12 April 2025
KALIKATIMES.COM

बैरिया बिर्तामा पनि युवाहरुले बाँडे खाद्यान्न सामग्री

वीरगंज । पर्साकाे बहुदरमाई नगरपालिका वडा नं २ बैरिया बिर्ता दापुमा युवाहरुको खादयान्न सामग्री वितरण गरेका छन् । स्थानिय युवाहरुकाे एक समुहले अति विपन्न, गरिब, एकल महिला, अपाङ्गहरुलाई राहत सामग्री वितरण गरेका हाे ।

प्रति घरदुरी १० किलो चामल, १ प्याकेट नुन, १ किलो दाल, २ किलो आलु , नुहाउने साबुन, कपडा धुने साबुन लगायतका समानहरु २५ घर परिवारलाई वितरण गरिएकाे रफिक हवारीले वताए । विश्वभरी महामारीको रुपमा फैलिएकाे कोरोना भाईरस संक्रमण राेकथामकाे लागि भएकाे लकडाउनलाई मध्यनजर गर्दै अति गरिब परिवारकाे राहत स्वरुप खाद्यान्न सामग्री वितरण गरिएको उनले वताए ।

लामाे लकडाउनले अति गरिब, विपन्न र ज्याला मजदुरी गरी जिविकाेपार्जन चलाउने परिवारलाई हुन सक्ने समस्यालाई मध्यनजगर गरी स्थानिय युवाहरुकाे सक्रियतामा सके जति खाद्यान्न सामग्री वितरण गरिएकाे उनले जानकारी गराए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

पहिचान खोज्दै मुक्त हरवाचरवा

कालिका टाईम्स

नयाँ वर्ष साँझ विथ दिपक वज्रचार्य एण्ड द रिदम बैण्ड कार्यक्रम स्थगित

कालिका टाईम्स

अझै पनि परम्परागत ढक तथा तराजुकाे प्रयोग, घाटा व्यहोर्नु परेको गुनासो

कालिका टाईम्स
SQL requests:214. Generation time:7.627 sec. Memory consumption:82.49 mb