ध्यानाकर्षण गराएकाे हाे ।

पर्सा क्षेत्र नम्बर १ का संघीय सांसद प्रदिप यादव, वीरगन्ज महानगरपालिकाका नगर प्रमुख बिजय कुमार सरावगी, नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन कुमार उपाध्याय र आकस्मीक बिभाग प्रमुख तथा नेपाल चिकित्सक संघका नारायणी शाखाका महासचिव डा. उदय नारायण सिंह लगायतको टोलीले कारोना रोगको संक्रमण नियन्त्रणको लागी वीरगन्जमा चलिरहेको तयारी र आवश्यकताको बारेमा मुख्यमन्त्रीलाई जानकारी गराउदै ध्यानाकर्षण गराएका हुन् ।

मुख्यमन्त्री गद्दीले वीरगन्ज प्रति आफु सम्बेदनशिल रहेको बताउदै कोराना रोगको संक्रमण नियन्त्रणको लागी पिसिआर मशिन सहितको परिक्षण ल्याब तथा रोगको उपचारको लागी कोभिड अस्पताल जनकपुर तथा वीरगन्जमा गरी दुइ ठाउँमा संचालन गरिने व्यवस्था भइरहेको बताउनु भएकाे वताइएकाे छ ।

मुख्यमन्त्री राउतले नारायणी अस्पतालका चिकित्सकहरुका लागी लगभग ४० थान पिपिई, मास्क र गल्पस लगायतका सामग्रीहरु सोमबार साझसम्म नारायणी अस्पतालका पुगी सकने र रोगको परिक्षण तथा उपचारको लागी पिसिआर सहितको ल्याब यथा सिघ्र संचालन गर्नुका साथै रोगको उपचारको लागी कोबिड अस्पताल वीरगन्जमा पनि अबिलम्ब संचालन गर्ने निर्णय भएको समेत वताउनु भएकाे समाचार स्राेतकाे दाबी छ ।

वीरगन्जबाट गएका जनप्रतिनिधी तथा स्वास्थ्य पदाधिकारीहरुले अर्थीक मामिला तथा योजना मन्त्री बिजय यादव, आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादवसंग समेत भेटी कारोना रोगको लागि विरगन्जको आवश्यकता बारे जानकारी गराउनुका साथै प्रदेश सरकारले गर्ने निर्णयहरुलाई अबिलम्ब कार्यान्वयन गर्न अनुरोध गरेको वताइएकाे छ ।

वीरगन्जको बारेमा मुख्यमन्त्री गद्दी सम्बेदनशिल रहेको र प्रदेश सरकारको विशेषज्ञहरुको टोली अबिलम्ब वीरगन्जमा पुगेर व्यवस्थापन कार्यलाई अगाडि बढाउने कुरामा जोड दिइएको सांसद यादवले बताउनु भयो ।

वीरगन्जको सबै आवश्यकताको बारेमा आफुहरुले मुख्यमन्त्री तथा प्रदेश सरकारका सम्बन्धीत मन्त्रीहरुको ध्यानाकर्षण गराएको बताउदै उँहाहरु कोरोना रोग संक्रमण नियन्त्रणका लागी जनकपुर तथा विरगन्जलाई प्राथमिकतामा राखेको बताउदै वीरगन्ज महानगरपालिकाका नगर प्रमुख बिजय कुमार सरावगीले प्रदेश सरकारले गरेको निर्णय अबिलम्ब कार्यान्वयन हुने आशा व्यक्त गर्नुभयो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

रामाकान्त चौरसियासहित रास्वपाका २४ सांसदले बुझाएनन् सम्पत्ति विवरण

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलले निर्धारित समयसीमाभित्र सम्पत्ति विवरण नबुझाउने आफ्ना २४ जना सांसदको नामावली सार्वजनिक गरेको छ । संसद् सचिवालयबाट पटक–पटक...

सप्तरीमा युवक घरबाटै अपहरण, आफन्तद्वारा प्रहरी चौकी घेराउ

सप्तरी । सप्तरीको बलान बिहुल गाउँपालिका–४ बेल्हीमा २४ वर्षीय अभिनन्द यादवलाई घरबाटै लगिएको भन्दै आफन्त तथा स्थानीयवासीले प्रहरी चौकी घेराउ गरेका छन्। परिवारका अनुसार सोमबार...

परवानीपुरमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु, मृतकको पहिचान खुल्यो

बारा । बाराको जितपुरसिमरा उपमहानगरपालिका–२३ भलुहीस्थित सागर आयल पेट्रोल पम्प नजिकै गएराति ट्रकको ठक्करबाट दुई जनाको मृत्यु भएको छ। वीरगञ्ज–पथलैया सडकखण्डमा ना.३ ख ५६१० नम्बरको...