Date
शनि, कार्तिक १४, २०८३
Sat, October 31, 2026

प्रहरीको दादागिरी, रिपोर्टिङ गर्न गएका पत्रकारमाथि नै लाठीचार्ज

spot_img
spot_img

वीरगन्ज । वीरगन्जमा प्रहरी गुण्डागर्दी शैलीमा पत्रकारलाई नियन्त्रणमा लिई निर्घात कुटपिट गर्दै दुव्र्यवहार गरेको छ । पत्रकार जाकिर हुसैनलाई वीरगन्जको रानीघाटबाट कुटपिट गरी दुव्र्यवहार गर्दै पक्राउ समेत गरेका हुन् ।

कोरोना भाइरस (कोभिड १९) को संक्रमणलाई नियन्त्रण गर्न सरकारले लागु गरेको लकडाउनको बारे रिर्पोटिङ गर्न साँझ हुसैन रानीघाट पुग्दा उनीमाथि प्रहरीले नै आक्रमण गरेका थिए ।

यदपी पत्रकार महासंघका जिल्ला अध्यक्ष श्याम बन्जारा लगायत अगुवा पत्रकारहरु वडा प्रहरी कार्यालय श्रीपुरमा पुगेपछि प्रहरीले विना सर्त हुसैनलाई तीनघण्टाको नियन्त्रणपछि छाडेको हो ।

दिनभरी लकडाउनले गर्दा रानीघाट लगायतको एरिया सुनसान बनेको थियो । साँझ भएपछि अतिआवश्यक खाद्यान्न वस्तु किनमेल गर्न स्थानिय घर घरबाट निस्केर रानीघाट चोकमा पुगेका थिए । चोकमा भिडभाड भयो भन्दै स्थानिय प्रहरी चौकीका प्रहरीले सम्झाउँनुको साटो अन्धाधुन लाठीचार्ज गर्न थाले ।

रिर्पोटिङ गर्न पुगेका हुसैनलाई पनि प्रहरी चौकीका प्रहरीहरु लक्षित गरी अन्धाधुन लठी प्रहार गरेका थिए । आफू पत्रकार भएको परिचय पत्र देखाउँदा समेत केहि सुनवाई नगरी उल्टै कुटपिट गरी दुव्र्यवहार गर्दै पक्राउ गरेको पिडित पत्रकार हुसैनले गुनासो गरे ।

उनले भने, ‘प्रहरीलाई नकुटन आग्रह गर्दा पनि तीनचार जनाको समूहमा रहेका उनीहरु लछारपछार गर्दै जबरजस्ती प्रहरीको गाडीमा हालेर वडा प्रहरी कार्यालय श्रीपुरमा लगेका थिए ।’ तर कार्यालयका प्रहरी निरिक्षक दिपक साहले घटनामा संलग्न प्रहरीलाई कारवाही गर्ने वाचा गर्दै विना सर्त हुसैनलाई जाडेका हुन ।

यता महासंघका अध्यक्ष बन्जाराले प्रहरी निरिक्षक साहले दोषी प्रहरीहरुलाई कारवाही गर्ने प्रतिबद्धता जनाएपछि पत्रकार हुसैनलाई विना सर्त रिहा गरेर ल्याएका बताए ।

पत्रकार माथि दुव्र्यवहार हुनु ठाडो प्रेस स्वतन्त्रता माथिको प्रहार हो र यो कुनैपनि हालतमा महासंघलाई सहन हुदैन, उनले भने,‘ प्रहरीले आफनो रवैयामा सुधान नल्याए उनीहरु विरुद्ध कडा रुपमा प्रस्तुत हुनेछौं ।

हुसैन न्यूज २४ टिभीका पत्रकार हुन् । उनी नारायणी अस्पतालबाट कुटपिटको घाउँचेकजाँच गराई दोषी प्रहरीलाई कारवाही गर्न निवेदन दिने तयारी गरेका छन ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

प्याब्सन हस्तलेखन प्रतियोगितामा साउथ जोन च्याम्पियन, गुरुकुल दोस्रो र द रोयल तेस्रो

वीरगंज । प्याब्सन वीरगंज र प्याब्सन पर्साको संयुक्त आयोजनामा सञ्चालित ‘PABSON Creative Strokes 2083’ अन्तर्गत अन्तरविद्यालय हस्तलेखन प्रतियोगितामा साउथ जोन माध्यमिक विद्यालय च्याम्पियन बनेको...

रास्वपाले देश अस्तव्यस्त बनायो, रविले समानान्तर सत्ता चलाए : प्रभु साह

भैरहवा । आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले देशका मुख्य निकायहरु निकम्मा बनाईएको र नेतृत्वहरु पनि नैतिक संकटमा परेको टिप्पणी गरेका...

‘प्रहरीको बुटले जनताको आवाज थुन्न सकिँदैन’ : आजपा प्रवक्ता सुभाष साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का प्रवक्ता सुभाष साहले समाचार लेखेकै आधारमा सञ्चारमाध्यमका कार्यालयमा प्रहरी प्रवेश गरी पत्रकारमाथि धरपकड गरिएको घटनाप्रति कडा आपत्ति...