Date
बिहि, असार ११, २०८३
Thu, June 25, 2026

कोरोना संक्रमित कनिकाको स्वास्थ्यमा सुधार

spot_img
spot_img

कोरोना संक्रमित बलिउड गायिका कनिका कपुरको स्वास्थ्यमा सुधार आएको छ । दुई सातादेखि लखनऊको संजय गान्धी पिजिआई अस्पतालमा उपचाररत कनिकाको स्वास्थ्यमा सुधार आएको हो ।

हालसम्म कनिकाको ५ वटा टेष्ट भएको थियो । जसमा ५ वटा नै टेष्ट कोरोना पोजेटिभ देखिएको थियो । अब भने उनको शरीरमा कोरोना संक्रमण नदेखिएको कनिकाको परिवारले बताएका छन् । चिकित्सकहरु पनि अब कनिकाको अवस्था सामान्य भइसकेको बताउँछन् ।

कनिका र उनको परिवार छैटौं रिपोर्टको पर्खाईमा छन् । यदि छैटौं रिपोर्टमा कोरोना संक्रमण नदेखिए कनिका आफ्नो घर फर्कन सक्नेछिन् ।

कनिकालाई कोरोना संक्रमण देखिएपछि एक किसिमको तरंग नै पैदा भएको थियो । लखनऊको एक भव्य होटलमा पार्टी दिएकी कनिकालाई कोरोना देखिएपछि उनले अन्य व्यक्तिमा पनि कोरोना सारेको हुन सक्ने अनुमान गरिएको थियो । तर, उनको सम्पर्कमा आएका कसैलाई पनि कोरोना पोजेटिभ देखिएको छैन ।

spot_img
spot_img

ताजा अपडेट

कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

आईटी आर्मीको केन्द्रीय कमिटी पुनर्गठन, अध्यक्षमा नरेश तुराहा

काठमाडौं । आम जनता पार्टी (आजपा) निकटको आईटी आर्मीको केन्द्रीय कमिटी पुनर्गठन गरिएको छ । नरेश तुराहाको अध्यक्षतामा १०५ सदस्यीय केन्द्रीय कमिटी पुनर्गठन गरिएको...

मोहरममा हातहतियार र भाँठा प्रदर्शन निषेध, डिजे बजाउन पनि रोक

वीरगंज । मुस्लिम धर्मावलम्बीहरूको पर्व दाहा (मोहरम/ताजिया) लाई शान्तिपूर्ण, मर्यादित र सौहार्दपूर्ण वातावरणमा सम्पन्न गराउन पर्सा प्रशासनले विभिन्न निर्णयहरू गरेको छ । मोहरमका अवसरमा...

वीरगंज महानगरको ४ अर्ब ४२ करोडको बजेट सार्वजनिक

वीरगंज । वीरगंज महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ४ अर्ब ४२ करोड ३४ लाख ६९ हजार रुपैयाँको अनुमानित बजेट सार्वजनिक गरेको छ...