Date
आइत, भदौ २१, २०८३
Sun, September 6, 2026

पर्साकाे ग्रामिण भेगकाे ५ पालिकाकाे क्वारेन्टाइनमा २६ जना

spot_img
spot_img

वीरगंज । पर्साकाे कालिकामाई गाउँपालिकाले पनि क्वारेन्टाईन निर्माण गरेकाे छ । गाउँपालिकाले वडा नं. ३ हरिहरपुर स्थित श्री ने.रा.प्रा.वि. हरिहरपुरमा बनाएकाे क्वारेन्टाइनमा २ जनालाई राखिएकाे प्रमुख प्रशासकिय अधिकृत राजु साहले वताउनु भयाे ।

केही दिन पहिला मात्र भारतबाट आएका हरिहरपुरका २ जनालाई क्वारेन्टाइनमा राखिएकाे प्रशासकिय अधिकृत साहले जानकारी गराउनु भयाे । साहका अनुसार गाउँपालिकाले हाल ८ बेडकाे क्वारेन्टाइन तयार गरेकाे छ ।

छिपहरमाई गाउँपालिकाकाे क्वारेन्टाइन निर्माण भएकाे श्री मंगल मावि । तस्बिर : कालिका टाईम्स

यस्तै छिपहरमाई गाउँपालिकाले निर्माण गरेकाे क्वारेन्टाइनमा ९ जनालाई राखिएकाे छ । छिपहरमाई गाउँपालिकाकाे भिस्वामा रहेकाे क्वारेन्टाइनमा पहिला देखी ६ जना रहेकाे र आज नयाँ ३ जनालाई राखिएकाे इलाका प्रहरी कार्यालय पाेखरियाका प्रहरी निरिक्षक चन्द्र कुमार सिंहले वताउनु भयाे ।

गाउँपालिकाले वडा नं. ५ भिस्वा स्थित श्री मंगल माध्यमिक विद्यालयमा निर्माण गरेकाे गरेकाे १५ बेडकाे क्वारेन्टाइनमा सबैजनालाई राखिएकाे स्वास्थ्य संयाेजक शम्भु गुप्ताले वताउनु भयाे ।

यस्तै पकहा मैनपुर गाउँपालिकाकाे क्वारेन्टाइनमा ५ जना रहेका छन् । गाउँपालिकाले निर्माण गरेकाे ९ बेडकाे क्वारेन्टाइनमा पहिला देखी ४ जना थिए र बिहिबार राती ११ बजे धाेबिया टाेलाकाे एक जनालाई ल्याई राखिएकाे गाउँपालिका अध्यक्ष बिजय चाैरसियाले वताउनु भयाे ।

यस्तै पाेखरिया नगरपालिकाकाे क्वारेन्टाइनमा ७ जना रहेका छन् । नगरपालिकाले श्री जिल्ला उच्चांगल रामदेव कलवार माध्यमिक विद्यालयमा तयार गरेकाे क्वारेन्टाइनमा पहिला देखी नै ६ जना रहेकाे र आज एक जनालाई थप राखिएकाे नगर प्रमुख दिपनारायण राैनियारले वताउनु भयाे ।

यस्तै पर्सागढी नगरपालिकाकाे क्वारेन्टाइनमा ३ जना रहेका छन् । नगरपालिकाले वडा नं. ८ हरपुरमा ५ बेड र वडा नं. ६ बागेश्वरी तित्रवनामा ५ बेड गरी १० बेडकाे क्वारेन्टाइन निर्माण गरेकाे नगरपालिकाका विपत व्यावस्थापक प्रमुख उमेश प्रसाद साहले वताउनु भयाे ।

हरपुर स्थित श्री नेरा अधाभुत विद्यालयमा निर्माण भएकाे क्वारेन्टाइनमा ३ जनालाई र हाेम क्वारेन्टाइनमा २ जनालाई राखिएकाे  प्रमुख साहले वताउनु भयाे ।

सखुवा प्रसाैनी गाउँपालिकामा तयार गरिएकाे क्वारेन्टाइन । तस्बिर : साैजन्य

यता पर्साकाे सखुवा प्रसाैनी गाउँपालिकाले पनि क्वारेन्टाइन निर्माण गरेकाे छ । श्री दिपनारायण मावि औंराहा पांचगावामा गाउँपालिकाले निर्माण गर्न लागेकाे २० बेडकाे क्वारेन्टाइन मध्ये ९ बेडकाे तयार भइसकेकाे गाउँपालिका स्वास्थ्य संयाेजक राजेश राैनियारले वताउनु भयाे ।

बिश्वभरी महामारीकाे रुपमा फैलिएकाे काेराेना भाइरस संक्रमणबाट बाच्न अन्य मूलकबाट आएका नेपाली नागरिकहरुलाई १४ दिन सम्म क्वारेन्टाइनमा राख्नकाे लागि निर्माण गरिएकाे हाे । सम्बन्धित स्थानिय तहहरुबाट खाना, नास्ता लगायतका व्यवस्था सहितकाे क्वारेन्टाइन तयार गरिएकाे छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ सिनियरतर्फ पाँच विद्यालय फाइनलमा

वीरगंज । प्याब्सन वीरगंजकाे आयोजनामा सञ्चालन भइरहेको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ अन्तर्गत सिनियरतर्फको फाइनलमा पाँच विद्यालय प्रवेश गरेका छन् । क्वालिफिकेशन राउन्डबाट...

शिवम् लेयर्सको फोहोरले गाउँमा फैलियो दुर्गन्ध, स्थानीयलाई चरम सास्ती

वीरगंज । पर्साको पटेर्वासुगौली गाउँपालिका–२ मा सञ्चालित शिवम् लेयर्स फार्मबाट निस्कने जैविक फोहोर तथा फोहोर पानीका कारण गादी खोला प्रदूषित बनेको स्थानीयले गुनासो गरेका...

बाराको पचरौतामा १५१ किलो गाँजा बरामद, तस्कर फरार

बारा । बाराको पचरौता नगरपालिका–७ स्थित बेनौली चोक नजिकैबाट प्रहरीले १५१ किलो गाँजा बरामद गरेको छ। शनिबार राति बेनौली चोकबाट करिब ३०० मिटर पूर्वतर्फ...