12 April 2025
KALIKATIMES.COM

पाेखरियामा युवाहरु र बहुदरमाईमा अधिवक्ता साहले बाँडे राहत

पाेखरिया । पर्साकाे पाेखरिया नगरपालिकाकाे वडा नं. ९ बैरियामा आज राहत वितरण गरिएकाे छ । स्थानिय २५ जना युवाद्वारा संकलित चामल, दाल, आलु, नुन लगायतका सामग्री राहत सवरुप वितरण गरिएकाे हाे ।

स्थानिय युवा अफताब आलम, नवसाद आलम, धर्मेन्द्र पटेल, रामाधान मुखिया, मंजुर आलम, धर्मेन्द्र मिश्रा, गवर पटेल, प्रकाश मिश्रा लगायतका युवाहरुले खाद्यान्न सामग्री संकलन गरि वितरण गरेका हुन् । ४० घरदुरीलाई प्रति घर चामल १५ किलाे, आलु ३ किलाे, दाल १ किलाे, नुन १ किलाेका दरले वितरण गरिएकाे स्थानिय युवा अफताब आलमले वताए ।

बिश्वभरी महामारीकाे रुपमा फैलिएका काेराेना भाइरस संक्रमण राेकथामकाे लागि सरकारले गरेकाे लकडाउनमा भाेकै बस्ने अवस्था भएका घरदुरीलाई खाद्यानन्न सामग्री वितरण गरिएकाे आलमले वताए । यस्तै लकडाउनमा बढेकाे मंहगीलाई मध्यनजर गर्दै युवाहरुले सहुलियत दरमा रु ३५ किलाे आलु र रु ४५ किलाे पियाज बिक्री समेत गर्दै आएका छन् ।

यस्तै पर्सा कै बहुदरमाई नगरपालिकाकाे वडा नं. २ मा पनि खाद्यान्न सामाग्री बितरण गरिएकाे छ । स्थानिय अधिवक्ता प्रमोद साहले निजि खर्चमा ७२ घरपरिवारहरुका लागि राहत सवरुप खादयान्न सामग्री वितरण गरेका हुन् ।

लकडाउनको बेला खाना खान पनि समस्या भएकाे गरिब, अति बिपन्न, दैनिक ज्यालादारी गरि खाने ७२ घरपरिवारहरुका लागि खाद्यान्न सामाग्री बितरण गरिएकाे अधिवक्ता साहले वताए । प्रति घरदुरीलाई चामल १० केजि, दाल १ केजि, आलु १ केजि, आयोनुन १ केजि, तेल १ केजीका दरले बितरण गरीएकाे उच्च बार एशाेसिएसन वीरगंजका अध्यक्ष समेत रहेका अधिवक्ता साहले जानकारी गराए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

पहिचान खोज्दै मुक्त हरवाचरवा

कालिका टाईम्स

नयाँ वर्ष साँझ विथ दिपक वज्रचार्य एण्ड द रिदम बैण्ड कार्यक्रम स्थगित

कालिका टाईम्स

अझै पनि परम्परागत ढक तथा तराजुकाे प्रयोग, घाटा व्यहोर्नु परेको गुनासो

कालिका टाईम्स
SQL requests:214. Generation time:4.866 sec. Memory consumption:82.5 mb