Date
बुध, साउन २७, २०८३
Wed, August 12, 2026

सहकारीकाे अति आवश्यक काराेबार १० बजेदेखि २ बजेसम्म

spot_img
spot_img

वीरगन्ज । जिल्ला बचत तथा ऋण सहकारी संघ लि. पर्साको आज बसेको बैठकले विभिन्न ३ बुंदे निर्णय गरेको छ ।

संघका राजेश पंडित तथा संघका प्रमुख सल्लाहकार एवं राष्ट्रिय सहकारी विकास बोर्ड नेपालका संचालक सदस्य शम्भु प्रसाद गुप्ताको विशेष उपस्थितिमा बसेको बैठकले कोरोना भाइरस रोकथाम तथा नियन्त्रण सम्बन्धि विभिन्न तीनबुंदे निर्णय गरेको संघका सचिव पन्नालाल महतोले बताए । बैठकबाट जिल्लाभरि रहेका यस संघसँग आबद्ध सम्पूर्ण सँस्थाहरुले नगद सम्बन्धि कारोबार संचालन गर्ने समय विहान १० बजेदेखि दिउँसो २ बजेसम्म रहने र अति आवश्यक काम बाहेक अन्य काम अर्को निर्णय नभएसम्म बन्द रहने निर्णय भएकाे छ ।

यसका साथै कोरोना रोकथाम तथा नियन्त्रणको लागि आआफ्नो सँस्थाका कर्मचारी तथा सदस्यहरुलाई भीडभाडमा नजान, साबुन पानीले २० सेकेन्डसम्म मिची मिची हात धुन, माक्स प्रयोग गर्न, सेनेटाइजरको प्रयोग गर्न जस्ता जनचेतना फैलाउन प्रोत्साहित गर्ने र गराउने तथा अन्तर्राष्ट्रिय एवं राष्ट्रिय स्तरको विपतको घडीमा सम्पूर्ण सँस्थाहरुले सम्बन्धित निकायहरुसँग समन्वय गरि आर्थिक सहयोग जुटाई सहयोग गर्ने निर्णय गरिएको सचिव महतोले बताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

युवाको ऊर्जा र सिर्जनशीलतालाई राष्ट्र निर्माणमा जोड्नुपर्छ : रुपेश पाण्डे

वीरगंज । नेकपा एमालेका नेता रुपेश पाण्डेले अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण युवाहरूमा शुभकामना व्यक्त गरेका छन् । युवा केवल भविष्य...

तस्करीको सामान नछाडेपछि सप्तरी प्रहरीविरुद्ध अफवाह फैलाएको आरोप

सप्तरी । भन्सार छली गरी ल्याइएको भनिएको सामान कानुनी प्रक्रिया पूरा नगरी फिर्ता गर्न अस्वीकार गरेपछि सप्तरी प्रहरीविरुद्ध भ्रमपूर्ण प्रचार तथा अफवाह फैलाउने प्रयास...

केपी ओलीलाई फालेझै वालेनलाई सडक आन्दोलनबाट फाल्छौं : विकेश साह

काठमाडौं । जेनजी आन्दोलन सुरु भएको झण्डै एक वर्ष पुग्नै लाग्दा ‘कमन जेनजी नेपाल’ले प्रधानमन्त्री वालेन्द्र (वालेन) शाह नेतृत्वको सरकारलाई कडा चेतावनी दिँदै पुनः...