Date
बिहि, कार्तिक ६, २०८३
Thu, October 22, 2026

पर्साकाे ग्रामिण भेगकाे ५ पालिकाकाे क्वारेन्टाइनमा २६ जना

spot_img
spot_img

वीरगंज । पर्साकाे कालिकामाई गाउँपालिकाले पनि क्वारेन्टाईन निर्माण गरेकाे छ । गाउँपालिकाले वडा नं. ३ हरिहरपुर स्थित श्री ने.रा.प्रा.वि. हरिहरपुरमा बनाएकाे क्वारेन्टाइनमा २ जनालाई राखिएकाे प्रमुख प्रशासकिय अधिकृत राजु साहले वताउनु भयाे ।

केही दिन पहिला मात्र भारतबाट आएका हरिहरपुरका २ जनालाई क्वारेन्टाइनमा राखिएकाे प्रशासकिय अधिकृत साहले जानकारी गराउनु भयाे । साहका अनुसार गाउँपालिकाले हाल ८ बेडकाे क्वारेन्टाइन तयार गरेकाे छ ।

छिपहरमाई गाउँपालिकाकाे क्वारेन्टाइन निर्माण भएकाे श्री मंगल मावि । तस्बिर : कालिका टाईम्स

यस्तै छिपहरमाई गाउँपालिकाले निर्माण गरेकाे क्वारेन्टाइनमा ९ जनालाई राखिएकाे छ । छिपहरमाई गाउँपालिकाकाे भिस्वामा रहेकाे क्वारेन्टाइनमा पहिला देखी ६ जना रहेकाे र आज नयाँ ३ जनालाई राखिएकाे इलाका प्रहरी कार्यालय पाेखरियाका प्रहरी निरिक्षक चन्द्र कुमार सिंहले वताउनु भयाे ।

गाउँपालिकाले वडा नं. ५ भिस्वा स्थित श्री मंगल माध्यमिक विद्यालयमा निर्माण गरेकाे गरेकाे १५ बेडकाे क्वारेन्टाइनमा सबैजनालाई राखिएकाे स्वास्थ्य संयाेजक शम्भु गुप्ताले वताउनु भयाे ।

यस्तै पकहा मैनपुर गाउँपालिकाकाे क्वारेन्टाइनमा ५ जना रहेका छन् । गाउँपालिकाले निर्माण गरेकाे ९ बेडकाे क्वारेन्टाइनमा पहिला देखी ४ जना थिए र बिहिबार राती ११ बजे धाेबिया टाेलाकाे एक जनालाई ल्याई राखिएकाे गाउँपालिका अध्यक्ष बिजय चाैरसियाले वताउनु भयाे ।

यस्तै पाेखरिया नगरपालिकाकाे क्वारेन्टाइनमा ७ जना रहेका छन् । नगरपालिकाले श्री जिल्ला उच्चांगल रामदेव कलवार माध्यमिक विद्यालयमा तयार गरेकाे क्वारेन्टाइनमा पहिला देखी नै ६ जना रहेकाे र आज एक जनालाई थप राखिएकाे नगर प्रमुख दिपनारायण राैनियारले वताउनु भयाे ।

यस्तै पर्सागढी नगरपालिकाकाे क्वारेन्टाइनमा ३ जना रहेका छन् । नगरपालिकाले वडा नं. ८ हरपुरमा ५ बेड र वडा नं. ६ बागेश्वरी तित्रवनामा ५ बेड गरी १० बेडकाे क्वारेन्टाइन निर्माण गरेकाे नगरपालिकाका विपत व्यावस्थापक प्रमुख उमेश प्रसाद साहले वताउनु भयाे ।

हरपुर स्थित श्री नेरा अधाभुत विद्यालयमा निर्माण भएकाे क्वारेन्टाइनमा ३ जनालाई र हाेम क्वारेन्टाइनमा २ जनालाई राखिएकाे  प्रमुख साहले वताउनु भयाे ।

सखुवा प्रसाैनी गाउँपालिकामा तयार गरिएकाे क्वारेन्टाइन । तस्बिर : साैजन्य

यता पर्साकाे सखुवा प्रसाैनी गाउँपालिकाले पनि क्वारेन्टाइन निर्माण गरेकाे छ । श्री दिपनारायण मावि औंराहा पांचगावामा गाउँपालिकाले निर्माण गर्न लागेकाे २० बेडकाे क्वारेन्टाइन मध्ये ९ बेडकाे तयार भइसकेकाे गाउँपालिका स्वास्थ्य संयाेजक राजेश राैनियारले वताउनु भयाे ।

बिश्वभरी महामारीकाे रुपमा फैलिएकाे काेराेना भाइरस संक्रमणबाट बाच्न अन्य मूलकबाट आएका नेपाली नागरिकहरुलाई १४ दिन सम्म क्वारेन्टाइनमा राख्नकाे लागि निर्माण गरिएकाे हाे । सम्बन्धित स्थानिय तहहरुबाट खाना, नास्ता लगायतका व्यवस्था सहितकाे क्वारेन्टाइन तयार गरिएकाे छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

विजयादशमीको टीका लगाउने उत्तम साइत बिहान १०:२६ बजे

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष टीका...

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...