Date
शुक्र, कार्तिक ७, २०८३
Fri, October 23, 2026

लकडाउनमा भोकाहरुको भोक मेटाउने प्रयास

spot_img
spot_img

वीरगंज । कोरोना भाइरस अर्थात कोविड १९ को संक्रमण फैलन नदिन सरकारले गरेको लक डाउनका कारण दैनिक ज्याला मजदुरी गरेर खाने परिवार मर्कामा पर्न थालेको छ ।

भाइरसको संक्रमणले भन्दा भोकका कारण धेरै परिवार मर्कामा पर्न थालेपछि वीरगंजमा सामाजिक संस्थाहरुले दैनिक ज्याला मजदुरी गरि खाने परिवारलाई सहयोग गर्ने अभियान थालेको छन् ।

वीरगंज युवा समाजले रिक्सा, ठेला चलाएर गुजारा गर्ने ४० जनालाई खाद्यान्न स्वरुप पाउरोटी सहयोग गरेको छ ।
बसपार्क, पावरहाउस चोक, मुर्ली घण्टाघर लगायतका क्षेत्रमा पुगेर रिक्सा चालक तथा टेला चालकहरुलाई सहयोग गरेको संस्थाका अध्यक्ष कमल चौगाईँले बताउनुभयो ।

समाजले लक डाउन अवधिभर हरेक दिन भोका व्यक्तिको भोक मेटाउने प्रयास स्वरुप आजबाट सहयोगको अभियान थालेको पनि उहाँले बताउनुभयो । दैनिक काम गरि खाने व्यक्तिका परिवार अहिले समस्यामा रहेकाले हरेकले आफ्ना घर अगाडि कोही भोका व्यक्ति भेटे उनीहरुको भोक मेटाउन आवश्यक सहयोग गर्न पनि समाजले आग्रह गरेको छ ।

लक डाउनका बेला घरबाट ननिस्की कुनै एक जना भोको व्यक्तिको भोक मेटाउने प्रयासमा लागे ठूलो सहयोग हुने समाजका सचिव हेमन्त तामाङले बताउनुभयो ।
आफूहरुले गरेको सहयोग कुनै प्रचारबाजीका लागि नभई भोकाहरुको भोक मेटाउन गरिएको सामाजिक दायित्व अन्तर्गतको काम मात्रै रहेको पनि उहाँले बताउनुभयो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

विजयादशमीको टीका लगाउने उत्तम साइत बिहान १०:२६ बजे

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष टीका...

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...