Date
शुक्र, जेष्ठ २२, २०८३
Fri, June 5, 2026

राैनियारले बाँडे पाेखरियामा राहत

spot_img
spot_img

पोखरिया । पर्साको पोखरीया नगरपालिका वडा नं. ४ पाेखरिया र वडा नं. ५ सतवरियामा आज राहत वितरण गरिएकाे छ ।

वडा नं. ५ सतवरिया निवासी शुभ लक्ष्मी ईन्टरप्राईजेजका संचालक अजय प्रसाद रौनियारले दुबै वडा अन्तर्गतका ७२ गरिब घरदुरीलाई राहत बितरण गर्नु भएको हाे । राैनियारले प्रत्येक घरदुरीलाई ५ किलो चामल, १ किलो दाल, नुन एक पाकेट, तेल एक पाकेट, भुजा एक किलो, सर्फ १ किलो, कपडा धुने र नहाउने साबुन दुई/दुई पीसका दरले बितरण गरेका हुन्  ।

रौनियारको निजी निवासमा सतवरियाबाट पूर्व सांसद रामेश्वर रौनियार, वडा नम्बर ४ का वडाध्यक्ष लक्ष्मण साह कानु, ईलाका प्रहरी कार्यालय पोखरीयाका प्रहरी र संचारकर्मी शेैलेश गुप्ता लगायतकाले राहत बितरण गरेका थिए ।

बिश्वभरी महामारीकाे रुपमा फैलिएकाे काेराेना भाइरस संक्रमण राेकथामकाे लागि भएकाे लकडाउमा प्रभावित गरिब घर परिवारलाई राहत वितरण गरिएकाे राैनियारले वताउनु भयाे ।

spot_img
spot_img

ताजा अपडेट

कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

कोल्हवीमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, ३६६ जनाले पाए विशेषज्ञ सेवा

बारा । कोल्हवी नगरपालिकाको आयोजनामा तथा नेशनल मेडिकल कलेज, वीरगञ्जको क्लिनिकल सहयोगमा कोल्हवी प्राथमिक स्वास्थ्य केन्द्रमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । शिविरमा...

पर्सा–४ का उत्कृष्ट एसईई विद्यार्थीलाई नगद पुरस्कार र सम्मान

वीरगंज । माद्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ मा उत्कृष्ट नतिजा हासिल गरेका पर्सा निर्वाचन क्षेत्र नं. ४ अन्तर्गतका विद्यार्थीहरूलाई प्रतिनिधिसभा सदस्य टेक बहादुर शाक्यले...

ठगी मुद्दाका फरार अभियुक्त गिरधारी कुर्मी पक्राउ

वीरगंज । ठगी सम्बन्धी मुद्दामा फरार रहेका एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । नेपाल प्रहरी प्रदेश कार्यालय वीरगंजका अनुसार जिल्ला पर्सा वीरगंज महानगरपालिका–२४ निवासी...