Date
शुक्र, अशोज ९, २०८३
Fri, September 25, 2026

कनिकाको कोभीड–१९ को छैटौं रिपोर्ट नेगेटिभ

spot_img
spot_img

मार्च ९ मा बेलायतबाट फर्किएकी बलिउड गायिका कनिका कपुरलाई कोरोना संक्रमण भएको खबरसँग ठूलै हलचल मच्चियो । कनिकाले आफनो यात्राको बिषयमा जानकारी नदिएको भन्दै उनको आलोचना भएको थियो ।

उनै, कनिका अहिले लखनउको एक अस्पतालमा उपचार गराइरहेकी छिन् । कनिकाको पाँचौ रिपोर्ट पनि पोजेटिभ आएपछि उनका शुभचिन्तक र आफन्त डराएका थिए । तर, डाक्टरले डर मान्नुपर्ने अवस्था नभएको बताउँदै आएका थिए ।

तर, अब कनिकाको छैटौं रिपोर्ट भने नेगेटीभ आएको छ । योसँगै उनका आफन्त खुशी भएका छन् । तर, कनिकालाई अहिले नै डाक्टरले डिस्चार्ज भने दिने छैनन् । किनकी, कोरोना संक्रमित भएका मानिसको रिपोर्ट दुई पटकसम्म लगातार नेगेटीभ आउनुपर्छ ।

कनिकाको अब अर्को एक रिपोर्ट पनि नेगेटीभ आएपछि उनलाई डिस्चार्ज गरिनेछ । ४८ घन्टाको अर्को परिक्षण हुनेछ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

जीर्ण बन्दै वीरगंज–पोखरिया सडक, मर्मत नहुँदा बढ्यो दुर्घटनाको जोखिम

वीरगंज । पर्साको प्रमुख व्यापारिक तथा औद्योगिक मार्गका रूपमा रहेको वीरगञ्ज–पोखरिया सडकखण्ड लामो समयदेखि खाल्डाखुल्डीका कारण जीर्ण बन्दै गए पनि प्रभावकारी मर्मतसम्भार हुन सकेको...

एमाले केन्द्रीय कमिटीमा पूर्वमन्त्री प्रदीप यादवसहित २९ जना मनोनीत

काठमाडौं । नेकपा एमालेले पार्टीको केन्द्रीय कमिटीमा २९ जना सदस्य मनोनीत गरेको छ। ललितपुरको भनिमण्डपमा जारी केन्द्रीय कमिटी बैठकले पर्सा निर्वाचन क्षेत्र नम्बर १...

बारामा १२ वर्षीया बालिकालाई अपहरण गरी जबरजस्ती करणी गरेको मुद्दामा १८ वर्ष कैद सजाय पाएका अन्सारी पक्राउ

वीरगंज । बाराको कलैयामा १२ वर्षीया बालिकालाई अपहरण गरी करिब १० दिनसम्म बन्धक बनाएर पटक–पटक जबरजस्ती करणी गरेको कसुरमा १८ वर्ष कैद सजाय सुनाइएका...