Date
आइत, अशोज ११, २०८३
Sun, September 27, 2026

लकडाउन पालना गराउन स्थानिय युवाहरुद्वारा बाटाे अवरुद्ध

spot_img
spot_img

वीरगंज । पर्साको ग्रामिण भेगकाे केही गाउँका युवाहरु लकडाउनकाे पालना गराउन सक्रिय भएका छन् । बिश्वभर महामारीकाे रुपमा फैलेकाे काेराेना संक्रमण राेकथामाकाे लागि संघ सरकारले गरेकाे लकडाउनकाे पालना गराउन स्थानिय युवाहरु सक्रिय देखिएका हुन् ।

सखुवाप्रसौनी गाउँपालिका वडा नम्बर ५ महुवनमा लकडाउन अटेरी गर्नेहरुका लागि बाटाे नै युवाहरु अवराेध गरेका छन् । गाउँकाे बाटाे अवराेध गरी युवाहरुको लकडाउन पालना गरी घर भित्र नै बस्ने आग्रह गरिरहेका छन् भने अटेरी गर्नेहरुलाई डन्डा पनि प्रहार गरिएकाे स्थानिय युवा संदिप साहले बताए ।

महुवनमा स्थानिय अनिल साहको नेतृत्वमा लकडाउन पालना गराउने युवाहरु सक्रिय भएका हुन । बजारमा पनि भिडभाड गर्ने, एक साथ जम्मा हुने र अटेरी गरी बाईक चलाउने गरेका कारण युवाहरु सक्रिय भई सम्झाउने बुझाउने र नमान्नेलाई डान्डा हान्ने गरेका छन् ।

लकडाउन आफ्नै लागी र आफ्नो परिवारको साथै सम्मपुर्ण गाउँ र देशका लागी नै भएकोले हामीहरु आफ्नो गाउँमा सक्रिय भएको युवाहरु बताएका छन् । बाटोमा बेन्च, डेक्स, टेबल लगायतका सरसमान राखी बाटोलाई अवरुद्ध गरेका हुन् ।

यसै गरी पाेखरिया नगरपालिकाकाे बनकटवामा र बहुदरमाई नगरपालिकाकाे डकैला बहुअरीमा पनि युवाहरु बाटाे अवरुद्ध गर्दै विना काम अन्य गाउँका मानिसहरुकाे आवतजावतमा राेक लगाएका छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

राष्ट्रिय पहलवान पोखरियाका यादव २०औं एशियन गेम्समा कुस्ती प्रतियोगितामा सहभागी हुन जापान प्रस्थान

वीरगंज । नेपालका राष्ट्रिय स्तरका चर्चित पहलवान राज यादव जापानको आइची नागोया शहरमा आयोजना हुने २०औं एशियन गेम्स कुस्ती (पहलवानी) प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्न...

छिपहरमाई गाउँपालिकाको कांग्रेस सभापतिमा धुरेन्दर साह कानु

वीरगंज । नेपाली कांग्रेस छिपहरमाई गाउँपालिकाको सभापतिमा धुरेन्दर साह कानु सर्वसम्मत चयन भएका छन् । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सम्पन्न दोस्रो गाउँपालिका अधिवेशनले कानुलाई...

बाढीपीडितको चुल्हो बाल्न आम मुस्लिम मोर्चाको ग्यास सहयोग

काठमाडौं । आम जनता पार्टी (आजपा) निकट आम मुस्लिम मोर्चाले भोटेकोशी बाढीपीडितलाई ग्यास चुल्हो, सिलिन्डर तथा राहत सामग्री वितरण गरेको छ । मोर्चाले नुवाकोटको विदुरमा...