Date
बुध, भदौ ३, २०८३
Wed, August 19, 2026

काेराेना कहर : क्यान्सर बिरामीलाई पनि भर्ना गरेन अस्पताल

spot_img
spot_img

दिपक चौरसिया /बारा, १८ चैत । भरतपुर स्थित रहेको बि.पि. कोईराला मेमोरियल क्यान्सर अस्पतालले भर्ना नगरेकै कारण एक जना क्यान्सर पिडित घरमै उपचार गराउन बाध्य भएका छन् ।

देश कोरोना भाईरसको चपेटामा परिरहेको बेला भरतपुर क्यान्सर अस्पताल बन्द हुनुले क्यान्सर भएका पिडित आफ्नो घरमा उपचार गराउन बाध्य भएका हुन । बाराको देवताल गाउपालिका वडा नम्बर १ बस्ने लालबाबु बैठाको २५ बर्षिय छोरा अर्जुन कुमार बैठा क्यान्सरले ग्रसित रहेपनि भरतपुर स्थित रहेको बि.पि. कोईराला मेमोरियल क्यान्सर अस्पताल भर्ना नै नगरी घर फर्काएको बताईन्छ ।

क्यान्सर पिडित बैठाको आफ्न्तले संचारकर्मी संग कुरा गर्दै उपचार गराउन भरतपुर स्थित बि.पि कोईराला मेमोरियल अस्पतालमा पुग्दा कोरोना भाइरसको महामारी फैलिएको बेला आफुहरु अस्पताल भर्ना गर्न नसकिने बताए पश्चात फिर्ता ल्याएको बताएका छन् । अस्पतालका डाक्टरहरु हालको समयमा घरमै गएर राम्ररी राख्ने सुझाव दिए पश्चात घरमै राखीएको उनले दुखेसो पोखे ।

अस्पतालले उपचार गर्नुपर्ने औषधि लेखेकै माध्यमले औषधि दिने गरेको स्थानिय स्वास्थय चौकीका डाक्टरले बताएका छन् । आफुहरुलाई क्यान्सरको बिषयमा केही जानकारी नभएपनि अस्पतालले लेखेको औषधि दिने गरेको बताए । उनले स्थानिय स्वास्थय चौकीले स—साना ज्वरो लगायत रुघा, खोकी, घाउ चेकजाच गर्ने गरेको तर क्यान्सरको बिषयमा बढी जानकारी नभएपनि अस्पतालले लेखेको औषधि नै चलाएको बताउनु भयो ।

क्यान्सरको पिडाले दिनप्रति दिन बैठाको स्थित बिग्रिदै गएको स्थानियले जनाएका छन् । स्थानियले जनाए अनुसार मुलुक कोरोनाको चपेटामा परेकै बहानामा भर्ना नगरेको आरोप लगाएका छन् । बि.पि. कोइराला मेमोरियल अस्पतालले भर्ना नगरे पश्चात फिर्ता लिएर आएको पिडितलाई वीरगंज स्थित नारायणि उपक्षेत्रिय अस्पताल, मेडिकल कलेज लगायतको अस्पतालमा लगेपनि अस्पतालहरुले भर्ना नगरेको स्थानियले दुखेसो पोखे ।

जनताको हक हितको लागि निर्माण गरिएको अस्पतालहरुमा उपचारको नाउमा खोलिएपनि भर्ना चाहि नगरिएको कारण शोसन भएको प्रस्टयाएका छन् । बाराको देवताल गाउपालिका वडा नम्बर १ बडकिफुलवरीया निवासी अर्जुन कुमार बैठा क्यान्सर पिडित भएकै कारण स्थानियहरुमा रुवावासी समेत हुन थालिएको छ ।

स्थानिय युवा क्यान्सर जस्तो बिरामी संग लडिरहेपनि हाम्रो देशमा निर्माण भएका क्यान्सर अस्पतालहरु भर्ना नगरिदिदा बिरामी मारमा परेका छन् । तसर्थ ः यस बिषयमा सम्बन्धीत निकायको ध्यान पुग्न अति अवाश्यक देखिन्छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

उच्च अदालत वीरगंजका मुख्य न्यायाधीश डाँगी सवार स्कारपियो दुर्घटना, हेलिकप्टरबाट काठमाडौं लगियो

वीरगंज । उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजका मुख्य न्यायाधीश गोकर्ण डाँगी सवार स्कारपियो मकवानपुरको भीमफेदी गाउँपालिका–६ जुरीखेतमा दुर्घटना हुँदा ६ जना घाइते भएका...

पत्रकार किशोर श्रेष्ठ सर्वोच्चको आदेशमा रिहा

काठमाडौं । सर्वोच्च अदालतले पत्रकार किशोर श्रेष्ठलाई रिहा गर्न परमादेश जारी गरेको छ । सर्वोच्चले श्रेष्ठलाई हाजिरी जमानीमा छाडेर वा तारिखमा राखेर अनुसन्धान अघि...

पर्सामा अवैध बालुवा उत्खननमा संलग्न १९ ट्याक्टर र ७ पाडोसहित एक जना पक्राउ

वीरगंज । पर्सामा अवैध रूपमा नदीजन्य बालुवा उत्खननमा संलग्न १९ वटा ट्याक्टरसहित १५ जना चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । साथै भन्सार छली नेपाल...