12 April 2025
KALIKATIMES.COM

कालिकामाईमा चाैरसियाद्वारा अति गरिब परिवारलाई सहयाेग

पाेखरिया । पर्साको कालिकामाई गाउँपालिका वडा नम्बर ५ सेमराटोलमा आज एक युवकले अति गरिब परिवारलाई खाद्य सामग्री सहयाेग गरेका छन् ।

कालिकामाई गाउँपालिका वडा नं. ३ हरिहपुरबिर्ता निवासी जल तथा मौसम बिज्ञान कार्यालय घाेराही दांगका माैसम इन्चार्ज अखलेश चौरसियाले ८ बिपन घरपरिवारलाई चामल, दाल, तेल, नुन र साबुन सहयाेग गरेका हुन् ।

हाल दांग मै रहेका चाैरसियाले स्थानिय पत्रकार छठु साह मार्फत राहत सहयाेग गरेकाे वताए । विश्व व्यापी रुपमा महामारीकाे रुपमा फैलिरहेकाे काेराेना संक्रमण राेकथामकाे लागि नेपाल सरकारले गरेकाे लकडाउनमा समस्या भएका अति गरिब घरपरिवारलाई मानवताकाे नाता सहयाेग गरिएकाे चाैरसियाले वताए ।

पत्रकार साह संगै ईलाका प्रहरी कार्यालय पोखरीयाका प्रहरी निरिक्षक चन्द्र कुमार संह, स्थानिय युवा अनिल ठाकुर, लाेकेश चाैरसिया, मन्दिप पटेल, मन्नु ठाकुरले घर घरमा पुगी खाद्यान्न सामग्री सहयाेग गरेका चौरसियाले जानकारी गराए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

पहिचान खोज्दै मुक्त हरवाचरवा

कालिका टाईम्स

नयाँ वर्ष साँझ विथ दिपक वज्रचार्य एण्ड द रिदम बैण्ड कार्यक्रम स्थगित

कालिका टाईम्स

अझै पनि परम्परागत ढक तथा तराजुकाे प्रयोग, घाटा व्यहोर्नु परेको गुनासो

कालिका टाईम्स
SQL requests:214. Generation time:7.620 sec. Memory consumption:82.49 mb