12 April 2025
KALIKATIMES.COM

वडाध्यक्ष भख्डद्वारा वडाका विपन्न परिवारलाई खाद्यान्न वितरण

वीरगंज । वीरगंज महानगरपालिकाकाे वडा न‌ं. ७ मा खाद्यान्न सामाग्री बितरण कार्य सुरु भएको छ । विश्वभरी महामारीकाे रुपमा फैइलदै गएकाे कोरोना भाइरस संक्रमण रोकथामका लागि नेपाल सरकारले गरेकाे लक डाउनमा कारण प्रभावित अति गरिब परिवारलाई वडाध्यक्ष वसन्त भख्डले खाद्यान्न सामग्री वितरण सुरु गरेका हुन् ।

वडाध्यक्ष भख्डले आफ्नाे ब्यक्तिगत तर्फबाट वडामा रहेका गरिब बिपन्न, एकल महिला, मज्दुर, दैनिक ज्यालामा काम गर्ने तथा असहाय घरपरिवारलाई राहत वितरण कार्य सुरु गरेकाे पूर्व सचिव सतिस श्रीवास्तवले वताए ।

वडा अन्तर्गतका करिब ७५ घर परिवारलाई १० के.जि चामल र १ के.जि. दालका दरले घर घरमा पुगि वडाध्यक्ष भख्डले वितरण गरेकाे श्रीवास्तवले जानकारी गराए । वडामा रहेका करिब सबै बिपन्न घरमा खाद्यान्न उपलब्ध गराउने योजना रहेको र यो बितरण कार्य निरन्तर जारी रहने वडाध्यक्ष भख्डले वताए  ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

पहिचान खोज्दै मुक्त हरवाचरवा

कालिका टाईम्स

नयाँ वर्ष साँझ विथ दिपक वज्रचार्य एण्ड द रिदम बैण्ड कार्यक्रम स्थगित

कालिका टाईम्स

अझै पनि परम्परागत ढक तथा तराजुकाे प्रयोग, घाटा व्यहोर्नु परेको गुनासो

कालिका टाईम्स
SQL requests:214. Generation time:7.568 sec. Memory consumption:82.49 mb