Date
सोम, भदौ २२, २०८३
Mon, September 7, 2026

पाेखरियामा युवाहरु र बहुदरमाईमा अधिवक्ता साहले बाँडे राहत

spot_img
spot_img

पाेखरिया । पर्साकाे पाेखरिया नगरपालिकाकाे वडा नं. ९ बैरियामा आज राहत वितरण गरिएकाे छ । स्थानिय २५ जना युवाद्वारा संकलित चामल, दाल, आलु, नुन लगायतका सामग्री राहत सवरुप वितरण गरिएकाे हाे ।

स्थानिय युवा अफताब आलम, नवसाद आलम, धर्मेन्द्र पटेल, रामाधान मुखिया, मंजुर आलम, धर्मेन्द्र मिश्रा, गवर पटेल, प्रकाश मिश्रा लगायतका युवाहरुले खाद्यान्न सामग्री संकलन गरि वितरण गरेका हुन् । ४० घरदुरीलाई प्रति घर चामल १५ किलाे, आलु ३ किलाे, दाल १ किलाे, नुन १ किलाेका दरले वितरण गरिएकाे स्थानिय युवा अफताब आलमले वताए ।

बिश्वभरी महामारीकाे रुपमा फैलिएका काेराेना भाइरस संक्रमण राेकथामकाे लागि सरकारले गरेकाे लकडाउनमा भाेकै बस्ने अवस्था भएका घरदुरीलाई खाद्यानन्न सामग्री वितरण गरिएकाे आलमले वताए । यस्तै लकडाउनमा बढेकाे मंहगीलाई मध्यनजर गर्दै युवाहरुले सहुलियत दरमा रु ३५ किलाे आलु र रु ४५ किलाे पियाज बिक्री समेत गर्दै आएका छन् ।

यस्तै पर्सा कै बहुदरमाई नगरपालिकाकाे वडा नं. २ मा पनि खाद्यान्न सामाग्री बितरण गरिएकाे छ । स्थानिय अधिवक्ता प्रमोद साहले निजि खर्चमा ७२ घरपरिवारहरुका लागि राहत सवरुप खादयान्न सामग्री वितरण गरेका हुन् ।

लकडाउनको बेला खाना खान पनि समस्या भएकाे गरिब, अति बिपन्न, दैनिक ज्यालादारी गरि खाने ७२ घरपरिवारहरुका लागि खाद्यान्न सामाग्री बितरण गरिएकाे अधिवक्ता साहले वताए । प्रति घरदुरीलाई चामल १० केजि, दाल १ केजि, आलु १ केजि, आयोनुन १ केजि, तेल १ केजीका दरले बितरण गरीएकाे उच्च बार एशाेसिएसन वीरगंजका अध्यक्ष समेत रहेका अधिवक्ता साहले जानकारी गराए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

नेशनल मेडिकल कलेजमा ६८ जनाद्वारा रक्तदान

वीरगंज । रसुवाका बाढीपीडित तथा प्रभावित नागरिकहरूको उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले वीरगंजस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा आयोजित रक्तदान कार्यक्रममा ६८ जनाले रक्तदान...

जिराभवानी गाउँपालिकाले बाढीपीडितका लागि ५ लाख ५५ हजार सहयोग गर्ने

सेढवा । पर्साकाे जिराभवानी गाउँपालिकाले बाढीपहिरो प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्निर्माणका लागि आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । गाउँपालिकाले विपद् व्यवस्थापन कोषबाट...

‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ सिनियरतर्फ पाँच विद्यालय फाइनलमा

वीरगंज । प्याब्सन वीरगंजकाे आयोजनामा सञ्चालन भइरहेको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ अन्तर्गत सिनियरतर्फको फाइनलमा पाँच विद्यालय प्रवेश गरेका छन् । क्वालिफिकेशन राउन्डबाट...