Date
आइत, अशोज ११, २०८३
Sun, September 27, 2026

लकडाउनमा एन.आई.सी. बैंककाे फाेन सहायता केन्द्र संचालन

spot_img
spot_img

वीरगंज । एनआईसीएसिया बैंकले प्रदेश नम्वर दुईमा पाँच ठाँउमा ग्राहक सेवा केन्द्र तोकेको बैंकले जनाएको छ । सो बैंकले सर्वसाधारण जनताको गुनासो र आर्थिक रुपमा अब आउने दिनमा पर्ने अफ्टेरोपनलाई हटाउने उद्देश्यका साथ यो कार्यक्रम अघि सारेको हो ।

सरकारले कोरोना भाईरसको महामारीमा फोनबाटै ग्राहकको गुनोसोहरु बुझ्न र संवोधनकालािग ग्राहक सहायता केन्द्र सन्चालनमा ल्याएको एनआईसी एसिया बैंक प्रदेश नम्बर २ का प्रमुख प्रकाश चन्द्र अधिकारीले जानकारी दिए ।

बैकले दिएको जानकारीका अनुसार सो बैकको बिरगंज शाखामा पुजा खेतान, अमृत राना, चन्द्रनिगाहपुर शाखामा बिशाल शर्मा, रवी थापा, हरिवन शाखामा सुनित श्रेष्ठ, सुमन सिंह, जनकपुर शाखामा उत्सुक श्रेष्ठ, ईश्वर आचार्य, लहान शाखामा मुकेश कुमार साह, प्रदिप कुमार साह, संतोष कुमार राठी, प्रकाश चन्द्र अधिकारी र प्रदेश नम्बर २ मा मनु प्रसाद शर्मा र गोपाल प्रसाद सुबेदी रहेको एनआईसी एसिया वीरगंज लिंकराेड शाखाका शाखा प्रबन्धक हासिम मंसुरीले जानकारी दिए ।

यस्तै बैंकले लकडाउनकाे अवधिमामा पनि केही शाखाकाे संचालनमा ल्याएकाे प्रबन्धक मंसुरीले वताए । वीरगंजकाे शाखाका काउँटर विहान ११ बजे देखी दउसाे एक बजे सम्मकाे लागि संचालनमा ल्याइएकाे उनले जानकारी गराए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

राष्ट्रिय पहलवान पोखरियाका यादव २०औं एशियन गेम्समा कुस्ती प्रतियोगितामा सहभागी हुन जापान प्रस्थान

वीरगंज । नेपालका राष्ट्रिय स्तरका चर्चित पहलवान राज यादव जापानको आइची नागोया शहरमा आयोजना हुने २०औं एशियन गेम्स कुस्ती (पहलवानी) प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्न...

छिपहरमाई गाउँपालिकाको कांग्रेस सभापतिमा धुरेन्दर साह कानु

वीरगंज । नेपाली कांग्रेस छिपहरमाई गाउँपालिकाको सभापतिमा धुरेन्दर साह कानु सर्वसम्मत चयन भएका छन् । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सम्पन्न दोस्रो गाउँपालिका अधिवेशनले कानुलाई...

बाढीपीडितको चुल्हो बाल्न आम मुस्लिम मोर्चाको ग्यास सहयोग

काठमाडौं । आम जनता पार्टी (आजपा) निकट आम मुस्लिम मोर्चाले भोटेकोशी बाढीपीडितलाई ग्यास चुल्हो, सिलिन्डर तथा राहत सामग्री वितरण गरेको छ । मोर्चाले नुवाकोटको विदुरमा...