Date
आइत, कार्तिक ९, २०८३
Sun, October 25, 2026

कोरोनाले भारतको बिहारमा पनि एक जनाको मृत्यु

spot_img
spot_img

नयाँदिल्ली । भारतको बिहार राज्यको राजधानी पटनामा एक जना व्यक्तिको कोभिड-१९ को संक्रमणका कारण मृत्यु भएको पुष्टि भएको छ ।

एम्स अस्पताल, पटनामा उपचारको क्रममा शनिबार उनको मृत्यु भएको थियो। शनिबार नै मृत्यु भए पनि उनको परिक्षण रिपोर्ट आज आउँदा उनमा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ। कतारबाट फर्किएका ३८ वर्षीय ती व्यक्तिसँगै एम्समा उपचाररत अर्को एक महिलामा पनि संक्रमण रहेको पुष्टि भएको छ।

बिहारको मुंगेर निवासी ती व्यक्तिमा पहिले नै मिर्गौलासम्बन्धी रोग पनि भएको चिकित्सकहरुले जानकारी दिएका छन्। योसँगै भारतमा कोभिड-१९ को संक्रमणबाट मृत्यु हुनेको संख्या ६ पुगेको छ। आइतबार नै महाराष्ट्रमा एक जना ६३ वर्षीय व्यक्तिको मृत्यु भएको इन्डिया टुडेले जनाएको छ। आइतबार दिउँसोसम्म भारतमा कोभिड-१९ संक्रमितको संख्या ३ सय २४ पुगेको छ।

कोभिड-१९ संक्रमणको सम्भावित जोखिम न्यूनीकरणका लागि भारतका कैयौं राज्यमा लकडाउन गरिएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीको आह्वानमा आइतबार भारतभर जनता कर्फ्यु पालना गरिएको छ। प्रधानमन्त्री मोदीको आह्वानको समर्थन गर्दै नागरिक घरबाट बाहिर निस्किएका छैनन्।

गत डिसेम्बरमा चीनको वुहानबाट सुरु भएको कोभिड १९ को संक्रमण अहिलेसम्म विश्वका १८० भन्दा बढी देशमा फैलिइसकेको छ। आइतबार दिउँसोसम्म भाइरसको संक्रमणबाट १३ हजार ६९ को मृत्यु भइसकेको छ भने ३ लाख ८ हजार भन्दा बढी संक्रमित भएका छन्। त्यस्तै संक्रमितमध्ये ९५ हजारभन्दा बढी निको भइसकेका छन् ।
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

थप समाचार

रास्वपामा नातेदार र निकटताका आधारमा टिकट पाइँदैन : हरि पन्त

वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साका सभापति एवं प्रतिनिधिसभा सदस्य हरि पन्तले आगामी स्थानीय तह निर्वाचनमा पार्टीको विधि र प्रक्रियाअनुसार मात्रै उम्मेदवारलाई टिकट...

वीरगञ्जमा रक्तदान कार्यक्रम, चार महिलासहित २६ जनाले गरे रक्तदान

वीरगञ्ज । श्री बौधिमाई व्यवस्थापन संस्थाको आयोजनामा शनिबार वीरगञ्ज महानगरपालिका–१४, सानो पिपरामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा चार महिलासहित २६ जनाले रक्तदान गरेका...

जनमत पार्टी पर्साद्वारा चियापान तथा शुभकामना आदानप्रदान, नवनिर्वाचित केन्द्रीय नेतालाई सम्मान

वीरगञ्ज । जनमत पार्टी पर्साले बडादसैँ, दीपावली तथा छठ पर्वको अवसरमा चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा पार्टीको दोस्रो महाधिवेशनबाट निर्वाचित...