Date
बिहि, अशोज १, २०८३
Thu, September 17, 2026

बुहारीकाे हत्या अभियाेगमा सासू, ससूरा सहित ३ जना पक्राउ

spot_img
spot_img

वीरगंज । बुहारीको हत्या गरेको अभियोगमा सासू, ससूरा सहित ३ जनालाई प्रहरीले पक्राउ गरेकाे छ । पर्साको बहुदरमाई नगरपालिका वडा नम्बर ८ रामनगरी निवासी २५ वर्षीय उर्मीला देवी पण्डितको हत्या गरेकाे अभियोगमा तिन जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उर्मिलाका ससुरा ६० वर्षीय सुरेश पण्डित, सासु ५५ वर्षीया शिव कुमारी देवी र उनीहरुकी कान्छी बुहारी २३ वर्षीया मालती देवीलाई घटना बारे अनुसन्धान गर्न नियन्त्रण लिइएकाे इलाका प्रहरी कार्यालय पाेखरियाका प्रहरी निरिक्षक चन्द्र कुमार सिंहले वताउनु भयाे ।

आफ्नै बुहारीकाे ज्यान मारी जलाएकाे सुचनाकाे अधारमा अनुसन्धान गर्न तिनै जनालाई आज विहान नियन्त्रणमा लिइएकाे प्रहरी निरिक्षक सिंहले वताउनु भयाे । मृतक उर्मिलाकाे आंशिक शव समेत बरामद भएकाे प्रहरीले जनाएकाे छ ।

उर्मिलाकाे माइती बाराकाे चिलझप्टी हाे भने उनकाे श्रीमान बैदेशिक राेजगारकाे शिलसिलामा साउदी अर्बमा छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

वीरगंजको मुख्य सडक केबलरहित बनाइँदै, विद्युत् र टेलिकमसहितका संरचना भूमिगत गरिने

वीरगंज । विस्तारको क्रममा रहेको वीरगंजको मुख्य सडकलाई केबलरहित बनाउँदै विद्युत्, खानेपानी, टेलिकम तथा अन्य आवश्यक सेवाका संरचना भूमिगत गर्न पहल गरिने भएको छ...

वीरगंजमा बेवारिसे भारतिय कारबाट ४ थान पेस्तोल र ६ राउन्ड गोली बरामद

वीरगंज । पर्साको वीरगंज महानगरपालिका–१५ बास्तूबिहार चोकबाट सशस्त्र प्रहरीले बेवारिसे अवस्थामा रहेको कारबाट ४ थान पेस्तोल र ६ थान गोली बरामद गरेको छ । सशस्त्र...

एसियाली खेलकुद भलिबलः नेपाल आज इन्डोनेसियाविरुद्ध भिड्दै

काठमाडौँ । जापानमा जारी २०औँ संस्करणको एसियाली खेलकुदमा नेपाली राष्ट्रिय महिला भलिबल टोलीले आज इन्डोनेसियाविरुद्ध खेल्दैछ । नेपाल र इन्डोनेसियाबीचको खेल अपराह्न ४:०० देखि कोमाकीस्थित पार्क...