26.6 C
Birgunj
24 October 2024
KALIKATIMES.COM

सहकारीले खाेलेकाे तरकारी बिक्री केन्द्र पांचाै दिन पनि संचालनमा

वीरगंज । लकडाउनका कारण किसानले तरकारी बेच्न नपाएको र उपभोक्ताले खरिद गर्न नपाएपछि सखुवाप्रसौनी गाउँपालिका-५ महुवनको सहास साना किसान कृषि सहकारी संस्थाले किसानसँग तरकारी संकलन गरेर बिक्री गर्न थालेकोछ ।

सहकारीले स्थानीय महुवन प्रहरी चौकीको समन्वयमा ‘बिक्री केन्द्र’ खोलेको छ । प्रहरी चौकीकै नजिक खोलिएको बिक्री केन्द्र सञ्चालनको जिम्मा लेखापाल सन्तोष बर्णवाललाई दिइएको छ । लकडाउनकाे दाेस्राे दिन सहकारीले संचालनमा ल्याएकाे केन्द्रबाट पांचाै दिन पनि तरकारी बिक्री भइरहेको छ ।

पांचाै दिन आइतबार भण्टा ३०, सेम ४०, टमाटर ५०, केरा ५० र मुला ४० रुपैयाँ किलोमा बिक्री भइरहेको बर्णवालले जनाएका छन् । केन्द्रमा रामनगरी, एकडरवा, लखनपुर, बलुवा, सोलखपुर, गुलवरिया, महुवनलगायतका क्षेत्रबाट मानिसहरु तरकारी खरिद गर्न आइरहेका छन् ।

सदस्यले उत्पादन गरेको तरकारी खेर नजाओस र उपभोक्ताको आवश्यकता पनि पूरा होस भनेर बिक्री केन्द्र खोलिएको अध्यक्ष नरेश जयसवालले जानकारी दिए ।

‘लक डाउनले गर्दा सदस्य किसानले उत्पादन गरेको तरकारी बजार लैजान पाइएको छैन, भने उपभोक्ताले पनि सहज रुपमा तरकारी किनेर खान पाएका छैनन्,’ अध्यक्ष जयसवालले भने, ‘दुवै समस्याको समाधानका लागि तरकारी बिक्री केन्द्र खोलेका छौं । सदस्यबाट तरकारी संकलन गरेर ल्याउँछौं, कोरोना भाइरसको संक्रमणको जोखिमलाई ध्यानमा राखेर भिडभाड नहुने गरी लकडाउन अवधी भरी बिक्री गर्छौ ।’

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

साना किसान कृषि सहकारी संस्थाको पाँचौ साधारण सभा सम्पन्न

कालिका टाईम्स

‘नेरुडे-मिर्मिरे’ लघुवित्त वित्तीय सँस्थामा अनिश्चितकालीन तालाबन्दी

कालिका टाईम्स

बीवाईडी कम्पनीको गाडी खरिद गर्न सिटिजन्स बैङ्कले फाइनान्सिङ सुविधा उपलब्ध गराउने

कालिका टाईम्स
SQL requests:215. Generation time:3.255 sec. Memory consumption:81.59 mb