Date
बुध, भदौ ३१, २०८३
Wed, September 16, 2026

वीरगंजमा पनि काेराेना परिक्षणकाे व्यवस्था मिलाउन माग

spot_img
spot_img

वीरगंज । वीरगंजमा पनि काेराेना परिक्षणकाे व्यवस्था मिलाउन राष्ट्रिय जनता पार्टी (राजपा) वीरगंज महानगर कमिटीले माग गरेकाे छ ।

राजपा वीरगंज महानगरका अध्यक्ष ओमप्रकाश सरार्फले आज एक प्रेस विज्ञप्ती जारी गर्दै नेपाल कै मुख्य प्रवेशद्वारको रुपमा परिचीत वीरगन्जमा काेराेना भाइरस संक्रमणको उच्च जोखिम रहेको भन्दै संघ र प्रदेश सरकारसंग वीरगन्जमा पिसिआर एवं दक्ष प्राबिधिक परिक्षणको सुबिधा तत्काल स्थापना गरि परिक्षणको ब्यवस्थापन गर्न जोडदार माग गर्नु भएकाे हाे ।

सरार्फद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तीमा वीरगन्ज मध्य तराईको केन्द्र हुनुको साथ साथै यस क्षेत्रको मेडिकल हबको रुपमा पनि रहेको छ । बारा ,पर्सा,रौतहट, सर्लाही लगायतका जिल्लाहरुबाट यहाँ अत्याधिक बिरामीहरुकाे चाप रहेको हुँदा यहाँ कोरोनो(कोविड-19) परिक्षणको ब्यवस्थापन नहुनु दुर्भाग्यपूर्ण रहेकाे उल्लेख छ ।

उहांले यसका साथै चिकित्सक, स्वास्थकर्मीहरुलाई सुरक्षा समाग्री र बिशेष सुबिधा उपलब्ध गराउन समेत माग गर्नु भएकाे छ । सरार्फले प्रेस विज्ञप्ती मार्फत दैनिकी ज्यालादारी गर्ने, अति बिपन्नलाई पहिचान गरि राहत उपलब्ध गराउन र आम जनताको लागी होम डिलेभरिको ब्यवस्थापन गर्न तथा खाद्यान्न समाग्री, तरकारी अत्यावश्यक बस्तु लगायतका ओसारपाेसारको सहज वातावरण मिलाउन पनि सरोकारवालालाई ध्यानाकर्षण गराउनु भएकाे छ ।

यस्तै सरार्फले महामारीको कारणले नेपाल पनि प्रभावित भएको छ, कोभिड-19 को लडाइमा नेपालमा बिगत१३ दिन देखी लकडाउन रहेको छ । यो महामारीको विरुद्धमा सबै पक्ष मिलिजुली लडनुको विकल्प छैन । सरसफाइ, सतर्कता, संयमता र भौतिक समाजिक दुरि कायम नै यो रोगबाट बच्ने उतम उपाय रहेकोले सबैलाई यो दायित्व पूरा गर्न अनुराेध समेत गर्नु भएकाे छ ।

यसका साथै सरार्फले किसानहरुको बालिको लागी चाहिने मल, बीउ बिजन, कृषी औषधिको सहज उपलब्धता तथा बाली भित्र्याउन डिजेल, इन्धन एवं खेतीपाती गर्ने सहज र निर्वाद ब्यवस्थापनको लागी माग गर्दछु प्रेस विज्ञप्तीमा लेख्नु भएकाे छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

रामाकान्त चौरसियासहित रास्वपाका २४ सांसदले बुझाएनन् सम्पत्ति विवरण

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलले निर्धारित समयसीमाभित्र सम्पत्ति विवरण नबुझाउने आफ्ना २४ जना सांसदको नामावली सार्वजनिक गरेको छ । संसद् सचिवालयबाट पटक–पटक...

सप्तरीमा युवक घरबाटै अपहरण, आफन्तद्वारा प्रहरी चौकी घेराउ

सप्तरी । सप्तरीको बलान बिहुल गाउँपालिका–४ बेल्हीमा २४ वर्षीय अभिनन्द यादवलाई घरबाटै लगिएको भन्दै आफन्त तथा स्थानीयवासीले प्रहरी चौकी घेराउ गरेका छन्। परिवारका अनुसार सोमबार...

परवानीपुरमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु, मृतकको पहिचान खुल्यो

बारा । बाराको जितपुरसिमरा उपमहानगरपालिका–२३ भलुहीस्थित सागर आयल पेट्रोल पम्प नजिकै गएराति ट्रकको ठक्करबाट दुई जनाको मृत्यु भएको छ। वीरगञ्ज–पथलैया सडकखण्डमा ना.३ ख ५६१० नम्बरको...