Date
सोम, भदौ २२, २०८३
Mon, September 7, 2026

पाेखरियाको प्रमुख प्रशासकीय अधिकृतमा गिरी भए हाजिर

spot_img
spot_img

वीरगंज । पर्साको पाेखरिया नगरपालिलकाकाे प्रमुख प्रशासकिय अधिकृत अमित कुमार गिरी आज हाजिर भएका छन् ।

जगरनाथपुर गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत गिरिलाई संघिय मामिला तथा समान्य प्रशासन मन्त्रालयले पाेखरिया नगरपालिकाकाे थप जिम्मेवारि दिए पछि उनी हाजिर भएका हुन् । नगरपालिका कार्यालय पुगेका गिरीलाई नगर प्रमुख दिपनारायण राैनियारले स्वागत गर्दै हाजिर गराएका थिए ।

साे अवसरमा उप प्रमुख सलमा खातुन लगायतका नगरपालिकाका कर्मचारी र केही वडाध्यक्षहरुकाे समेत उपस्थिती रहेकाे थियाे ।

२ महिना देखी प्रमुख प्रशासकिय अधिकृत विहिन रहेका नगरपालिकाले आज देखी अनुभवी प्रशासकिय अधिकृत पाएकोले नगरपालिकाको अपेक्षित काम पुरा हुने नगर प्रमुख राैनियारले वताए । प्रमुख प्रशासकिय अधिकृत नभएका कारण नगरपालिकाको बिकास निर्माण कार्य अलपत्र परेका कारण अब गति लिने विश्वास व्यक्त गरे ।

नगरपालिकामा बिभिन्न किसिमकाे अपेक्षा गरिएका र जनता समक्ष प्रतिबद्धता गरिएका काम पुरा गर्न नसकिएकाले अब पुरा गर्न बाटाे खुलेकाे उपप्रमुख सलमा खातुनले बताइन ।

आजै देखी आफ्नाे कार्यभार समेत समाहलेका प्रमुख प्रशासकिय अधिकृत गिरीले जनप्रतिनिनिधि र नगरवासीकाे अपेक्षा अनुसार काम गर्ने प्रतिवद्धता जनाए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

खसीको मासु भन्दै बाख्रीको मासु बेच्ने आरोपमा तीन पक्राउ

वीरगञ्ज । खसीको मासु भन्दै बाख्रीको मासु बिक्री गरेको आरोपमा प्रहरीले काठमाडौंमा तीनजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारतको सीतामढी घर भई हाल काठमाडौंको रातोपुलमा...

सिमरामा ४ महिलासहित ५८ जनाले गरे रक्तदान

वीरगञ्ज । बाराको सिमरास्थित सूर्य निवासमा आयोजित रक्तदान कार्यक्रममा ४ महिलासहित ५८ जनाले स्वेच्छिक रक्तदान गरेका छन्। नेपाल बहुराष्ट्रिय कम्पनी मजदुर युनियन, आधिकारिक युनियन सूर्य...

“सिर्सिया खोला प्रदूषण गर्ने उद्योगलाई एक साताको अल्टिमेटम”

वीरगंज । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले बारा–पर्सा औद्योगिक करिडोरका उद्योगबाट सिर्सिया खोलामा भइरहेको प्रदूषण नियन्त्रण गर्न एक साताको समयसीमा दिएकी छन्। मन्त्रालयमा उद्योगीहरूसँग...