Date
सोम, भदौ २२, २०८३
Mon, September 7, 2026

प्रहरीको दादागिरी, रिपोर्टिङ गर्न गएका पत्रकारमाथि नै लाठीचार्ज

spot_img
spot_img

वीरगन्ज । वीरगन्जमा प्रहरी गुण्डागर्दी शैलीमा पत्रकारलाई नियन्त्रणमा लिई निर्घात कुटपिट गर्दै दुव्र्यवहार गरेको छ । पत्रकार जाकिर हुसैनलाई वीरगन्जको रानीघाटबाट कुटपिट गरी दुव्र्यवहार गर्दै पक्राउ समेत गरेका हुन् ।

कोरोना भाइरस (कोभिड १९) को संक्रमणलाई नियन्त्रण गर्न सरकारले लागु गरेको लकडाउनको बारे रिर्पोटिङ गर्न साँझ हुसैन रानीघाट पुग्दा उनीमाथि प्रहरीले नै आक्रमण गरेका थिए ।

यदपी पत्रकार महासंघका जिल्ला अध्यक्ष श्याम बन्जारा लगायत अगुवा पत्रकारहरु वडा प्रहरी कार्यालय श्रीपुरमा पुगेपछि प्रहरीले विना सर्त हुसैनलाई तीनघण्टाको नियन्त्रणपछि छाडेको हो ।

दिनभरी लकडाउनले गर्दा रानीघाट लगायतको एरिया सुनसान बनेको थियो । साँझ भएपछि अतिआवश्यक खाद्यान्न वस्तु किनमेल गर्न स्थानिय घर घरबाट निस्केर रानीघाट चोकमा पुगेका थिए । चोकमा भिडभाड भयो भन्दै स्थानिय प्रहरी चौकीका प्रहरीले सम्झाउँनुको साटो अन्धाधुन लाठीचार्ज गर्न थाले ।

रिर्पोटिङ गर्न पुगेका हुसैनलाई पनि प्रहरी चौकीका प्रहरीहरु लक्षित गरी अन्धाधुन लठी प्रहार गरेका थिए । आफू पत्रकार भएको परिचय पत्र देखाउँदा समेत केहि सुनवाई नगरी उल्टै कुटपिट गरी दुव्र्यवहार गर्दै पक्राउ गरेको पिडित पत्रकार हुसैनले गुनासो गरे ।

उनले भने, ‘प्रहरीलाई नकुटन आग्रह गर्दा पनि तीनचार जनाको समूहमा रहेका उनीहरु लछारपछार गर्दै जबरजस्ती प्रहरीको गाडीमा हालेर वडा प्रहरी कार्यालय श्रीपुरमा लगेका थिए ।’ तर कार्यालयका प्रहरी निरिक्षक दिपक साहले घटनामा संलग्न प्रहरीलाई कारवाही गर्ने वाचा गर्दै विना सर्त हुसैनलाई जाडेका हुन ।

यता महासंघका अध्यक्ष बन्जाराले प्रहरी निरिक्षक साहले दोषी प्रहरीहरुलाई कारवाही गर्ने प्रतिबद्धता जनाएपछि पत्रकार हुसैनलाई विना सर्त रिहा गरेर ल्याएका बताए ।

पत्रकार माथि दुव्र्यवहार हुनु ठाडो प्रेस स्वतन्त्रता माथिको प्रहार हो र यो कुनैपनि हालतमा महासंघलाई सहन हुदैन, उनले भने,‘ प्रहरीले आफनो रवैयामा सुधान नल्याए उनीहरु विरुद्ध कडा रुपमा प्रस्तुत हुनेछौं ।

हुसैन न्यूज २४ टिभीका पत्रकार हुन् । उनी नारायणी अस्पतालबाट कुटपिटको घाउँचेकजाँच गराई दोषी प्रहरीलाई कारवाही गर्न निवेदन दिने तयारी गरेका छन ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

नेशनल मेडिकल कलेजमा ६८ जनाद्वारा रक्तदान

वीरगंज । रसुवाका बाढीपीडित तथा प्रभावित नागरिकहरूको उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले वीरगंजस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा आयोजित रक्तदान कार्यक्रममा ६८ जनाले रक्तदान...

जिराभवानी गाउँपालिकाले बाढीपीडितका लागि ५ लाख ५५ हजार सहयोग गर्ने

सेढवा । पर्साकाे जिराभवानी गाउँपालिकाले बाढीपहिरो प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्निर्माणका लागि आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । गाउँपालिकाले विपद् व्यवस्थापन कोषबाट...

‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ सिनियरतर्फ पाँच विद्यालय फाइनलमा

वीरगंज । प्याब्सन वीरगंजकाे आयोजनामा सञ्चालन भइरहेको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ अन्तर्गत सिनियरतर्फको फाइनलमा पाँच विद्यालय प्रवेश गरेका छन् । क्वालिफिकेशन राउन्डबाट...