12 April 2025
KALIKATIMES.COM

प्रहरीले थप ९ जमातीहरुलाई नियन्त्रणमा लिएर कलैयाकाे क्वारेन्टाइनमा पठायाे

वीरगंज । बाराको फेटा गाउँपालिकाकाे वडा नं. ५ जोतपुर गमरियाबाट ९ जना मुस्लिम समुदायका (जमाती) हरुलाई प्रहरीले    नियन्त्रणमा लिएको छ ।

इलाका प्रहरी कार्यालय प्रसाैनीले भारतबाट नेपाल प्रबेश गरी लुकीछिपी बस्दै आएकाे ९ जना जमातीहरु नियन्त्रणमा लिएकाे हाे । लकडाउनमा भारतबाट खुल्ला सिमा नाका भएर लुकीछिपी प्रबेश गरेका जमातीहरुलाई नियन्त्रणमा लिएर कलैयाकाे क्वारेन्टाइनमा पठाइएकाे प्रहरीले जनाएकाे छ ।

प्रहरीले सप्तरीकाे महादेवा गाउँपालिका वडा नं. ४ बस्ने अन्दाजी ५५ वर्षीय महम्मद जिवरेल, २९ वर्षीय रोजिद शेष, सोही जिल्लाको कञ्जनपुर नगरपालिका वडा नं. ९ बस्ने ६४ वर्षको सफिद मियाँ, ५२ वर्षको तजबुल मियाँ, ६४ वर्षीय मोहम्मद सफिज रहमान, ४८ वर्षका मोहम्मद वकिल मियाँ, १८ वर्षको मोहम्मद खुर्सेद, ४८ वर्षीय मोहम्मद जाकिर तथा ६३ वर्षीय मोहम्मद इसराइज मियाँलाई नियन्त्रणमा लिएर क्वारेन्टाइनमा पठाएकाे हाे ।

प्रहरी नियन्त्रणमा परेका जमातीहरु लकडाउनमा भारतबाट आफुहरु आएकाे वताए पनि दिल्ली स्थित आयोजित मुस्लिम समुदायको धार्मिक सभामा सहभागी नभएकाे वताएका छन् ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

पहिचान खोज्दै मुक्त हरवाचरवा

कालिका टाईम्स

नयाँ वर्ष साँझ विथ दिपक वज्रचार्य एण्ड द रिदम बैण्ड कार्यक्रम स्थगित

कालिका टाईम्स

अझै पनि परम्परागत ढक तथा तराजुकाे प्रयोग, घाटा व्यहोर्नु परेको गुनासो

कालिका टाईम्स
SQL requests:214. Generation time:5.008 sec. Memory consumption:82.49 mb