Date
बिहि, अशोज ८, २०८३
Thu, September 24, 2026

सहकारीले खाेलेकाे तरकारी बिक्री केन्द्र पांचाै दिन पनि संचालनमा

spot_img
spot_img

वीरगंज । लकडाउनका कारण किसानले तरकारी बेच्न नपाएको र उपभोक्ताले खरिद गर्न नपाएपछि सखुवाप्रसौनी गाउँपालिका-५ महुवनको सहास साना किसान कृषि सहकारी संस्थाले किसानसँग तरकारी संकलन गरेर बिक्री गर्न थालेकोछ ।

सहकारीले स्थानीय महुवन प्रहरी चौकीको समन्वयमा ‘बिक्री केन्द्र’ खोलेको छ । प्रहरी चौकीकै नजिक खोलिएको बिक्री केन्द्र सञ्चालनको जिम्मा लेखापाल सन्तोष बर्णवाललाई दिइएको छ । लकडाउनकाे दाेस्राे दिन सहकारीले संचालनमा ल्याएकाे केन्द्रबाट पांचाै दिन पनि तरकारी बिक्री भइरहेको छ ।

पांचाै दिन आइतबार भण्टा ३०, सेम ४०, टमाटर ५०, केरा ५० र मुला ४० रुपैयाँ किलोमा बिक्री भइरहेको बर्णवालले जनाएका छन् । केन्द्रमा रामनगरी, एकडरवा, लखनपुर, बलुवा, सोलखपुर, गुलवरिया, महुवनलगायतका क्षेत्रबाट मानिसहरु तरकारी खरिद गर्न आइरहेका छन् ।

सदस्यले उत्पादन गरेको तरकारी खेर नजाओस र उपभोक्ताको आवश्यकता पनि पूरा होस भनेर बिक्री केन्द्र खोलिएको अध्यक्ष नरेश जयसवालले जानकारी दिए ।

‘लक डाउनले गर्दा सदस्य किसानले उत्पादन गरेको तरकारी बजार लैजान पाइएको छैन, भने उपभोक्ताले पनि सहज रुपमा तरकारी किनेर खान पाएका छैनन्,’ अध्यक्ष जयसवालले भने, ‘दुवै समस्याको समाधानका लागि तरकारी बिक्री केन्द्र खोलेका छौं । सदस्यबाट तरकारी संकलन गरेर ल्याउँछौं, कोरोना भाइरसको संक्रमणको जोखिमलाई ध्यानमा राखेर भिडभाड नहुने गरी लकडाउन अवधी भरी बिक्री गर्छौ ।’

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

बाराको कलैयामा दुई दिन विद्यालय बन्द

बारा । बाराको कलैया उपमहानगरपालिकाले सामुदायिक तथा संस्थागत विद्यालयमा दुई दिन पठनपाठन बन्द गर्ने निर्णय गरेको छ। उपमहानगरपालिकाका अनुसार असोज ८ गते बिहीबार र ९...

जिराभवानीमा स्थानीय शिक्षा योजनाको समीक्षा तथा कार्ययोजना निर्माण कार्यशाला

सेढवा । पर्साको जिराभवानी गाउँपालिकामा स्थानीय शिक्षा योजनाको समीक्षा तथा आगामी कार्ययोजना निर्माणसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । जिराभवानी गाउँपालिकाको आयोजनामा वडा नं. ३ स्थित...

प्राइम कमर्सियल बैंकको वार्षिकोत्सवमा रक्तदान, ७५ जनाले दिए रगत

वीरगंज । प्राइम कमर्सियल बैंक लिमिटेडको २०औँ वार्षिकोत्सवको अवसरमा बैंकको वीरगञ्ज शाखाले रक्तदान कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा चार महिलासहित ७५ जनाले रक्तदान गरेका...