Date
सोम, जेष्ठ २५, २०८३
Mon, June 8, 2026

काेराेना भाइरसका कारण विवाह पनि राेकिदै

spot_img
spot_img

वीरगंज । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाईरस संक्रमण नियन्त्रण र रोकथामका लागि नेपाल र भारतमा गरिएको ‘लकडाउन’ ले पर्सामा एक संचारकर्मी सहित दुईजनाको विवाह रोकिएको छ ।

मंगलबारदेखि नेपालमा र बुधबारदेखि भारतमा गरिएको ‘लकडाउन’ ले बीरगन्जका संचारकर्मी जाकिर हुसेन र बहुदरामाई नगरपालिका वडा नम्बर ५ भौराटारकी एक युवतीको विवाह स्थगित भएको हो । दुबै जनाकाे विवाहकाे कार्ड समेत वितरण भइसकेकाे थियाे ।

न्युज २४ टिभीमा पर्साबाट क्यामरा पर्सनको रुपमा कार्यरत वीरगन्ज १० घडिअर्वाका जाकिरको विवाह यहि चैत १५ गते र १७ गते रिसेप्सन पार्टी गर्ने तय भएको थियो । देश नै लक डाउन भएपछि आफ्नो विवाह रोकिएको सन्देश हिजो मंगलबार जाकिरले घर मै बसेर साथीभाइ र इस्टमित्रलाई म्यासेन्जर मार्फत जानकारी गराएका छन् ।

उनले म्यासेन्जरमा लेखेका छन्, “कोराना भाईरसले मेरो विहे र पार्टी रोकिएको छ । यसबारे थप जानकारी पुनः मिति तय भएपछि जानकारी गराउछु । धन्यवाद !” कोरोना भाइरस नियन्त्रण गर्न सरकारले देश नै लक डाउन गरेकोले दुई महिना अघि तय गरिएको पत्रकार जाकिरको विवाह अहिलेका लागि स्थगित गरिएको हो । चैत १५ गते पर्साको चौकिया बैरिया ९ निवासी कलामुन नेशा खातुन संग जाकिरको विवाह हुने तय भएको थियो ।

त्यस्तै बहुदरामाई नगरपालिका वडा नम्बर ५ का शंकर प्रसाद कुश्वाहाकी छोरीको पनि यहि चैत १६ गते भारतको विहार राज्यको पूर्वी चम्पारण जिल्लाको चेगौना ग्रामका युवकसँग विवाह तय भएको थियो । विवाहको सबै तयारी भएपनि दुवै देशमा भएको ‘लकडाउन’ ले विवाह रोकिएको दुलहीका बुबा शंकर प्रसाद कुश्वाहाले बताए ।

यस्तै चैत २० गते तय भएकाे बाराकाे प्रसाैनीगाउँपालिका निवासी एक युवककाे विवाह पनि अन्याेलमा परेका छ । भारत बिहारकाे साठीकी केटी संग हुन लागेकाे मुस्लीम समुदायका युवककाे विवाह अन्याेलमा परेकाे वताइएकाे छ ।  काेराेना भाइरस संक्रमण राेकथामकाे लागि दुबै देशमा लक डाउन भएका कारण अन्याेलमा परेकाे हाे ।

spot_img
spot_img

ताजा अपडेट

कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

नेपाल कावेरी एकेडेमीमा इन्भेस्टिचर सेरेमोनी सम्पन्न

वीरगंज । नेपाल कावेरी एकेडेमीमा शैक्षिक सत्रका लागि नवनिर्वाचित विद्यार्थी नेतृत्व टोलीको औपचारिक नियुक्ति तथा पदभार ग्रहण कार्यक्रम (इन्भेस्टिचर सेरेमोनी) भव्य रूपमा सम्पन्न भएको...

जगरनाथपुरमा एआई एक्स–रेसहित क्षयरोग खोजपडताल शिविर, १८३ जना लाभान्वित

वीरगंज । “हो, हामी क्षयरोग अन्त्य गर्न सक्छौं : देशको नेतृत्वमा, हाम्रो साझा प्रयासबाट सम्भव छ ।” भन्ने नारासहित सञ्चालन गरिएको ‘क्षयरोग मुक्त जगरनाथपुर...

सखुवा प्रसाैनीमा निःशुल्क स्वास्थ्य शिविर, ४८२ जना लाभान्वित

वीरगंज । पर्साको सखुवा प्रसौनी गाउँपालिका–२ श्रीपुर पञ्चगावामा आयोजित एकदिने निःशुल्क स्वास्थ्य शिविरबाट ४८२ जना बिरामी लाभान्वित भएका छन् । सखुवा प्रसौनी गाउँपालिकाको समन्वय, पर्सा...