Date
बिहि, अशोज १, २०८३
Thu, September 17, 2026

नेपाल प्रबेश गर्न नदिए पछि भारतियद्वारा प्रहरीमाथी नै हातपात, एक जना पक्राउ

spot_img
spot_img

वीरगंज । नेपाल प्रबेश गर्न नदिए पछि भारतियहरुको एक समुहले प्रहरीमाथी नै हातपात गरेका छन् ।

पर्साको ग्रामिण स्थित खुल्ला सिमा नाका भएर प्रबेश गर्न खोज्ने ४/५ जना भारतियहरुको समुहले प्रहरी चौकी प्रसौनी भाठाका डिउटीमा खटेका प्रहरीमाथि हातपात गरेका हुन ।

बिन्दवासिनी गाउँपालिका वडा नं. ५ प्रसौनी भाठा स्थित मधुवाको खेतबारीको खुल्ला सिमा भएर तिनीहरु नेपाल प्रबेश गर्न खोजेका थिए । लकडाउनको समयमा जबर्जस्ती नेपाल प्रबेश गर्न खोज्नेलाई प्रहरिले रोक्न खोज्दा उल्टै प्रहरीमाथी नै हातपात गरे पछि ति मध्येका एक जनालाई पक्राउ गरिएको र अरु जना भाग्न सफल भएको प्रहरीले जनाएको छ ।

भारत बिहार पुर्वि चम्पारण कुकुहिया १३ निवासी बर्ष ३५ का अवधेश महतोलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक चन्द्र कुमार सिंहले बताउनु भयो । पक्राउ परेकालाई ईलाका प्रहरी कार्यालय पोखरियाको हिरासतमा राखी थप अनुसन्धान भइरहेको उहाँले बताउनु भयो ।

प्रहरीमाथी हातपात गर्नेहरुको पहिला देखि नै नेपाल प्रबेश गरि रक्सी खाएर आउने जाने बानी रहेको बुझिएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

वीरगंजमा बेवारिसे भारतिय कारबाट ४ थान पेस्तोल र ६ राउन्ड गोली बरामद

वीरगंज । पर्साको वीरगंज महानगरपालिका–१५ बास्तूबिहार चोकबाट सशस्त्र प्रहरीले बेवारिसे अवस्थामा रहेको कारबाट ४ थान पेस्तोल र ६ थान गोली बरामद गरेको छ । सशस्त्र...

एसियाली खेलकुद भलिबलः नेपाल आज इन्डोनेसियाविरुद्ध भिड्दै

काठमाडौँ । जापानमा जारी २०औँ संस्करणको एसियाली खेलकुदमा नेपाली राष्ट्रिय महिला भलिबल टोलीले आज इन्डोनेसियाविरुद्ध खेल्दैछ । नेपाल र इन्डोनेसियाबीचको खेल अपराह्न ४:०० देखि कोमाकीस्थित पार्क...

अठार दिनपछि कृष्णभिरको सडकमा दुईतर्फी यातायात सेवा सञ्चालन

चितवन । अठार दिनपछि पृथ्वी राजमार्गमा यातायात सेवा आजविहानदेखि पुनःसञ्चालनमा आएको छ । यही भदौ १४ गते कृष्णभिरमा बाढीले सडक बगाएपछि यातायात सेवा प्रभावित...