Date
आइत, भदौ २१, २०८३
Sun, September 6, 2026

बैरिया बिर्तामा पनि युवाहरुले बाँडे खाद्यान्न सामग्री

spot_img
spot_img

वीरगंज । पर्साकाे बहुदरमाई नगरपालिका वडा नं २ बैरिया बिर्ता दापुमा युवाहरुको खादयान्न सामग्री वितरण गरेका छन् । स्थानिय युवाहरुकाे एक समुहले अति विपन्न, गरिब, एकल महिला, अपाङ्गहरुलाई राहत सामग्री वितरण गरेका हाे ।

प्रति घरदुरी १० किलो चामल, १ प्याकेट नुन, १ किलो दाल, २ किलो आलु , नुहाउने साबुन, कपडा धुने साबुन लगायतका समानहरु २५ घर परिवारलाई वितरण गरिएकाे रफिक हवारीले वताए । विश्वभरी महामारीको रुपमा फैलिएकाे कोरोना भाईरस संक्रमण राेकथामकाे लागि भएकाे लकडाउनलाई मध्यनजर गर्दै अति गरिब परिवारकाे राहत स्वरुप खाद्यान्न सामग्री वितरण गरिएको उनले वताए ।

लामाे लकडाउनले अति गरिब, विपन्न र ज्याला मजदुरी गरी जिविकाेपार्जन चलाउने परिवारलाई हुन सक्ने समस्यालाई मध्यनजगर गरी स्थानिय युवाहरुकाे सक्रियतामा सके जति खाद्यान्न सामग्री वितरण गरिएकाे उनले जानकारी गराए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

पर्सामा ११४ किलो गाँजासहित कार र चालक पक्राउ

वीरगंज । पर्साको पकहामैनपुर गाउँपालिका–१ बाट प्रहरीले ठूलो परिमाणमा लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ। शुक्रबार राति प्रहरी चौकी धोरे र इलाका प्रहरी कार्यालय...

एमाले वीरगंज महानगर कमिटीको अध्यक्षमा लियाकत अली

वीरगंज । नेकपा एमाले वीरगंज महानगर कमिटीको छैटौं पूर्ण बैठकले रिक्त रहेका विभिन्न पदमा नयाँ पदाधिकारी मनोनयन गरेको छ । वीरगंज महानगर कमिटीका कार्यबाहक अध्यक्ष...

बाढीले पुरेको घरबाट ११ दिनपछि ६४ वर्षीया महिलाको जीवित उद्धार

काठमाडौँ । एघार दिनअघि रसुवाको भोटेकोशी नदीमा आएको बाढीले नुवाकोटको विदुर नगरपालिका–१० बेत्रावती बजारका अधिकांश घर पु¥यो । कतिपय बाढीमा बगे भने कति घरभित्रै...