Date
शनि, अशोज १०, २०८३
Sat, September 26, 2026

बिन्दवासिनी र पकहा मैनपुरमा काेराेना सम्बन्धि कार्यक्रम

spot_img
spot_img

वीरगंज । पर्साको बिन्दवासनी गाँउपालिकामा आज काेराेना संक्रमणबाट बाच्नकाे लागि मास्क, ग्लभ्स, साबुन र सेनेटाईजर बितरण गरिएकाे छ ।

गाँउपालिका अध्यक्ष श्रीलाल साह कानुले गाउँपालिका कार्यालय बहुअर्वामा सो समाग्री बितरण गर्नुभएको हो ।

सो अवसरमा उपाध्यक्ष किरणदेवी गुप्ता, निमित प्रमुख प्रशासकिय अधिकृत मुन्ना साह रौनियार, लेखा अधिकृत मिथलेश कुशवाहा, स्वास्थ्य शाखा प्रमुख नरेश चौहान,योजना शाखा प्रमुख सिताराम पंडित लगायत सहभागि थिए ।

यस्तै पकहामैनपुर गाउँपालिकाले विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाईरसबाट बच्न सिमा नाकामा हेल्थ डेक्स संचालनमा ल्याएको छ । गाउँपालिकाको वडा नं.५ सबैठवा र वडा नं.१ धोरेमा हेल्थ डेक्स संचालनमा ल्याएको हो ।

भारतमा मजदुरीको लागि कमाउन गएका नेपालीहरुलाई चेकजाच गरेर मात्र नेपाल प्रवेश गर्न दिएको गाउँपालिका अध्यक्ष विजय चौरसियाले बताउनुभयो ।

नेपाल सरकारले भारतीय सिमा नाका बन्द गरेपछि प्रहरीको सहयोगमा नेपाल आउन लागेका भारतीयलाई फर्काईएको अध्यक्ष चौरसियाले बताउनुभयो । आज सोमबार मात्र सो नाका भएर नेपाल प्रवेश गरेका ३५ जना नेपालीलाई चेकजाच गरिएको सबैठवा स्वास्थ्य चौकी ईन्चार्ज राजन यादवले जानकारी दिनुभयो ।

टोल–टोलमा सचेतना अभियान संचालन गाउँपालिका अध्यक्ष चौरसियाको नेतृत्वमा स्वास्थ्यकर्मी सहितको टोलीले कोरोना भाईरसबाट बच्न टोल–टोलमा आज सोमबारदेखि सचेतना अभियान समेत संचालन गरेको छ ।

गाउँपालिका अध्यक्ष चौरसिया सहित उपाध्यक्ष कुसुमी देवी, वडा नं.५ का वडाध्यक्ष लेखमन पटेल, वडा नं.४ का वडाध्यक्ष ढेडी प्रसाद यादव, प्रमुख प्रशासकिय अधिकृत महेश सिंह्, स्वास्थ्य संयोजक संजय सहनी, संचारकर्मी विन्दुभुषण साह लगायतकाले आज सबैठवा, खेश्रहाको मुसहर बस्तीमा कोरोना भाईरसबाट बच्न सचेत पारेको छ भने साबुन र मास्क समेत वितरण गरेको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

राष्ट्रिय पहलवान पोखरियाका यादव २०औं एशियन गेम्समा कुस्ती प्रतियोगितामा सहभागी हुन जापान प्रस्थान

वीरगंज । नेपालका राष्ट्रिय स्तरका चर्चित पहलवान राज यादव जापानको आइची नागोया शहरमा आयोजना हुने २०औं एशियन गेम्स कुस्ती (पहलवानी) प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्न...

छिपहरमाई गाउँपालिकाको कांग्रेस सभापतिमा धुरेन्दर साह कानु

वीरगंज । नेपाली कांग्रेस छिपहरमाई गाउँपालिकाको सभापतिमा धुरेन्दर साह कानु सर्वसम्मत चयन भएका छन् । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सम्पन्न दोस्रो गाउँपालिका अधिवेशनले कानुलाई...

बाढीपीडितको चुल्हो बाल्न आम मुस्लिम मोर्चाको ग्यास सहयोग

काठमाडौं । आम जनता पार्टी (आजपा) निकट आम मुस्लिम मोर्चाले भोटेकोशी बाढीपीडितलाई ग्यास चुल्हो, सिलिन्डर तथा राहत सामग्री वितरण गरेको छ । मोर्चाले नुवाकोटको विदुरमा...