Date
बिहि, भदौ २५, २०८३
Thu, September 10, 2026

कोरोनाले भारतको बिहारमा पनि एक जनाको मृत्यु

spot_img
spot_img

नयाँदिल्ली । भारतको बिहार राज्यको राजधानी पटनामा एक जना व्यक्तिको कोभिड-१९ को संक्रमणका कारण मृत्यु भएको पुष्टि भएको छ ।

एम्स अस्पताल, पटनामा उपचारको क्रममा शनिबार उनको मृत्यु भएको थियो। शनिबार नै मृत्यु भए पनि उनको परिक्षण रिपोर्ट आज आउँदा उनमा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ। कतारबाट फर्किएका ३८ वर्षीय ती व्यक्तिसँगै एम्समा उपचाररत अर्को एक महिलामा पनि संक्रमण रहेको पुष्टि भएको छ।

बिहारको मुंगेर निवासी ती व्यक्तिमा पहिले नै मिर्गौलासम्बन्धी रोग पनि भएको चिकित्सकहरुले जानकारी दिएका छन्। योसँगै भारतमा कोभिड-१९ को संक्रमणबाट मृत्यु हुनेको संख्या ६ पुगेको छ। आइतबार नै महाराष्ट्रमा एक जना ६३ वर्षीय व्यक्तिको मृत्यु भएको इन्डिया टुडेले जनाएको छ। आइतबार दिउँसोसम्म भारतमा कोभिड-१९ संक्रमितको संख्या ३ सय २४ पुगेको छ।

कोभिड-१९ संक्रमणको सम्भावित जोखिम न्यूनीकरणका लागि भारतका कैयौं राज्यमा लकडाउन गरिएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीको आह्वानमा आइतबार भारतभर जनता कर्फ्यु पालना गरिएको छ। प्रधानमन्त्री मोदीको आह्वानको समर्थन गर्दै नागरिक घरबाट बाहिर निस्किएका छैनन्।

गत डिसेम्बरमा चीनको वुहानबाट सुरु भएको कोभिड १९ को संक्रमण अहिलेसम्म विश्वका १८० भन्दा बढी देशमा फैलिइसकेको छ। आइतबार दिउँसोसम्म भाइरसको संक्रमणबाट १३ हजार ६९ को मृत्यु भइसकेको छ भने ३ लाख ८ हजार भन्दा बढी संक्रमित भएका छन्। त्यस्तै संक्रमितमध्ये ९५ हजारभन्दा बढी निको भइसकेका छन् ।
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

वीरगंजमा भारतीय नम्बरको कारबाट लागूऔषध बरामद, भारतीय नागरिक पक्राउ

वीरगंज । पर्सा प्रहरीले ७ ग्राम लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी...

वीरगंजबाट १७ वटा भारतीय इलेक्ट्रिक स्कुटर बरामद

वीरगंज । जिल्ला प्रहरी कार्यालय पर्साले वीरगंज महानगरपालिकाका विभिन्न स्थानबाट भन्सार छली चोरी पैठारी गरी नेपाल भित्र्याइएका १७ वटा भारतीय इलेक्ट्रिक स्कुटर नियन्त्रणमा लिएको...

जेन्जी आन्दोलनका जेलमा रहेका र मुद्दा खेपिरहेका युवालाई तत्काल न्याय दिन सांसद पन्तको माग

वीरगंज । पर्सा क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य हरि पन्तले जेन्जी आन्दोलनका क्रममा जेल परेका, मुद्दा खेपिरहेका र घाइते भएका युवाहरूलाई यथाशीघ्र...